singel post top banner

हेटौंडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, कार्तिक १३, २०८३
4 Views
हेटौंडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु
समाचार सारांश
  • हेटौंडा (मकवानपुर) ।
  • शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार र अन्तरप्रदेशीय सहकार्य सुदृढ गर्ने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशका शिक्षामन्त्री तथा प्रदेश विश्वविद्यालयहरूको सम्मेलन सुरु भएको छ ।

हेटौंडा (मकवानपुर) । शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार र अन्तरप्रदेशीय सहकार्य सुदृढ गर्ने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशका शिक्षामन्त्री तथा प्रदेश विश्वविद्यालयहरूको सम्मेलन सुरु भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गरे । कार्यक्रममा विभिन्न प्रदेशका मन्त्री, विश्वविद्यालयका उपकुलपति तथा कुलपति, रजिस्ट्रार, प्रदेश सरकारका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र शिक्षा क्षेत्रका विज्ञ सहभागी छन् ।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

सम्मेलनको पहिलो दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले आ–आफ्नो प्रदेशका शैक्षिक अभ्यास, उपलब्धि र चुनौतीबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ । त्यसक्रममा प्रदेशहरूबीच सहकार्य गर्न सकिने क्षेत्रबारे पनि छलफल हुनेछ ।

संघीयता कार्यान्वयनका क्रममा शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौती, संघ तथा प्रदेशबीचको समन्वय, प्रदेश विश्वविद्यालयहरूको संस्थागत विकास र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि सम्मेलनका मुख्य विषय छन् । त्यस्तै, शैक्षिक ज्ञान, अनुभव र स्रोतको आदानप्रदान गर्दै उच्च शिक्षा विकासका लागि साझा रणनीति तयार गर्ने विषयलाई पनि प्राथमिकता दिइनेछ ।

सम्मेलनले प्रदेशस्तरको शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन, उच्च शिक्षामा सहकार्यका सम्भावना पहिचान गर्न तथा आगामी दिनमा अपनाउन सकिने नीतिगत र व्यावहारिक उपायबारे साझा धारणा बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपालको वर्तमान राजनीतिक र आर्थिक स्थितिबारे डा. युवराज संग्रौलाको गम्भीर टिप्पणी
नेपालको वर्तमान राजनीतिक र आर्थिक स्थितिबारे डा. युवराज संग्रौलाको गम्भीर टिप्पणी
ओलीविरुद्ध एमाले भित्रको विभाजन र पुनर्गठन तयारी, गुन्डुमा बैठक
ओलीविरुद्ध एमाले भित्रको विभाजन र पुनर्गठन तयारी, गुन्डुमा बैठक
इरानको सर्वोच्च सुरक्षा परिषद्ले आयतुल्लाह खामेनीको हत्याको बदला लिने घोषणा
इरानको सर्वोच्च सुरक्षा परिषद्ले आयतुल्लाह खामेनीको हत्याको बदला लिने घोषणा
विद्युत् महसुल विवादमा नेपाल विद्युत् नियमन आयोगको निर्णय, उद्योगी व्यवसायीको माग अस्वीकृत
विद्युत् महसुल विवादमा नेपाल विद्युत् नियमन आयोगको निर्णय, उद्योगी व्यवसायीको माग अस्वीकृत
झापामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु र चार घाइते, चालक फरार
झापामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु र चार घाइते, चालक फरार
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
नेपालमा दीर्घकालीन पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक – वीरेन्द्रराज पाण्डे
नेपालमा दीर्घकालीन पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक – वीरेन्द्रराज पाण्डे
नेपालमा जेन–जी आन्दोलन: भ्रष्टाचार, कुशासन र जवाफदेहिता अभावको परिणाम
नेपालमा जेन–जी आन्दोलन: भ्रष्टाचार, कुशासन र जवाफदेहिता अभावको परिणाम
विराटनगरमा चिनियाँ नागरिक पक्राउ: आईटी कम्पनीको आवरणमा खुद्रा पसल चलाएको आरोप
विराटनगरमा चिनियाँ नागरिक पक्राउ: आईटी कम्पनीको आवरणमा खुद्रा पसल चलाएको आरोप
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उम्मेदवारी दिने कारणले राजीनामा
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उम्मेदवारी दिने कारणले राजीनामा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?