singel post top banner

बन्द सात सरकारी उद्योगमध्ये पाँचको डीडीए रिपोर्ट तयार, दुईको मूल्यांकन बाँकी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आश्विन २९, २०८३
40 Views
बन्द सात सरकारी उद्योगमध्ये पाँचको डीडीए रिपोर्ट तयार, दुईको मूल्यांकन बाँकी
समाचार सारांश
  • काठमाडौं ।
  • लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) मध्ये पाँचवटाको प्रतिवेदन तयार भएको छ ।

काठमाडौं । लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) मध्ये पाँचवटाको प्रतिवेदन तयार भएको छ । बुटवल धागो कारखाना र नेपाल ओरिण्ड म्याग्नेसाइटको मूल्यांकन भने जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

संघीय संसद् सचिवालयमार्फत प्राप्त लिखित प्रश्नको जवाफ दिँदै मन्त्रालयले डीडीए प्रतिवेदन अध्ययन गरेपछि उद्योग सञ्चालनका लागि उपयुक्त सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल छनोट गरिने बताएको छ ।

डीडीए प्रक्रिया अघि बढाइएका उद्योगमा गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिण्ड एन्ड म्याग्नेसाइट, हेटौंडा कपडा उद्योग र उदयपुर सिमेन्ट उद्योग छन् ।

प्रतिनिधिसभा सदस्य निश्कल राईले निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिन मान्ने सरकार एकातिर र सरकारी उद्योग सञ्चालनमा आएको दाबी गर्ने प्रधानमन्त्री वालेन्द्र शाह अर्कातिर देखिएको भन्दै प्रश्न गरेका थिए । उनले सरकारले उद्योग चलाउने मोडल सन् १९९० अघिदेखि नै असफल भएको भन्दै मुलुकलाई त्यतैतर्फ फर्काउन खोजिएको हो कि भनेर पनि सोधेका थिए ।

जवाफमा अर्थ मन्त्रालयले लामो समयदेखि बन्द उद्योगलाई सञ्चालनमा ल्याउन प्रारम्भिक चरणमा सरकारको अग्रसरता आवश्यक भएको जनाएको छ । मन्त्रालयका अनुसार सरकारले सार्वजनिक संस्थानलाई बलियो बनाउने, आवश्यकताअनुसार पुँजी वृद्धि गर्ने र शेयर विनिवेश गर्ने नीति लिएको छ ।

हेटौंडा कपडा उद्योगमा परीक्षण उत्पादन

हेटौंडा कपडा उद्योगको आधारभूत पूर्वाधार र मेसिनरी मर्मत तथा परीक्षण उत्पादन सुरु गर्न सरकारले ३३ लाख रुपैयाँ निकासा गरेको मन्त्रालयले जनाएको छ । उद्योगमा केही मेसिनमार्फत परीक्षणका रूपमा उत्पादन सुरु भइसकेको छ । परीक्षणपछि पुनः सञ्चालनका लागि विभिन्न मोडलमध्ये उपयुक्त विकल्प छनोट गरिने मन्त्रालयको भनाइ छ ।

सरकार निजी क्षेत्र नै देशको अर्थतन्त्रको इन्जिन हो भन्ने मान्यतामा अडिग रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ । सरकारी उद्योग पुनः सञ्चालन गरिए निजी क्षेत्रसँग सहकार्य गरेरै गरिने र उद्योगका पछाडि तथा अगाडिका उत्पादन–बजार सम्बन्धबाट निजी क्षेत्रलाई समेत लाभ पुग्ने मन्त्रालयको दाबी छ ।

संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिताबाट दिगो आर्थिक विकास गर्ने नीति लिएको उल्लेख गर्दै मन्त्रालयले उत्पादनमूलक अर्थतन्त्रको विकास सरकारको मुख्य उद्देश्य भएको जनाएको छ । सरकारी संस्थान सुधार गर्दा निजी क्षेत्रलाई अग्रस्थानमै राखिने मन्त्रालयको भनाइ छ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेप्से परिसूचक साताको अन्तिम दिन ३०.७५ अंकले बढ्यो, ९ अर्ब १० करोडको कारोबार
नेप्से परिसूचक साताको अन्तिम दिन ३०.७५ अंकले बढ्यो, ९ अर्ब १० करोडको कारोबार
खाडी क्षेत्रमा तनाव तीव्र, इरानी मिसाइल आक्रमण र अमेरिका–इजरायलको आक्रामक कदमले स्थिति विकट
खाडी क्षेत्रमा तनाव तीव्र, इरानी मिसाइल आक्रमण र अमेरिका–इजरायलको आक्रामक कदमले स्थिति विकट
केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी
केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी
ढल्केवर-धनुषामा मैत्रीपूर्ण हक्की प्रतियोगिता सम्पन्न।
ढल्केवर-धनुषामा मैत्रीपूर्ण हक्की प्रतियोगिता सम्पन्न।
पोखरामा बिजुलीको तार भूमिगत गर्ने कार्य तीव्र, ६५ प्रतिशत काम सम्पन्न
पोखरामा बिजुलीको तार भूमिगत गर्ने कार्य तीव्र, ६५ प्रतिशत काम सम्पन्न
राष्ट्रिय मानव अधिकार आयोगले दुर्गा प्रसाईँसँग छलफल गरी मंसिर ७ गतेको आन्दोलनको स्वरूप र तयारीका बारेमा जानकारी प्राप्त
राष्ट्रिय मानव अधिकार आयोगले दुर्गा प्रसाईँसँग छलफल गरी मंसिर ७ गतेको आन्दोलनको स्वरूप र तयारीका बारेमा जानकारी प्राप्त
गण्डकी प्रदेशमा अस्पताल स्तरोन्नतिमा घुसखोरीको आरोप, छानबिन समिति गठन
गण्डकी प्रदेशमा अस्पताल स्तरोन्नतिमा घुसखोरीको आरोप, छानबिन समिति गठन
राष्ट्रपति निवासमा शीर्ष नेताहरूको संयुक्त भेट, आगामी निर्वाचन विषयमा छलफल
राष्ट्रपति निवासमा शीर्ष नेताहरूको संयुक्त भेट, आगामी निर्वाचन विषयमा छलफल
म्याग्दीको धवलागिरि गाउँपालिकाको झिनडाँडामा निर्माण सामग्रीको कमजोरी र भ्रष्टाचारको उजागर
म्याग्दीको धवलागिरि गाउँपालिकाको झिनडाँडामा निर्माण सामग्रीको कमजोरी र भ्रष्टाचारको उजागर
वीरगञ्ज भन्सारले पाँच महिनामा रु ९६ अर्ब बढी राजस्व संकलन, पेट्रोलियम पदार्थको योगदान सबैभन्दा बढी
वीरगञ्ज भन्सारले पाँच महिनामा रु ९६ अर्ब बढी राजस्व संकलन, पेट्रोलियम पदार्थको योगदान सबैभन्दा बढी
singel sidbar banner
singel sidbar banner 2