कालीगण्डकीको बाढीले पर्वतको फर्सेमा २५ घर बगायो
समाचार सारांश
- काठमाडौं ।
- कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा २५ घर बगेका छन्।
काठमाडौं । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा २५ घर बगेका छन्। बाँकी घरहरू पनि जोखिममा रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको थियो। बस्तीमा करिब ८० घर रहेकामा २५ घर बगेका हुन्।
घटनामा हालसम्म मानवीय क्षति भएको खबर छैन। बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थल पुग्न सकेको छैन। घटनास्थल प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
नेपाल सरकार र पीडित परिवारबीच गरिमा चौधरीको अपराधविरुद्ध तीनबुँदे सहमति
मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै, मधेश प्रदेशमा सत्ता समीकरण तङ्ग्रिएको
कक्षा १२ को वार्षिक परीक्षा मिति र समय तालिका सार्वजनिक, परीक्षा तयारीका लागि महत्वपूर्ण सूचना
देशका अधिकांश भागमा मौसम सफा रहने
गौशालामा पुरुषको शव फेला, मृतक हरिपुर्वाका रामानन्द बैठा हुन सक्ने आशंका?
डा. सी.के. राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा
७ जेनजी समूहको एकता घोषणा: प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै संघर्षको चेतावनी
बैंकिङ कसुरका फरार प्रतिवादी सन्तोष साह झापाबाट पक्राउ
धर्म परिवर्तनपछि पुरानै जातका आधारमा आरक्षण दाबी गर्न नमिल्ने: भारतको सर्वोच्च अदालत
उदयपुरगढी सडक दुर्घटना: ट्रक र माइक्रो बस एकआपसमा ठक्कर
ट्रेन्डिङ






