singel post top banner

पुल्चोक क्याम्पसले सूचना नदिएको मुद्दामा उच्च अदालतको कारण देखाऊ आदेश

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आश्विन २२, २०८३
43 Views
पुल्चोक क्याम्पसले सूचना नदिएको मुद्दामा उच्च अदालतको कारण देखाऊ आदेश
समाचार सारांश
  • काठमाडौँ ।
  • उच्च अदालत पाटनले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा शिक्षक दरबन्दी, अध्यापन भार (टिचिङ लोड) र आंशिक शिक्षक नियुक्तिसम्बन्धी विवरण नदिएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ।

काठमाडौँ । उच्च अदालत पाटनले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा शिक्षक दरबन्दी, अध्यापन भार (टिचिङ लोड) र आंशिक शिक्षक नियुक्तिसम्बन्धी विवरण नदिएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ।

डा. शेखर अर्यालले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले राष्ट्रिय सूचना आयोग र पुल्चोक क्याम्पसलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो। निवेदकको मागअनुसार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न अदालतले दुवै पक्षलाई असोज २३ गते उपस्थित हुन पनि भनेको छ।

अर्यालले सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम २०८१ जेठ १८ गते क्याम्पसका सूचना अधिकारीसमक्ष चार बुँदे सूचना माग गर्दै निवेदन दिएका थिए। उनले क्याम्पसमा रहेका स्थायी, करार र आंशिक शिक्षक दरबन्दीको कुल सङ्ख्या माग गरेका थिए।

त्यस्तै, शिक्षकहरूको नाम, विभाग, नियुक्तिको प्रकृति, उनीहरूलाई दिइएको कक्षा भार र अध्यापन गर्ने घण्टासम्बन्धी विवरण पनि माग गरिएको थियो। आंशिक शिक्षक नियुक्तिमा अपनाइएको कार्यविधि, मापदण्ड तथा निर्देशिका वा त्यससम्बन्धी निर्णयको प्रतिलिपि उपलब्ध गराउन पनि निवेदनमा आग्रह गरिएको थियो।

ऐनअनुसार सूचना माग गरिएको निवेदन प्राप्त भएको १५ दिनभित्र सूचना उपलब्ध गराउन वा सूचना दिन नसकिने भए त्यसको कारणसहित लिखित जवाफ दिनुपर्ने व्यवस्था छ। तर, तोकिएको समयभित्र क्याम्पस प्रशासनबाट सूचना वा जवाफ नआएपछि अर्यालले २०८१ असार २ गते राष्ट्रिय सूचना आयोगमा उजुरी दिएका थिए।

त्यसपछि पनि सूचना प्राप्त नभएको र आवश्यक कानुनी प्रक्रिया अघि नबढेको भन्दै अर्यालले राष्ट्रिय सूचना आयोग र पुल्चोक क्याम्पसलाई विपक्षी बनाई उच्च अदालत पाटनमा परमादेशको रिट दायर गरेका थिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सभामुख अर्यालले सांसद सुलभ खरेललाई आकस्मिक समयमा छलफल गर्नबाट रोक्नुभयो
सभामुख अर्यालले सांसद सुलभ खरेललाई आकस्मिक समयमा छलफल गर्नबाट रोक्नुभयो
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने
वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने
निर्वाचन आचारसंहिता कार्यान्वयनमा सूचना प्रविधिको दुरुपयोग रोक्न ठोस संयन्त्र आवश्यक
निर्वाचन आचारसंहिता कार्यान्वयनमा सूचना प्रविधिको दुरुपयोग रोक्न ठोस संयन्त्र आवश्यक
विराटनगर सीमावर्ती क्षेत्रमा प्रहरीले 60 केजी गाँजा बरामद, अस्पतालको भ्यानमा लुकाइएको
विराटनगर सीमावर्ती क्षेत्रमा प्रहरीले 60 केजी गाँजा बरामद, अस्पतालको भ्यानमा लुकाइएको
नेपालले पहलो पटक एशियन डजबल च्याम्पियनसिपमा सहभागिता जनाउँदै इतिहास रच्यो
नेपालले पहलो पटक एशियन डजबल च्याम्पियनसिपमा सहभागिता जनाउँदै इतिहास रच्यो
राखी सावन्तविरुद्ध झाँसी अदालतबाट गैरजमानती वारेन्ट जारी
राखी सावन्तविरुद्ध झाँसी अदालतबाट गैरजमानती वारेन्ट जारी
अमेरिका–इरान प्रारम्भिक सम्झौता पश्चात् पनि पेट्रोलियम मूल्यवृद्धि निरन्तर
अमेरिका–इरान प्रारम्भिक सम्झौता पश्चात् पनि पेट्रोलियम मूल्यवृद्धि निरन्तर
ककरोच जनता पार्टी: एउटा व्यंग्यात्मक राजनीतिक आन्दोलनको कथा
ककरोच जनता पार्टी: एउटा व्यंग्यात्मक राजनीतिक आन्दोलनको कथा
मधेस प्रदेशबाट एकै वर्षमा ७५ करोडभन्दा बढीको अवैध सामान बरामद
मधेस प्रदेशबाट एकै वर्षमा ७५ करोडभन्दा बढीको अवैध सामान बरामद
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?