singel post top banner

जनकपुर बोल्ट्सको एनपीएलमा पहिलो जित, काठमाडौंलाई ८ विकेटले हरायो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, कार्तिक १३, २०८३
7 Views
जनकपुर बोल्ट्सको एनपीएलमा पहिलो जित, काठमाडौंलाई ८ विकेटले हरायो
समाचार सारांश
  • काठमाडौं ।
  • जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ ।

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

जनकपुरको जितमा ओपनर मोइन अलीले अविजित अर्धशतक बनाए । उनले ५१ बलमा ३ चौका र ३ छक्कासहित ५८ रन जोडे । सैफ हसन ३९ बलमा ४० रन बनाएर अविजित रहे । मोइन र हसनले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्‍याए ।

जनकपुरले ७ रन हुँदा ओपनर तृतराज दासलाई गुमाएको थियो । उनी ५ रनमा आउट भए । मयन यादव ९ रनमा पभेलियन फर्किँदा जनकपुरको स्कोर ३७ रन थियो । त्यसपछि मोइन र हसनले खेल सम्हाले । काठमाडौंका रिपोन मोन्डलले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको थियो । जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए । उनले दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा मोहम्मद आदिल आलमलाई आउट गरे । सैफ हसनले २ विकेट लिए भने मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एक–एक विकेट हात पारे ।

काठमाडौंका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरे । काठमाडौंले खेलभर कुनै ठूलो साझेदारी बनाउन सकेन । ६ रन हुँदा साम हिजलेट एक रनमा र १९ रन पुग्दा हरिशंकर शाह ९ रनमा आउट भए ।

त्यसपछि पनि काठमाडौंले लगातार विकेट गुमायो । रसिद खानले १७, स्मित पटेलले १३, सुमित महर्जनले १०, करण केसीले ८ र जहानदाद खानले ५ रन बनाए । रिपोन मोन्डल ९ रनमा आउट भए भने शाहव आलम ४ रनमा अविजित रहे । आदिल आलम पहिलो बलमै आउट भए ।

पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । आजको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन् ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
सरकारले भन्यो: एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदैछ
सरकारले भन्यो: एनसेल शेयर खरिद-बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदैछ
विराटनगरका व्यवसायी लालजीप्रसाद गुप्ता केशलिया खोलामा मृत फेला
विराटनगरका व्यवसायी लालजीप्रसाद गुप्ता केशलिया खोलामा मृत फेला
राष्ट्र बैंकको त्रैमासिक समीक्षा : नीतिगत दर घट्यो, कर्जा प्रवाहका प्रावधान थप सहज
राष्ट्र बैंकको त्रैमासिक समीक्षा : नीतिगत दर घट्यो, कर्जा प्रवाहका प्रावधान थप सहज
नवरात्रको पहिलो दिन: घटस्थापना गरी शैलपुत्रीको पूजाआराधना
नवरात्रको पहिलो दिन: घटस्थापना गरी शैलपुत्रीको पूजाआराधना
रौतहटमा खाजा घरबाट गाँजासहित एक जना पक्राउ
रौतहटमा खाजा घरबाट गाँजासहित एक जना पक्राउ
पाल्पामा भोटेकोसी बाढीमा परी मृत्यु भएका सात शव तानसेनमा व्यवस्थापन
पाल्पामा भोटेकोसी बाढीमा परी मृत्यु भएका सात शव तानसेनमा व्यवस्थापन
देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी खड्का
देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी खड्का
धनुषाको बटेश्वरमा वित्तीय सचेतना अभिवृद्धि गर्न शैक्षिक हाटबजारको सफल आयोजना
धनुषाको बटेश्वरमा वित्तीय सचेतना अभिवृद्धि गर्न शैक्षिक हाटबजारको सफल आयोजना
बिग्रिरहेको न्यायिक स्वायत्तता: सर्वोच्चमा नयाँ विवाद र दरपिठ अस्वीकारको प्रकरण
बिग्रिरहेको न्यायिक स्वायत्तता: सर्वोच्चमा नयाँ विवाद र दरपिठ अस्वीकारको प्रकरण
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?