singel post top banner

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, आश्विन २३, २०८२
221 Views
खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता
समाचार सारांश
  • काठमाडौं ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएको छ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा सम्पन्न उक्त भेटवार्तामा संयुक्त राष्ट्र सङ्घकी नेपालका आवासीय संयोजक हन्ना सिङ्गर, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुका, र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (यूनेस्को) का प्रतिनिधि जाको डु ट्युइट सहभागी रहेका थिए।

भेटका क्रममा मन्त्री खरेलले नेपाल सरकारप्रति संयुक्त राष्ट्र सङ्घले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी फागुन २१ गते निर्धारित निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले उक्त निर्वाचन सफल बनाउन संयुक्त राष्ट्र सङ्घलगायत विकास साझेदारहरूको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

भेटवार्तामा विपद् व्यवस्थापन, डिजिटल रूपान्तरण, मिडिया साक्षरता प्रवर्द्धन, र सुशासन सुधारका क्षेत्रमा नेपाल सरकार र यूएनडीपीबीच सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रतिनिधिहरूले पनि नेपाल सरकारको पहलको प्रशंसा गर्दै सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। हन्ना सिङ्गरले नेपालले विपद् व्यवस्थापनमा देखाएको नेतृत्वको प्रशंसा गर्दै निर्वाचनलाई निष्पक्ष र सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाइन्। यूएनडीपीकी क्योको योकोसुकाले डिजिटल रूपान्तरण र मिडिया साक्षरता क्षेत्रमा साझेदारी अझ सशक्त बनाउने इच्छा व्यक्त गरिन् भने यूनेस्कोका जाको डु ट्युइटले सञ्चार र शिक्षा क्षेत्रमा सहकार्य निरन्तर जारी रहने बताए। मन्त्रालयका अनुसार भेटवार्ता आपसी समझदारी, साझेदारी र सहयोगको सकारात्मक वातावरणमा सम्पन्न भएको हो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

वीरगञ्जमा प्रदर्शन र प्रहरीबीच झडप, निषेधाज्ञा उल्लङ्घनपछि तनाव तीव्र
वीरगञ्जमा प्रदर्शन र प्रहरीबीच झडप, निषेधाज्ञा उल्लङ्घनपछि तनाव तीव्र
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा दलित समुदायको सामाजिक र आर्थिक उत्थानका लागि नयाँ पहल
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा दलित समुदायको सामाजिक र आर्थिक उत्थानका लागि नयाँ पहल
वीरगञ्जमा सशस्त्र प्रहरीको छापा, व्यापारीसँग झडप र सामान जप्त – ३ प्रहरी घाइते
वीरगञ्जमा सशस्त्र प्रहरीको छापा, व्यापारीसँग झडप र सामान जप्त – ३ प्रहरी घाइते
कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव गोरुसिंगे जंगलमा फेला, तीन दिनदेखि हराइरहेका थिए
कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव गोरुसिंगे जंगलमा फेला, तीन दिनदेखि हराइरहेका थिए
बालेन्द्र शाह काठमाडौं महानगरपालिकाबाट राजीनामा, रास्वपाबाट सांसद पदको तयारीमा
बालेन्द्र शाह काठमाडौं महानगरपालिकाबाट राजीनामा, रास्वपाबाट सांसद पदको तयारीमा
पुस १ देखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
पुस १ देखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौंसहित देशभर मनसुनको प्रभाव, भारी वर्षाको सम्भावना
काठमाडौंसहित देशभर मनसुनको प्रभाव, भारी वर्षाको सम्भावना
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ का अवसरमा काठमाडौँमा विरोध प्रदर्शन
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ का अवसरमा काठमाडौँमा विरोध प्रदर्शन
जेनजी आन्दोलनको क्रममा लुटिएको हातहतियारसहित एक पक्राउ
जेनजी आन्दोलनको क्रममा लुटिएको हातहतियारसहित एक पक्राउ
हेटौँडामा ट्रक दुर्घटना: सडक पूर्णरूपमा अवरुद्ध, प्रहरीको उद्धार कार्य जारी
हेटौँडामा ट्रक दुर्घटना: सडक पूर्णरूपमा अवरुद्ध, प्रहरीको उद्धार कार्य जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?