singel post top banner

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट स्वीकृत

belwo post title ad banner
महेश सिंह महेश सिंह
सोमबार, पौष २८, २०८२
251 Views
जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट स्वीकृत
समाचार सारांश
  • जनकपुरधाम ।
  • जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ४६ करोड ८९ लाख १६ हजार ८९४ रुपैयाँको वार्षिक संशोधित बजेट स्वीकृत गरेको छ।

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ४६ करोड ८९ लाख १६ हजार ८९४ रुपैयाँको वार्षिक संशोधित बजेट स्वीकृत गरेको छ। आइतबार सम्पन्न उपमहानगरपालिकाको १४औं (हिउँदे) नगरसभा बैठकले यो बजेट पारित गरेको हो।

बैठकमा उपप्रमुख किशोरी साहले बजेट प्रतिवेदन प्रस्तुत गर्दै संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान, राजस्व बाँडफाँट, आन्तरिक राजस्व र गत आर्थिक वर्षबाट बाँकी रहेको रकमसहितको सम्पूर्ण आर्थिक विवरण प्रस्तुत गरे।

प्रस्तुत प्रतिवेदन अनुसार, हालसम्म उपमहानगरपालिकाले ९९ करोड ४१ लाख २५ हजार ४५७ रुपैयाँ आम्दानी गरेको छ भने, खर्च ४१ करोड ७ हजार ८०८ रुपैयाँ भएको जानकारी दिइएको छ। यसअघिको १३औं नगरसभाबाट स्वीकृत अनुमानित आय–व्ययको आधारमा कार्यान्वयनमा आएको रकमको आधारमा बजेट संशोधन गरिएको उपमहानगरपालिकाले जनाएको छ।

बैठकले नगरपालिकाको तर्फबाट कार्यरत सम्पूर्ण करार सेवाका कर्मचारीलाई आगामी माघ १ गतेदेखि लागू हुने गरी स्थायी कर्मचारीजस्तै महँगो भत्ता स्वरूप मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। यस निर्णयले लामो समयदेखि करार कर्मचारीले उठाउँदै आएको मागलाई सम्बोधन गरेको जनाएको छ।

अर्को निर्णय अनुसार, नगर क्षेत्रभित्रको व्यवस्थित विकासका लागि जग्गा वर्गीकरणसम्बन्धी काम अघि बढाउन आवश्यक रकम विनियोजन गरिएको छ। भूमि उपयोग व्यवस्थापन र योजनाबद्ध शहरी विकासका लागि जग्गा वर्गीकरण एक महत्वपूर्ण आधार भएको उल्लेख गरिएको छ।

उपमहानगर प्रमुख मनोजकुमार साहको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख, वडा अध्यक्षहरू, नगरसभा सदस्यहरू र नगरपालिकाका कर्मचारीहरूको उपस्थिति थियो। बैठकमा नगरको आर्थिक अवस्था, चालु योजनाहरूको प्रगति, र आगामी दिनमा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

उपमहानगरपालिकाले संशोधित बजेटमार्फत विकास निर्माण, सेवा प्रवाह, कर्मचारी व्यवस्थापन र वित्तीय अनुशासनलाई प्राथमिकता दिँदै नगरवासीको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सरकारले मलेसिया श्रमिक पठाउने २५० म्यानपावरको नयाँ पूर्वस्वीकृति प्रक्रिया रोक्‍यो
सरकारले मलेसिया श्रमिक पठाउने २५० म्यानपावरको नयाँ पूर्वस्वीकृति प्रक्रिया रोक्‍यो
पोखरा-दुबई नियमित उडान सफल र दिगो बनाउन नेपाल-यूएई बीच छलफल
पोखरा-दुबई नियमित उडान सफल र दिगो बनाउन नेपाल-यूएई बीच छलफल
मधेश सरकारमा चलिरहेको बजेट समस्या र निर्माण व्यवसायीको तनाव
मधेश सरकारमा चलिरहेको बजेट समस्या र निर्माण व्यवसायीको तनाव
प्रधानमन्त्री सहित शीर्ष नेताहरुबीच निर्वाचनका विषयमा छलफल, निर्वाचन मिति टुंगो लगाउने प्रयास
प्रधानमन्त्री सहित शीर्ष नेताहरुबीच निर्वाचनका विषयमा छलफल, निर्वाचन मिति टुंगो लगाउने प्रयास
मधेस प्रदेश सरकारलाई अन्योलमा पार्ने कानुनी र सडक संघर्ष, मन्त्रीहरू ‘अलपत्र’ अवस्थामा
मधेस प्रदेश सरकारलाई अन्योलमा पार्ने कानुनी र सडक संघर्ष, मन्त्रीहरू ‘अलपत्र’ अवस्थामा
विराटनगरबाट ठूलो परिमाणमा लागू औषध र प्रतिबन्धित औषधी सहित दुई व्यक्ति पक्राउ
विराटनगरबाट ठूलो परिमाणमा लागू औषध र प्रतिबन्धित औषधी सहित दुई व्यक्ति पक्राउ
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
ग्वालियरमा अनियन्त्रित ट्रकले तीर्थयात्रीलाई ठक्कर दिँदा १२ जनाको मृत्यु, २७ घाइते
ग्वालियरमा अनियन्त्रित ट्रकले तीर्थयात्रीलाई ठक्कर दिँदा १२ जनाको मृत्यु, २७ घाइते
नवलपरासीको युवा मतदातामा उत्साह र जिज्ञासा, नयाँ पुस्ताले पहिलोपटक मतदान गर्न तयारी
नवलपरासीको युवा मतदातामा उत्साह र जिज्ञासा, नयाँ पुस्ताले पहिलोपटक मतदान गर्न तयारी
खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता
खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?