सार्क पुनर्जीवित गर्ने ठोस योजना के छ? प्रस्तावित राजदूत झालाई सांसदको प्रश्न
- काठमाडौं ।
- श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा.
काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाको संसदीय सुनुवाइ बुधबार सम्पन्न भएको छ। सुनुवाइमा सांसदहरूले सुरुमा झाको प्रस्तुति सुनेका थिए। त्यसपछि उनीहरूले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउने योजनाबारे प्रश्न उठाए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले झालाई सोधे, “सार्क पुनर्जीवित गर्ने र बिमस्टेकलाई नेपालको हितमा प्रयोग गर्ने ठोस योजना के छ?” यसअघि भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले पनि सुनुवाइका क्रममा यही विषयमा प्रश्नको सामना गरेका थिए।
भारत र पाकिस्तानबीचको तनाव तथा राजनीतिक असमझदारीका कारण सार्क करिब एक दशकदेखि निष्क्रिय छ। सन् २०१६ मा पाकिस्तानमा आयोजना गर्ने भनिएको १९औँ सार्क शिखर सम्मेलन भारतसहित केही सदस्य राष्ट्रले बहिष्कार गरेपछि अहिलेसम्म अर्को सम्मेलन हुन सकेको छैन। द्विपक्षीय तनाव र सीमा सुरक्षासम्बन्धी विवादका कारण संगठनका शिखर सम्मेलन तथा उच्चस्तरीय बैठकहरू पनि ठप्प छन्।
सार्क कमजोर हुँदै गएपछि नेपालसहितका सदस्य राष्ट्रले क्षेत्रीय सहकार्यका लागि बिमस्टेकजस्ता वैकल्पिक मञ्चमा ध्यान केन्द्रित गरेका छन्। यसैबीच, चीनलगायतका देशले दक्षिण एसियाली क्षेत्रमा विकास तथा सहकार्यका छुट्टै संयन्त्र अघि बढाएका छन्।
नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र भए पनि संगठनलाई पुनः सक्रिय बनाउने कूटनीतिक प्रयासले अहिलेसम्म ठोस रूप लिन सकेको छैन। भारत र श्रीलंकाका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइमा सार्कको भविष्य र बिमस्टेकमार्फत नेपालको हित प्रवर्द्धन गर्ने विषय उठेको हो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






