singel post top banner

डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार, प्रहरीले सार्वजनिक गर्‍यो विवरण

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, कार्तिक १५, २०८३
5 Views
डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार, प्रहरीले सार्वजनिक गर्‍यो विवरण
समाचार सारांश
  • डोल्पा — डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
  • शुक्रबार मध्यराति फरार भएकामध्ये पाँच जना जबरजस्ती करणी र तीन जना चोरीसम्बन्धी मुद्दाका कैदीबन्दी हुन्।

डोल्पा — डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीको विवरण प्रहरीले सार्वजनिक गरेको छ। शुक्रबार मध्यराति फरार भएकामध्ये पाँच जना जबरजस्ती करणी र तीन जना चोरीसम्बन्धी मुद्दाका कैदीबन्दी हुन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार फरार आठ जनामध्ये छ जना कैद सजाय भोगिरहेका कैदी र दुई जना पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन्।

जबरजस्ती करणी मुद्दामा कैद भोगिरहेका फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, वडा नं. ४ का धनबहादुर बुढा भनिने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक छन्।

चोरी मुद्दामा कैद भोगिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भनिने कपिल परियार पनि फरार भएका छन्। चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नं. ३ का आदेश भण्डारीसमेत फरार भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार उनीहरूले कैदीबन्दी बस्ने कोठाबाट पुरानो सेप्टी ट्याङ्की हुँदै बाहिर खेलमैदानतर्फ करिब ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर भागेका हुन्। कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएको शनिबार बिहान ६ बजे गणना गर्दा थाहा भएको थियो।

घटनाबारे जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र डीएसपी गिरीसहितको टोलीले कारागार पुगेर घटनास्थल निरीक्षण गरेको थियो। फरार कैदीबन्दीको खोजीका लागि जिल्लाका विभिन्न नाकामा सुरक्षा निगरानी कडा पारिएको र सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

कारागारभित्रै सुरुङ खनेर एकैपटक आठ जना फरार भएपछि आन्तरिक सुरक्षा र निगरानी व्यवस्थामाथि प्रश्न उठेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

किष्ट अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप, आफन्तको प्रदर्शन र तोडफोड
किष्ट अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप, आफन्तको प्रदर्शन र तोडफोड
ट्रम्पले बीबीसीविरुद्ध पाँच अर्ब डलरको मानहानि मुद्दा दायर, सम्पादनलाई लिएर विवाद
ट्रम्पले बीबीसीविरुद्ध पाँच अर्ब डलरको मानहानि मुद्दा दायर, सम्पादनलाई लिएर विवाद
पुल्चोक क्याम्पसले सूचना नदिएको मुद्दामा उच्च अदालतको कारण देखाऊ आदेश
पुल्चोक क्याम्पसले सूचना नदिएको मुद्दामा उच्च अदालतको कारण देखाऊ आदेश
भारतको युवा आन्दोलन: जेनजी पुस्ताका नयाँ स्वर, प्रभाव र भविष्यको दिशा
भारतको युवा आन्दोलन: जेनजी पुस्ताका नयाँ स्वर, प्रभाव र भविष्यको दिशा
बस दुर्घटनामा बेपत्ता बालकको शव सुनकोशी नदी किनारामा भेटियो, मृतकको संख्या १३ पुग्यो
बस दुर्घटनामा बेपत्ता बालकको शव सुनकोशी नदी किनारामा भेटियो, मृतकको संख्या १३ पुग्यो
एटलान्टा विमानस्थलमा बोइङ ७६७ को अवतरण क्रममा एकैसाथ आठ टायर फुट्ने दुर्लभ घटना
एटलान्टा विमानस्थलमा बोइङ ७६७ को अवतरण क्रममा एकैसाथ आठ टायर फुट्ने दुर्लभ घटना
सगरमाथा चौधरी आँखा अस्पतालद्वारा निःशुल्क मोतियाबिन्दु शल्यक्रियामा तीन वर्षमै दुई हजार भन्दा बढी बिरामी
सगरमाथा चौधरी आँखा अस्पतालद्वारा निःशुल्क मोतियाबिन्दु शल्यक्रियामा तीन वर्षमै दुई हजार भन्दा बढी बिरामी
चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्षका लागि ६.५५ अर्ब रुपैयाँको बजेट स्वीकृत
चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्षका लागि ६.५५ अर्ब रुपैयाँको बजेट स्वीकृत
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज दिउँसो १:०० बजे बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज दिउँसो १:०० बजे बस्ने
राष्ट्रिय सभाको १९ औं अधिवेशन आजदेखि सुरु, नयाँ सदस्यहरूको निर्वाचनको तयारी
राष्ट्रिय सभाको १९ औं अधिवेशन आजदेखि सुरु, नयाँ सदस्यहरूको निर्वाचनको तयारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?