singel post top banner

चितवनमा मतदाता सूचीबाट ३ हजार ३६२ जनाको नाम हटाइयो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, कार्तिक ४, २०८३
42 Views
चितवनमा मतदाता सूचीबाट ३ हजार ३६२ जनाको नाम हटाइयो
समाचार सारांश
  • चितवन ।
  • जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत चितवनका ३ हजार ३६२ जनाको नाम मतदाता सूचीबाट हटाएको छ।

चितवन । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत चितवनका ३ हजार ३६२ जनाको नाम मतदाता सूचीबाट हटाएको छ।

दोहोरो दर्ता भएका, मृत्यु भएका तथा नेपाली नागरिकता त्यागेका व्यक्तिको नाम सूचीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।

कार्कीका अनुसार आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो दर्ता भएको पुष्टि भएका १ हजार ९४३ जनाको नाम हटाइएको छ। त्यस्तै, भदौ १२ गतेसम्म मृत्यु दर्ता भएका १ हजार ३८० जना र नागरिकता त्यागेका ३९ जनाको नाम पनि सूचीबाट हटाइएको छ।

मृत्यु भएका व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालय वा परिवारले पेस गरेको मृत्यु प्रमाणपत्रका आधारमा नाम हटाइएको हो। नागरिकता त्यागेका व्यक्तिको नाम भने जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा हटाइएको कार्कीले बताए।

गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवनमा ४ लाख ४२ हजार ८२ मतदाता थिए। फागुन २१ गतेको मतदानपछि जिल्लामा १३ हजार १३४ जना मतदाता थपिएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नागरिक लगानी कोषले ८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर घोषणा
नागरिक लगानी कोषले ८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर घोषणा
लगातारको वर्षाले कर्णालीका ६ जिल्लाका सडक अवरुद्ध
लगातारको वर्षाले कर्णालीका ६ जिल्लाका सडक अवरुद्ध
राष्ट्रपति पौडेलको जापान भ्रमण: ७० वर्षको कूटनीतिक सम्बन्धको सम्झनामा विशेष समारोहहरू
राष्ट्रपति पौडेलको जापान भ्रमण: ७० वर्षको कूटनीतिक सम्बन्धको सम्झनामा विशेष समारोहहरू
बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो लुम्बिनी न्युज फेस्टिबल आजदेखि आयोजना
बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो लुम्बिनी न्युज फेस्टिबल आजदेखि आयोजना
प्रधानमन्त्री कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता
प्रधानमन्त्री कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
विष्णुपुर गाउँपालिका का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
विष्णुपुर गाउँपालिका का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेपालमा गर्भावस्था र प्रसवकालीन हिंसाका भयावह तथ्याङ्क सार्वजनिक: महिला अधिकार र सुरक्षा अझै चुनौतिपूर्ण
नेपालमा गर्भावस्था र प्रसवकालीन हिंसाका भयावह तथ्याङ्क सार्वजनिक: महिला अधिकार र सुरक्षा अझै चुनौतिपूर्ण
माथिल्लो त्रिशूली १ का फसेकाहरूको उद्धारको लागि आफन्त द्धारा आन्दोलन
माथिल्लो त्रिशूली १ का फसेकाहरूको उद्धारको लागि आफन्त द्धारा आन्दोलन
इराकबाट दुई दशकपछि अमेरिकी सेना फिर्ता, सुरक्षा रिक्तताबारे चिन्ता
इराकबाट दुई दशकपछि अमेरिकी सेना फिर्ता, सुरक्षा रिक्तताबारे चिन्ता
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?