singel post top banner

बाढीपहिरोले पृथ्वी राजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, कार्तिक १५, २०८३
5 Views
बाढीपहिरोले पृथ्वी राजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध
समाचार सारांश
  • काठमाडौँ ।
  • अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण पृथ्वी राजमार्गसहित देशका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन्।

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण पृथ्वी राजमार्गसहित देशका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न स्थानमा पहिरो, लेदो र बढेको पानीको बहावका कारण सडकमा यातायात पूर्ण रूपमा बन्द भएको छ।

धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, काभ्रे खण्डको बीपी राजमार्गमा पनि यातायात रोकिएको छ। बिहान ४ः५५ बजेदेखि रोशी गाउँपालिका–९, पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसीमा खहरेखोलाबाट ढुङ्गा, माटो र लेदो बगेर आएपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

सुर्खेतको बराहताल गाउँपालिका–७, औलिसेमा सडक माथिबाट आएको सुक्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा पनि यातायात प्रभावित भएको छ। यस्तै, ललितपुरको बागमती खोला करिडोर र कान्ति लोकपथका विभिन्न खण्डमा आवागमन बन्द भएको छ।

ललितपुर महानगरपालिका–२, बल्खुस्थित सुन्दरीघाट करिडोरमा अविरल वर्षाका कारण पानीको बहाव बढेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२, राक्सेमा लेदोसहितको पहिरो खसेर सडक बन्द भएको छ। पाल्पाको रामपुर नगरपालिका–१, कासिबनमा पनि ढुङ्गासहितको पहिरो खसेपछि करिडोरको पक्की सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–७, ताल्चास्थित नाग्म–गमगढी सडकखण्डसमेत अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपालमा डीएनए परीक्षण र डेटाबेसको लागि तत्काल कानुनी व्यवस्था आवश्यक
नेपालमा डीएनए परीक्षण र डेटाबेसको लागि तत्काल कानुनी व्यवस्था आवश्यक
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ आवेदन, छनोट समितिको बैठक आज बस्दै
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ आवेदन, छनोट समितिको बैठक आज बस्दै
दिल्ली पुगे रास्वपा सभापति रवि लामिछाने
दिल्ली पुगे रास्वपा सभापति रवि लामिछाने
सम्पत्ति छानबिन आयोगको नयाँ निर्णय: न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति जाँच रोकिएन
सम्पत्ति छानबिन आयोगको नयाँ निर्णय: न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति जाँच रोकिएन
सिराहामा १० ग्रामभन्दा बढी ब्राउन सुगरसहित २० वर्षीय युवक पक्राउ
सिराहामा १० ग्रामभन्दा बढी ब्राउन सुगरसहित २० वर्षीय युवक पक्राउ
पाँच निर्माण कम्पनीलाई कालो सूचीमा राखिने निर्णय; सरकारी खरिदमा प्रतिबन्ध
पाँच निर्माण कम्पनीलाई कालो सूचीमा राखिने निर्णय; सरकारी खरिदमा प्रतिबन्ध
ओली र लेखकलाई पक्राउ गर्न दबाव बढेपछि प्रधानमन्त्रीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखको गोप्य बैठक
ओली र लेखकलाई पक्राउ गर्न दबाव बढेपछि प्रधानमन्त्रीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखको गोप्य बैठक
विराटनगरको दरैयामा एसएसबीद्वारा नेपाली युवक कुटिए
विराटनगरको दरैयामा एसएसबीद्वारा नेपाली युवक कुटिए
मधेश र पहाडको सम्बन्ध जोड्ने अभियान: पाँच दिने यात्राको विशेष रिपोर्ट
मधेश र पहाडको सम्बन्ध जोड्ने अभियान: पाँच दिने यात्राको विशेष रिपोर्ट
गृह मन्त्रालयले महाअभियानका राजनीतिक माग पूरा गर्न पार्टी दर्ता र निर्वाचनमा सहभागी हुन सुझायो
गृह मन्त्रालयले महाअभियानका राजनीतिक माग पूरा गर्न पार्टी दर्ता र निर्वाचनमा सहभागी हुन सुझायो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?