विराटनगरबाट ठूलो परिमाणमा लागू औषध र प्रतिबन्धित औषधी सहित दुई व्यक्ति पक्राउ
- विराटनगर – विराटनगरबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित दुई व्यक्तिहरूलाई पक्राउ गरेको छ।
- लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले माघ ६ गते विराटनगर-४ स्थित नहर सडक किनारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
विराटनगर – विराटनगरबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित दुई व्यक्तिहरूलाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले माघ ६ गते विराटनगर-४ स्थित नहर सडक किनारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले को. ३७ प ३३६६ नम्बरको मोटरसाइकलमा सवार सुनसरी भोक्राहानरसिंह-५ का ३५ वर्षीय सुदिन मन्सुरीलाई शंकास्पद देखिएको थियो। चेकजाँचका क्रममा खानतलासी गर्दा उनको ज्याकेटभित्र लुकाइएका १४० ग्राम ब्राउन सुगर फेला परेपछि प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लिएको हो।
यसको थप अनुसन्धानका क्रममा प्रहरीले मन्सुरीको बयान र प्रारम्भिक जाँचपछि अर्का व्यक्तिलाई पनि पक्राउ गरेको छ। ५० वर्षीय रोहित कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीको सहयोगमा उनकै कोठाबाट नियन्त्रणमा लिइएको हो। कोठाको खानतलासी गर्दा १४ ग्राम २३ मिलिग्राम ब्राउन सुगर, ४६० ट्याब्लेट प्रतिबन्धित औषधी नाइट्राजाम, १८ बोतल कोरेक्स र ३३६ क्याप्सुल स्पास्मोप्रोक्सिवन बरामद भएको छ।
पक्राउ परेका दुवैजनामाथि जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले यस कारोबारसँग सम्बन्धित थप तथ्यांक सङ्कलन गर्दै अपराधीहरूलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउँदैछ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






