singel post top banner

वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
आइतबार, चैत्र ३१, २०८१
747 Views
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
समाचार सारांश
  • रत्ननगर, चैत ३१ ।
  • चितवनको पर्यटकीय नगरी सौराहामा भोलि वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह सुरु हुँदैछ।

रत्ननगर, चैत ३१ ।

चितवनको पर्यटकीय नगरी सौराहामा भोलि वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह सुरु हुँदैछ। ‘बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ भन्ने नारासहित संरक्षण र पर्यटनसंग सम्बन्धित संघसंस्थाहरुको सहकार्यमा एक हप्तासम्म विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाउन लागिएको हो।

रत्ननगरको बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी वन्यजन्तु सप्ताहअन्तर्गत एक हप्तासम्म गर्ने कार्यक्रमबारे जानकारी दिएको छ। पत्रकार सम्मेलनमा निकुञ्जसहित संरक्षण र पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वैशाख १ गते उद्घाटन, २ गते टिकौली हाइवे वरपर सरसफाइ, ३ गते चरा अवलोकन र ‘बुझौँ वन्यजन्तुको आनीबानी : घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ विषयक अन्तरक्रिया कार्यक्रम, ४ गते बुढीराप्ती खोला सरसफाइ कार्यक्रम र डुङ्गा सयर, ५ गते सौराहा सेक्टरअन्तर्गत विद्यालयस्तरीय चित्रकला प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता, ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली र सप्ताहको अन्तिम दिन वैशाख ७ गते ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया तथा संरक्षणमा योगदान दिएकाहरूलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए ।

पत्रकार सम्मेलनमा मृगकुञ्जका कोषाध्यक्ष सञ्जय महतो, सदस्यहरू पूर्णप्रसाद ढुङ्गाना, बिन्दा कार्की, सरस्वती लामा लगायतको उपस्थिति थियो। कार्यक्रम सचिव ओमप्रसाद रिजालले सञ्चालन गरेका थिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

फिलिपिन्सको फेरीमा भीषण आगलागी: ३५ शवहरूको शवदाह र थप खोजी जारी
फिलिपिन्सको फेरीमा भीषण आगलागी: ३५ शवहरूको शवदाह र थप खोजी जारी
बिहार विधानसभा चुनाव २०२५ को दोस्रो चरण सुरु, १२२ सिटमा मतदान र थप ८ प्रदेशीय उपचुनाव सञ्चालन
बिहार विधानसभा चुनाव २०२५ को दोस्रो चरण सुरु, १२२ सिटमा मतदान र थप ८ प्रदेशीय उपचुनाव सञ्चालन
कोशी अस्पतालको जग्गामा बनाइएका संरचनामा अस्पताल प्रशासनले डोजर चलाउँदै
कोशी अस्पतालको जग्गामा बनाइएका संरचनामा अस्पताल प्रशासनले डोजर चलाउँदै
बन्द सात सरकारी उद्योगमध्ये पाँचको डीडीए रिपोर्ट तयार, दुईको मूल्यांकन बाँकी
बन्द सात सरकारी उद्योगमध्ये पाँचको डीडीए रिपोर्ट तयार, दुईको मूल्यांकन बाँकी
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर बिक्री गरेको आरोपमा दुई जना पक्राउ
म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर बिक्री गरेको आरोपमा दुई जना पक्राउ
सार्क पुनर्जीवित गर्ने ठोस योजना के छ? प्रस्तावित राजदूत झालाई सांसदको प्रश्न
सार्क पुनर्जीवित गर्ने ठोस योजना के छ? प्रस्तावित राजदूत झालाई सांसदको प्रश्न
नवरात्रको पहिलो दिन: घटस्थापना गरी शैलपुत्रीको पूजाआराधना
नवरात्रको पहिलो दिन: घटस्थापना गरी शैलपुत्रीको पूजाआराधना
‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ मा हालसम्म रू २४ करोड २४ लाख सङ्कलित, जेन–जी प्रदर्शनका क्षतिहरूको पुनःनिर्माणका लागि
‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ मा हालसम्म रू २४ करोड २४ लाख सङ्कलित, जेन–जी प्रदर्शनका क्षतिहरूको पुनःनिर्माणका लागि
विष्णुपुर बजार क्षेत्रबाट रुख कटान: गाउँपालिका अध्यक्षसहित संलग्नता
विष्णुपुर बजार क्षेत्रबाट रुख कटान: गाउँपालिका अध्यक्षसहित संलग्नता
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?