singel post top banner

सुमेरु सहकारीको सम्पत्ति लिलामीको म्याद १५ दिन थपियो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, कार्तिक १५, २०८३
15 Views
सुमेरु सहकारीको सम्पत्ति लिलामीको म्याद १५ दिन थपियो
समाचार सारांश
  • काठमाडौँ ।
  • बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सुमेरु बचत तथा ऋण सहकारी संस्थाको सम्पत्ति लिलाम बिक्रीका लागि आवेदन दिने म्याद १५ दिन थपेको छ।

काठमाडौँ । बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सुमेरु बचत तथा ऋण सहकारी संस्थाको सम्पत्ति लिलाम बिक्रीका लागि आवेदन दिने म्याद १५ दिन थपेको छ।

समितिले यसअघि असोज १७ गते ३५ दिने लिलामी सूचना प्रकाशित गरेको थियो। सम्पत्ति र लिलामीका सर्तमा प्राविधिक कारणले केही संशोधन गर्नुपर्ने भएपछि म्याद थप गरिएको सूचनामा उल्लेख छ। अब इच्छुक खरिदकर्ताले पहिलो सूचना प्रकाशित भएको मितिले ५० दिनभित्र सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।

ललितपुरको पुल्चोकस्थित सुमेरु सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि बचतकर्ताको रकम फिर्ता गर्ने र सम्बन्धित कम्पनीको बैंक ऋण भुक्तानी गर्ने प्रयोजनले समितिले सम्पत्ति लिलाम गर्न लागेको हो।

लिलामी सूचीमा सुमेरु सिटी अस्पताल प्रालिको नाममा ललितपुर महानगरपालिका–३ मा रहेका नौ कित्ता जग्गा, ती जग्गामा बनेका भवन तथा अन्य संरचना समावेश छन्। बायोमेडिकल इन्जिनियरबाट मूल्याङ्कन गरिएका अस्पतालका पुँजीगत सामग्री र उपकरण पनि बिक्रीमा राखिएका छन्।

यसैगरी, सुमेरु अस्पतालको सञ्चालन अनुमतिपत्र र शंखरापुर कलेजको सञ्चालन अनुमतिपत्रसमेत लिलामी सूचीमा छन्। कलेजका शैक्षिक कार्यक्रम सञ्चालन गर्न प्रयोग हुँदै आएका चल सम्पत्ति पनि लिलाम गरिने समितिले जनाएको छ।

ss

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी
वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी
रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
कोशी र बागमती प्रदेशका मुख्य सडकहरू बाढी, पहिरो र मर्मतका कारण पूर्ण रूपमा अवरुद्ध
कोशी र बागमती प्रदेशका मुख्य सडकहरू बाढी, पहिरो र मर्मतका कारण पूर्ण रूपमा अवरुद्ध
ललितपुरमा हत्याको झूठा प्र्याङ्क भिडियो बनाउने महिला पक्राउ
ललितपुरमा हत्याको झूठा प्र्याङ्क भिडियो बनाउने महिला पक्राउ
बिहारी विधानसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा र पूर्वी चम्पारण सीमा नाकामा आवागमन बन्द
बिहारी विधानसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा र पूर्वी चम्पारण सीमा नाकामा आवागमन बन्द
नागरिक लगानी कोषले ८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर घोषणा
नागरिक लगानी कोषले ८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर घोषणा
विमानस्थलको आन्तरिक टर्मिनलमा कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईं; कार्यक्रममा रोक प्रहरीको हस्तक्षेप
विमानस्थलको आन्तरिक टर्मिनलमा कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईं; कार्यक्रममा रोक प्रहरीको हस्तक्षेप
सामाजिक सञ्जालमा झुटा प्रचारविरुद्ध कडा कदम: ६१२ भन्दा बढी हानिकारक सामग्री ट्र्याक
सामाजिक सञ्जालमा झुटा प्रचारविरुद्ध कडा कदम: ६१२ भन्दा बढी हानिकारक सामग्री ट्र्याक
“म निर्दोष छु, मेरो छवि बिगार्ने षड्यन्त्र भयो” — प्रदेश प्रतिनिधि जागेश्वर यादव
“म निर्दोष छु, मेरो छवि बिगार्ने षड्यन्त्र भयो” — प्रदेश प्रतिनिधि जागेश्वर यादव
स्वस्थानी व्रतको एक महिने धार्मिक यात्रा आज समापन
स्वस्थानी व्रतको एक महिने धार्मिक यात्रा आज समापन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?