singel post top banner

विष्णुपुर बजार क्षेत्रबाट रुख कटान: गाउँपालिका अध्यक्षसहित संलग्नता

belwo post title ad banner
महेश सिंह महेश सिंह
बिहिबार, माघ १५, २०८२
255 Views
विष्णुपुर बजार क्षेत्रबाट रुख कटान: गाउँपालिका अध्यक्षसहित संलग्नता
समाचार सारांश
  • सिराहा – सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका–१ स्थित विष्णुपुर बजार क्षेत्रमा सडकको दुवैतर्फ लागाइएका आँप र जामुनका रुखहरू बिना अनुमति काटिएको घटनाले स्थानीयवासीमा आक्रोश फैलिएको छ।
  • रुख कटानको उक्त घटनालाई लिएर स्थानीय समुदायले गहिरो नाराजगी व्यक्त गरेका छन्।

सिराहा – सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका–१ स्थित विष्णुपुर बजार क्षेत्रमा सडकको दुवैतर्फ लागाइएका आँप र जामुनका रुखहरू बिना अनुमति काटिएको घटनाले स्थानीयवासीमा आक्रोश फैलिएको छ। रुख कटानको उक्त घटनालाई लिएर स्थानीय समुदायले गहिरो नाराजगी व्यक्त गरेका छन्।

स्थानीयवासीका अनुसार, बजार क्षेत्रमा रहेका प्राचीन रुखहरू राजनीतिक पहुँचको आडमा अवैध रुपमा काटिएको आरोप लगाएका छन्। उनीहरूले विष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवको नाम समेत लिदै बताए, जसको अगुवाइमा रुखहरू काटिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ। स्थानीय अरुण यादवले भने, “गाउँपालिकाका अध्यक्षसहित राजकुमार यादव, नागे यादव, र विन्देश्वर यादव (फतुरिया) लगायतका व्यक्तिहरू रुख कटानमा संलग्न भएको हुनसक्ने हाम्रो आरोप छ।”

यस विषयमा डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र मिश्राले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। उनले भने, “हामीले घटनाको गम्भीरताका साथ जाँच गरिरहेका छौं। दोषी पत्ता लागे अनुसार वन ऐनअनुसार कडा कारबाही हुनेछ।”

यस विषयमा थप जानकारी लिन गाउँपालिकाका अध्यक्षसहित सम्पर्क गर्न खोजिए पनि उनको फोन सम्पर्कमा आएन। घटनाको अनुसन्धान जारी रहेकाले थप विवरण प्राप्त हुन बाँकी रहेको छ।

स्थानीय रुख संरक्षण र वन ऐनको पालना सुनिश्चित गर्न आवश्यक रहेको भन्दै समुदायले घटना प्रति गम्भिर ध्यानाकर्षण गराएका छन्। यस घटनाले रुख संरक्षणको महत्व र राजनीतिक पहुँचको दुरुपयोगको समस्या उजागर गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

किन बढ्दै छ, वायु प्रदूषण ?
किन बढ्दै छ, वायु प्रदूषण ?
सगरमाथामा फेरि नेपाली गौरव : कामी रिता शेसगरमाथामार्पाको ३२ औं र लाक्पा शेर्पाको ११ औं सफल आरोहण
सगरमाथामा फेरि नेपाली गौरव : कामी रिता शेसगरमाथामार्पाको ३२ औं र लाक्पा शेर्पाको ११ औं सफल आरोहण
कालिकामा ७० दिने लोकसेवा तयारी कक्षा सुरु
कालिकामा ७० दिने लोकसेवा तयारी कक्षा सुरु
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश
कञ्चनपुरको मोहना नदी डोकेबजार बेलौरी बेलडाँगी दैजी सडकखण्डको ठेक्का रद्द
कञ्चनपुरको मोहना नदी डोकेबजार बेलौरी बेलडाँगी दैजी सडकखण्डको ठेक्का रद्द
नेपाली स्वदेशी ब्रान्डको उदय: विदेशी उत्पादनलाई कडा चुनौती दिँदै
नेपाली स्वदेशी ब्रान्डको उदय: विदेशी उत्पादनलाई कडा चुनौती दिँदै
ट्रम्प र पुटिनबीच पहिलो पटक टेलिफोन वार्ता, ऊर्जा संकट र युक्रेन युद्धका विषयमा छलफल
ट्रम्प र पुटिनबीच पहिलो पटक टेलिफोन वार्ता, ऊर्जा संकट र युक्रेन युद्धका विषयमा छलफल
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेता खनाल र भुसाल अनुपस्थित, पार्टी एकता घोषणा तयारीमा
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेता खनाल र भुसाल अनुपस्थित, पार्टी एकता घोषणा तयारीमा
बझाङमा साढे ५ किलो चरेसजस्तो पदार्थसहित एक जना पक्राउ
बझाङमा साढे ५ किलो चरेसजस्तो पदार्थसहित एक जना पक्राउ
शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?