singel post top banner

काठमाडौँ उपत्यकाबाट चोरी भएका १४ हाते ट्याक्टरसहित पाँच जना पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १०, २०८३
45 Views
काठमाडौँ उपत्यकाबाट चोरी भएका १४ हाते ट्याक्टरसहित पाँच जना पक्राउ
समाचार सारांश
  • काठमाडौँ ।
  • काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हाते ट्याक्टर (पावर टिलर) चोरी गर्ने तथा खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हाते ट्याक्टर (पावर टिलर) चोरी गर्ने तथा खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट चोरी भएका १४ थान हाते ट्याक्टर र बा ३१ प २१५९ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

स्वयम्भू क्षेत्रबाट हाते ट्याक्टर चोरी भएको सूचना पाएपछि प्रहरी वृत्त स्वयम्भूको टोलीले खोजतलास सुरु गरेको थियो। त्यस क्रममा असोज ८ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ का ४१ वर्षीय राजु मचामसी, २१ वर्षीय राजेश मचामसी र १९ वर्षीय राजन मचामसी छन्। यस्तै, रौतहटको परोहा नगरपालिका–५ घर भई भक्तपुरको बोडेमा कवाड व्यवसाय सञ्चालन गर्ने ३५ वर्षीय राजेश्वर जैसवाल र काभ्रेको पाँचखाल नगरपालिका–४ घर भई कवाड व्यवसाय सञ्चालन गर्ने ४८ वर्षीय विपिनकुमार शाही पनि पक्राउ परेका छन्।

चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ। घटनाबारे प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी खोल्न ब्लास्ट गर्ने प्रयास असफल, उपकरणबाट खोतलिँदै
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी खोल्न ब्लास्ट गर्ने प्रयास असफल, उपकरणबाट खोतलिँदै
जनकपुरधाममा निर्वाचनको मतदाता परिचयपत्र बनाउन थपिएको म्याद, भिडभाड भने घट्यो
जनकपुरधाममा निर्वाचनको मतदाता परिचयपत्र बनाउन थपिएको म्याद, भिडभाड भने घट्यो
ठूलो विस्फोटक पदार्थको जखीरा फेला, सुजन कपाली पक्राउ
ठूलो विस्फोटक पदार्थको जखीरा फेला, सुजन कपाली पक्राउ
गणेश नेपालीको मृत्युबारे उच्चस्तरीय छानबिन समिगणेशति गठन गर्न स्वतन्त्र चालक फाउन्डेसनको माग
विमानस्थलको आन्तरिक टर्मिनलमा कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईं; कार्यक्रममा रोक प्रहरीको हस्तक्षेप
विमानस्थलको आन्तरिक टर्मिनलमा कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईं; कार्यक्रममा रोक प्रहरीको हस्तक्षेप
माथिल्लो मुस्ताङको जाडोमा गुइँठाको प्रयोगले ऊर्जा बचत र जीवनयात्रामा सहजता ल्याउँदै
माथिल्लो मुस्ताङको जाडोमा गुइँठाको प्रयोगले ऊर्जा बचत र जीवनयात्रामा सहजता ल्याउँदै
केपी ओलीले भदौ २४ को घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ घोषणा, नयाँ शक्तिसँग जोड्दै आरोप
केपी ओलीले भदौ २४ को घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ घोषणा, नयाँ शक्तिसँग जोड्दै आरोप
एनपीएलमा सट्टेबाजी: ९ भारतीय र १ नेपालीसहित १० जना पक्राउ, २ करोड ५ लाखको कारोबार
एनपीएलमा सट्टेबाजी: ९ भारतीय र १ नेपालीसहित १० जना पक्राउ, २ करोड ५ लाखको कारोबार
जमुनाहा-नेपालगन्ज-कोहलपुर सडक खण्डमा अनधिकृत संरचनाहरू हटाउन ३० दिने सूचना जारी
जमुनाहा-नेपालगन्ज-कोहलपुर सडक खण्डमा अनधिकृत संरचनाहरू हटाउन ३० दिने सूचना जारी
मधेश प्रदेशमा धार्मिक सद्भाव र सुरक्षा चोकसी: धनुषा र वीरगञ्जमा तनावपूर्ण अवस्था
मधेश प्रदेशमा धार्मिक सद्भाव र सुरक्षा चोकसी: धनुषा र वीरगञ्जमा तनावपूर्ण अवस्था
singel sidbar banner
singel sidbar banner 2