राष्ट्रिय एकता दलद्वारा बागमती घाटमा श्रद्धाञ्जली
समाचार सारांश
- काठमाडौँ।
- राष्ट्रिय एकता दलले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका दिवङ्गत आत्माहरूको शान्ति, सद्गति एवं मोक्षको कामना गर्दै पशुपतिनाथ मन्दिरस्थित बागमती घाटमा जल तर्पण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौँ। राष्ट्रिय एकता दलले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका दिवङ्गत आत्माहरूको शान्ति, सद्गति एवं मोक्षको कामना गर्दै पशुपतिनाथ मन्दिरस्थित बागमती घाटमा जल तर्पण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
हिन्दू परम्पराअनुसार औँसीको पावन अवसर पारेर आयोजना गरिएको कार्यक्रममा भोटेकोशी बाढी तथा अन्य विपद्मा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा विधिपूर्वक जल अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
श्री पशुपतिनाथ मन्दिरको पूर्वी गेटस्थित बागमती घाटमा अपराह्न ४ बजे सम्पन्न कार्यक्रममा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव, केन्द्रीय नेता तोयानाथ दाहाल, पुस्ता लामा (पाथीभरा माता), विनोद सिंह लगायत दलका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले एक–एक लोटा जल अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरूप्रति राज्यले पर्याप्त संवेदनशीलता नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।
सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरे पनि सार्वजनिक बिदा नदिएकोप्रति आपत्ति जनाउँदै अध्यक्ष यादवले विपद्मा ज्यान गुमाएका नागरिकप्रति राज्यको तर्फबाट सम्मान र संवेदना प्रकट हुनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “विपद्मा ज्यान गुमाएका नागरिकहरूप्रति राज्यको तर्फबाट पूर्ण सम्मान र संवेदना प्रकट हुनुपर्छ। केवल राष्ट्रिय शोक घोषणा गरेर मात्र पुग्दैन। सरकारले प्रत्येक वर्ष भदौ २२ गतेलाई भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरूको स्मरणमा राष्ट्रिय शोकसहितको स्मृति दिवसका रूपमा मनाउनुपर्छ।”
राष्ट्रिय एकता दलले बाढीबाट प्रभावित तथा पीडित परिवारलाई तत्काल उचित राहत, क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै, भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरूको स्मृतिलाई संस्थागत गर्न प्रत्येक वर्ष भदौ २२ गतेलाई स्मृति दिवसका रूपमा मनाउने व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
एन्टिबायोटिकको गलत प्रयोगले बढ्दैछ ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ : स्वास्थ्यचेतना र नियमन आवश्यक।
निर्वाचनका लागि सुरक्षाको पूर्ण व्यवस्था, मतदातालाई सहज र निष्पक्ष मतदानको आश्वासन – निर्वाचन आयोग
मन्त्रिपरिषद्: नयाँ सरकारमा मन्त्री चयनको अन्तिम तयारी
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानजनक र निःशुल्क बनाउने नीतिगत कदमको आवश्यकताको औंल्याउनुभयो
नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी नयाँ कम्पनी मोडेलमा पुनःसंरचना गर्न सुझाव
रौतहटमा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको व्यापक गस्ती र निगरानी
सर्लाहीमा जसपाका जिल्ला अध्यक्ष रञ्धिर यादवको कार दुर्घटना, दुई जना घाइते
अमेरिकाले क्यारिबियन सागरमा ठूलो युद्धपोत तैनाथ गरे, भेनेजुएलासँग तनाव तीव्र हुँदै
चितवनमा आगामी पुसमा बाघ र गैँडा गणना, राष्ट्रिय निकुञ्जहरूमा संरक्षण अभियान तीव्र
लक्ष्मिनियाँ गाउँपालिका वडा १ अरेरवामा स्यालको आक्रमण, ६ भन्दा बढी घाइते
ट्रेन्डिङ






