singel post top banner

डा. सी.के. राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, चैत्र २, २०८२
103 Views
डा. सी.के. राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा
समाचार सारांश
  • काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा.
  • सी.

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतले आगामी दिनहरूमा संसदीय राजनीतिबाट विश्राम लिने बताएका छन्। सोमबार एक विस्तृत वक्तव्य जारी गर्दै उनले राजनीतिक पद र जिम्मेवारीबाट टाढा रहे पनि पार्टीलाई आवश्यक परेमा नेतृत्व प्रदान गरिरहने र जनताको सेवामा निरन्तर लागिरहने बताएका हुन्।

डा. राउतले आफ्नो विगतका अनुभवहरू साझा गर्दै दुई पटक व्यक्तिगत इच्छा विपरीत संसदीय निर्वाचन लड्नुपरेको बताउनुभएको छ। २०७९ सालको निर्वाचनमा आफू नलड्ने सोच राख्दा पनि पार्टीलाई राष्ट्रिय स्तरमा स्थापित गर्न साथीहरूको आग्रहमा उम्मेदवारी दिनुपरेको र ती निर्णय सही सावित भएको बताएका छन्।

त्यसैगरी, हालै सम्पन्न २०८२ को निर्वाचनमा पनि आफू उम्मेदवार नबन्ने निश्चितता भए पनि अन्तिम समयमा कार्यकर्ताको मनोबल गिर्दा चुनावी मैदानमा उत्रनु परेको उनले बताएका छन्। “कतिखेर संसदीय र पदको राजनीतिबाट विश्राम लिऔँ भनेर सोच्दै थिएँ, तर साथीभाइको सल्लाह र आग्रहले निर्णय गरेको थिएँ,” उनले बताए, “मलाई लाग्छ, यो निर्णय सही थियो।”

आफूमा पदको लोभलालच नभएको र मायाजालबाट टाढा रहने उद्देश्यले उनले खुलासा गरेका छन्। उनले भने, “यसको मतलब राजनीतिबाट गायब भएको होइन। राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अघि बढाउँदै जनताको सेवामा लागिरहनेछु।”

अगामी स्थानीय र प्रदेश निर्वाचनका लागि पार्टीलाई तयारी गराउन प्रतिबद्ध रहेको र अधिकार तथा पहिचानको लडाइँमा जनता सँगसँगै रहने उनको बताइ रहेको छ। उनले आफ्नो सन्देशको अन्त्यमा प्रसिद्ध कवि दुष्यन्त कुमारको शेर उद्धृत गर्दै, ‘आगो बलिरहनुपर्ने’ आवश्यकतालाई जोड दिएका छन्। डा. राउतको यो घोषणा नेपाली राजनीतिको परिदृश्यमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी दुई वर्षीय ऋषि मण्डलको पोखरीमा डुबेर मृत्यु
सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी दुई वर्षीय ऋषि मण्डलको पोखरीमा डुबेर मृत्यु
राष्ट्रिय सभाको १९ औं अधिवेशन आजदेखि सुरु, नयाँ सदस्यहरूको निर्वाचनको तयारी
राष्ट्रिय सभाको १९ औं अधिवेशन आजदेखि सुरु, नयाँ सदस्यहरूको निर्वाचनको तयारी
धादिङ बस दुर्घटना; १७ जना मृतकमध्ये, २ विदेशी नागरिक समेत
धादिङ बस दुर्घटना; १७ जना मृतकमध्ये, २ विदेशी नागरिक समेत
डा. निकोलस भुसालको स्वास्थ्य जटिल: वीर अस्पतालमा भर्ना
डा. निकोलस भुसालको स्वास्थ्य जटिल: वीर अस्पतालमा भर्ना
विराटनगरमा खरबुजाको बिउ (मगज) बरामद, व्यवसायीको प्रमाणबिना जफतले विवाद
विराटनगरमा खरबुजाको बिउ (मगज) बरामद, व्यवसायीको प्रमाणबिना जफतले विवाद
मकवानपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
मकवानपुरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
निर्वाचन आयोगले जनाएको, प्रतिनिधि सभा निर्वाचनमा करिब ६०% मतदान सफलतापूर्वक सम्पन्न
निर्वाचन आयोगले जनाएको, प्रतिनिधि सभा निर्वाचनमा करिब ६०% मतदान सफलतापूर्वक सम्पन्न
नक्कली शाखा अधिकृत पक्राउ, ५० लाख भन्दा बढी ठगी अभियोगमा अनुसन्धान
नक्कली शाखा अधिकृत पक्राउ, ५० लाख भन्दा बढी ठगी अभियोगमा अनुसन्धान
मन्त्रिपरिषद्को बैठक सुरु, जेनजी आन्दोलनलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
मन्त्रिपरिषद्को बैठक सुरु, जेनजी आन्दोलनलाई सरकारले शहीद घोषणा गर्ने निर्णय
सुनचाँदीको मूल्य वृद्धि, आज तोलामा सुन रु १,९०० र चाँदी रु ४० ले बढ्यो
सुनचाँदीको मूल्य वृद्धि, आज तोलामा सुन रु १,९०० र चाँदी रु ४० ले बढ्यो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?