singel post top banner

धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बुधबार, आश्विन २२, २०८२
313 Views
धनुषा प्रहरीद्वारा हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
समाचार सारांश
  • जनकपुर, ८ अक्टोबर — धनुषा जिल्लाको रुपैठा स्थित दुर्गा पूजाको मूर्ति बिसर्जनको क्रममा हिन्दू समुदायमाथि भएको हिन्सात्मक आक्रमणका दोषीलाई कारवाही नगरी उल्टै हिन्दू युवाहरुलाई पक्राउ गरेको घटनाको विरोधमा आज जनकपुरमा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ।
  • राष्ट्रिय एकता अभियानको पहलमा जनकपुरको जनक चौकमा आयोजित उक्त धर्ना अभियानका हिन्दुवादी युवा नेता मनीष पुर्वे र उर्मिला महतोको नेतृत्वमा सम्पन्न भएको हो।

जनकपुर, ८ अक्टोबर — धनुषा जिल्लाको रुपैठा स्थित दुर्गा पूजाको मूर्ति बिसर्जनको क्रममा हिन्दू समुदायमाथि भएको हिन्सात्मक आक्रमणका दोषीलाई कारवाही नगरी उल्टै हिन्दू युवाहरुलाई पक्राउ गरेको घटनाको विरोधमा आज जनकपुरमा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ।

राष्ट्रिय एकता अभियानको पहलमा जनकपुरको जनक चौकमा आयोजित उक्त धर्ना अभियानका हिन्दुवादी युवा नेता मनीष पुर्वे र उर्मिला महतोको नेतृत्वमा सम्पन्न भएको हो। धर्नामा सहभागीहरूले धनुषा प्रहरी प्रशासन विरुद्ध कडा नाराबाजी गर्दै निर्दोष हिन्दू युवाहरूको तत्काल रिहाईको माग गरेका छन्।

अभियानका नेताहरूले भने, “धर्म र संस्कृतिको संरक्षण गर्ने युवामाथि कारवाही गर्नु अन्यायपूर्ण कदम हो। प्रशासनले मूर्ति बिसर्जनका क्रममा आक्रमण गर्ने अपराधीमाथि कारवाही गर्नुपर्नेमा उल्टै पीडित समुदायका युवाहरूमाथि दमन गरेको छ, जुन अस्वीकार्य छ।”

धर्नामा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, हिन्दू संगठनका कार्यकर्ता र स्थानीय नागरिकहरूको पनि उपस्थिति रहेको थियो। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि तत्काल कारवाही र गिरफ्तार गरिएका युवाहरूको बिना शर्त रिहाईको माग गरेका छन्।

स्थानीय प्रशासनले भने स्थितिलाई नियन्त्रणमा राख्न प्रहरी परिचालन गरिएको जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

स्वयम्भूबाट पक्राउ परेका चिनियाँ नागरिक र नेपाली युवतीको साथबाट प्रहरीले १ करोड १० लाख बढी नगद र सुनका गहनाहरू बरामद, हुन्डी सम्बन्धी अनुसन्धान जारी
स्वयम्भूबाट पक्राउ परेका चिनियाँ नागरिक र नेपाली युवतीको साथबाट प्रहरीले १ करोड १० लाख बढी नगद र सुनका गहनाहरू बरामद, हुन्डी सम्बन्धी अनुसन्धान जारी
धनुषामा सशस्त्र प्रहरीले १३ सय ७० किलो अवैध काजु बरामद
धनुषामा सशस्त्र प्रहरीले १३ सय ७० किलो अवैध काजु बरामद
बजार अनुगमन: रमेश थापा स्टोरलाई रु १० हजार जरिवाना, गणपति जी ट्रेडर्सलाई निर्देशन
बजार अनुगमन: रमेश थापा स्टोरलाई रु १० हजार जरिवाना, गणपति जी ट्रेडर्सलाई निर्देशन
बिग्रिरहेको न्यायिक स्वायत्तता: सर्वोच्चमा नयाँ विवाद र दरपिठ अस्वीकारको प्रकरण
बिग्रिरहेको न्यायिक स्वायत्तता: सर्वोच्चमा नयाँ विवाद र दरपिठ अस्वीकारको प्रकरण
७३औँ विश्व कुष्ठरोग दिवस राजविराज स्वास्थ्य कार्यालयले भव्य रूपमा मनाइयो
७३औँ विश्व कुष्ठरोग दिवस राजविराज स्वास्थ्य कार्यालयले भव्य रूपमा मनाइयो
निर्वाचन आयोगले प्रविधिको दुरुपयोगविरुद्ध सचेतता, गलत सूचना फैलाउन नहुन आग्रह
निर्वाचन आयोगले प्रविधिको दुरुपयोगविरुद्ध सचेतता, गलत सूचना फैलाउन नहुन आग्रह
दिल्ली बमबारीमा टाउको टुक्रा र शरीरका अन्य भागहरू; पहिचान गर्न खोज्दै एजेन्सीहरू
दिल्ली बमबारीमा टाउको टुक्रा र शरीरका अन्य भागहरू; पहिचान गर्न खोज्दै एजेन्सीहरू
संसद् भवनको निर्माण अन्तिम म्यादमै पुग्यो, हर्जाना तिर्न सक्ने चेतावनी।
संसद् भवनको निर्माण अन्तिम म्यादमै पुग्यो, हर्जाना तिर्न सक्ने चेतावनी।
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
वीरगञ्ज नाका हुँदै तीन महिनामा सवारीसाधनको आयात र राजस्वमा उल्लेखनीय वृद्धि
वीरगञ्ज नाका हुँदै तीन महिनामा सवारीसाधनको आयात र राजस्वमा उल्लेखनीय वृद्धि
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?