singel post top banner

विष्णुपुर बजार क्षेत्रबाट रुख कटान: गाउँपालिका अध्यक्षसहित संलग्नता

belwo post title ad banner
महेश सिंह महेश सिंह
बिहिबार, माघ १५, २०८२
221 Views
विष्णुपुर बजार क्षेत्रबाट रुख कटान: गाउँपालिका अध्यक्षसहित संलग्नता
समाचार सारांश
  • सिराहा – सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका–१ स्थित विष्णुपुर बजार क्षेत्रमा सडकको दुवैतर्फ लागाइएका आँप र जामुनका रुखहरू बिना अनुमति काटिएको घटनाले स्थानीयवासीमा आक्रोश फैलिएको छ।
  • रुख कटानको उक्त घटनालाई लिएर स्थानीय समुदायले गहिरो नाराजगी व्यक्त गरेका छन्।

सिराहा – सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका–१ स्थित विष्णुपुर बजार क्षेत्रमा सडकको दुवैतर्फ लागाइएका आँप र जामुनका रुखहरू बिना अनुमति काटिएको घटनाले स्थानीयवासीमा आक्रोश फैलिएको छ। रुख कटानको उक्त घटनालाई लिएर स्थानीय समुदायले गहिरो नाराजगी व्यक्त गरेका छन्।

स्थानीयवासीका अनुसार, बजार क्षेत्रमा रहेका प्राचीन रुखहरू राजनीतिक पहुँचको आडमा अवैध रुपमा काटिएको आरोप लगाएका छन्। उनीहरूले विष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवको नाम समेत लिदै बताए, जसको अगुवाइमा रुखहरू काटिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ। स्थानीय अरुण यादवले भने, “गाउँपालिकाका अध्यक्षसहित राजकुमार यादव, नागे यादव, र विन्देश्वर यादव (फतुरिया) लगायतका व्यक्तिहरू रुख कटानमा संलग्न भएको हुनसक्ने हाम्रो आरोप छ।”

यस विषयमा डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र मिश्राले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। उनले भने, “हामीले घटनाको गम्भीरताका साथ जाँच गरिरहेका छौं। दोषी पत्ता लागे अनुसार वन ऐनअनुसार कडा कारबाही हुनेछ।”

यस विषयमा थप जानकारी लिन गाउँपालिकाका अध्यक्षसहित सम्पर्क गर्न खोजिए पनि उनको फोन सम्पर्कमा आएन। घटनाको अनुसन्धान जारी रहेकाले थप विवरण प्राप्त हुन बाँकी रहेको छ।

स्थानीय रुख संरक्षण र वन ऐनको पालना सुनिश्चित गर्न आवश्यक रहेको भन्दै समुदायले घटना प्रति गम्भिर ध्यानाकर्षण गराएका छन्। यस घटनाले रुख संरक्षणको महत्व र राजनीतिक पहुँचको दुरुपयोगको समस्या उजागर गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
Air Canada Pilot Accused of Flying More Than 900 Flights Using Fraudulent Licence Documents
Air Canada Pilot Accused of Flying More Than 900 Flights Using Fraudulent Licence Documents
राष्ट्रपति निवासमा शीर्ष नेताहरूको संयुक्त भेट, आगामी निर्वाचन विषयमा छलफल
राष्ट्रपति निवासमा शीर्ष नेताहरूको संयुक्त भेट, आगामी निर्वाचन विषयमा छलफल
कैलालीमा स्वास्थ्य सेवा सुधार र नयाँ चुनौतीहरू: संक्रमण कम, नसर्ने रोग बढ्दै, अस्पतालको अवस्था जटिल
कैलालीमा स्वास्थ्य सेवा सुधार र नयाँ चुनौतीहरू: संक्रमण कम, नसर्ने रोग बढ्दै, अस्पतालको अवस्था जटिल
मन्त्रिपरिषद्को नियमित बैठक आज, प्रधानमन्त्री बालेनले दिउँसो ३ बजे बोलाए
मन्त्रिपरिषद्को नियमित बैठक आज, प्रधानमन्त्री बालेनले दिउँसो ३ बजे बोलाए
सगरमाथा चौधरी आँखा अस्पतालद्वारा निःशुल्क मोतियाबिन्दु शल्यक्रियामा तीन वर्षमै दुई हजार भन्दा बढी बिरामी
सगरमाथा चौधरी आँखा अस्पतालद्वारा निःशुल्क मोतियाबिन्दु शल्यक्रियामा तीन वर्षमै दुई हजार भन्दा बढी बिरामी
जाजरकोटमा पहिरोले ज्यान गुमाउनेको संख्या बढ्दै, मृतक र बेपत्ता अझै खोजी जारी
जाजरकोटमा पहिरोले ज्यान गुमाउनेको संख्या बढ्दै, मृतक र बेपत्ता अझै खोजी जारी
डेढ क्विन्टल गाँजासहित एक युवक पक्राउ, मोटरसाइकल चालक फरार
डेढ क्विन्टल गाँजासहित एक युवक पक्राउ, मोटरसाइकल चालक फरार
वर्षायाममा सुरक्षित, गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न उच्चस्तरीय समीक्षा बैठक
वर्षायाममा सुरक्षित, गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न उच्चस्तरीय समीक्षा बैठक
तिलगंगा बस्ती हटाउने विरोध : स्थानीयले ७५ दिनदेखि धर्नामा, कानुनी हक र सहमतिको माग
तिलगंगा बस्ती हटाउने विरोध : स्थानीयले ७५ दिनदेखि धर्नामा, कानुनी हक र सहमतिको माग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?