singel post top banner

आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शनिबार, फाल्गुन १७, २०८१
852 Views
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
समाचार सारांश
  • फागुन १७ ।
  • हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

फागुन १७ । हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकि भागमा मौसम मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकि भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सर्वोच्चले निर्वाचन आयोगलाई ‘राइट टु रिजेक्ट’ कार्यान्वयन गर्न पत्राचार गर्न आदेश
सर्वोच्चले निर्वाचन आयोगलाई ‘राइट टु रिजेक्ट’ कार्यान्वयन गर्न पत्राचार गर्न आदेश
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज दिउँसो १:०० बजे बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज दिउँसो १:०० बजे बस्ने
वीरगञ्जबाट बेवारिसे भारतीय नम्बर प्लेटको कारबाट ४ पेस्तोल र ६ गोली बरामद
वीरगञ्जबाट बेवारिसे भारतीय नम्बर प्लेटको कारबाट ४ पेस्तोल र ६ गोली बरामद
प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयन र उजुरी प्रक्रिया: विस्तृत विवरण
प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयन र उजुरी प्रक्रिया: विस्तृत विवरण
गाजामा मानवीय संकट: क्यानडा, बेलायतसहित १० देशको चिन्ता, तत्काल सहयोगको माग
गाजामा मानवीय संकट: क्यानडा, बेलायतसहित १० देशको चिन्ता, तत्काल सहयोगको माग
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची पूरा गर्ने निर्देश, समयमै पेश गर्न आह्वान
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची पूरा गर्ने निर्देश, समयमै पेश गर्न आह्वान
सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै
सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै
नेपाल र किर्गिस्तानबीच भलिबल फाइनल आज कोलम्बोमा हुँदै, तेस्रो स्थानको प्रतिस्पर्धा पनि तय
नेपाल र किर्गिस्तानबीच भलिबल फाइनल आज कोलम्बोमा हुँदै, तेस्रो स्थानको प्रतिस्पर्धा पनि तय
मोरङको ग्रामथानमा महिलाको हत्या, देवर पक्राउ, थप अनुसन्धान जारी
मोरङको ग्रामथानमा महिलाको हत्या, देवर पक्राउ, थप अनुसन्धान जारी
बाँकेमा प्रहरीले ४०० ग्राम खैरो हेरोइनसहित दुई महिलालाई पक्राउ
बाँकेमा प्रहरीले ४०० ग्राम खैरो हेरोइनसहित दुई महिलालाई पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?