singel post top banner

मधेसका मुख्यमन्त्री : ‘सर्वोच्चको पत्र अझै पाएन, विश्वासको मत नआए राजीनामा दिन तैयार’

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, मंसिर १६, २०८२
157 Views
मधेसका मुख्यमन्त्री : ‘सर्वोच्चको पत्र अझै पाएन, विश्वासको मत नआए राजीनामा दिन तैयार’
समाचार सारांश
  • जनकपुरधाम ।
  • मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन जारी गरेको परमादेशको आधिकारिक पत्र आफूले अहिलेसम्म प्राप्त नगरेको बताएका छन्।

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन जारी गरेको परमादेशको आधिकारिक पत्र आफूले अहिलेसम्म प्राप्त नगरेको बताएका छन्।

सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवलाई संविधानको प्रावधानअनुसार अत्यन्तै सीमित समयभित्र विश्वासको मत लिन आदेश दिएको थियो। तर आदेशको पत्र प्राप्त नभएकै कारण उनले त्यसबारे औपचारिक जानकारी पाउन बाँकी रहेको बताए।

मुख्यमन्त्री यादवले भने, “अब केही बेरपछि मेल खोल्छु, चिठी आएको छ कि छैन भन्ने हेर्छु।” उनले सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

यादवले विश्वासको मत हासिल गर्ने प्रक्रियाबारे राजनीतिक परामर्शहरू अघि बढाइसकिएको भन्दै विश्वासको मत नपाए राजीनामा दिन तयार रहेको संकेत दिएका छन्।
उनका अनुसार, “सर्वोच्चको परमादेशलाई शिरोधार्य गरी विश्वासको मत लिनका लागि परामर्श अगाडि बढाएको छु। विश्वासको मत लिन सक्ने वा नसक्ने पहिल्यै थाहा भैहाल्छ। नसक्ने स्थिति आयो भने राजीनामा दिन्छु।”

सर्वोच्चको आदेशपछि मधेस प्रदेशको राजनीतिक वृत्तमा चहलपहल बढेका छन् भने सत्ता समीकरणमा फेरबदलको सम्भावना पनि तीव्र भएको विश्लेषकहरूको आकलन छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

अल नासरले साउदी प्रो लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै निओम एससिलाई ३-१ गोलले पराजित, शीर्ष स्थानमा स्थिरता
अल नासरले साउदी प्रो लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै निओम एससिलाई ३-१ गोलले पराजित, शीर्ष स्थानमा स्थिरता
जनकपुरधामका युवाहरूले मधेसमा प्रदेशसभा विघटन र राष्ट्रपति शासनको माग गर्दै ज्ञापनपत्र दिए
जनकपुरधामका युवाहरूले मधेसमा प्रदेशसभा विघटन र राष्ट्रपति शासनको माग गर्दै ज्ञापनपत्र दिए
रुपन्देहीमा एक किलो सुनका गरगहनासहित काठमाडौंकी महिला पक्राउ
रुपन्देहीमा एक किलो सुनका गरगहनासहित काठमाडौंकी महिला पक्राउ
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि प्रक्रिया सुरु, समितिले सुझाव दिने
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि प्रक्रिया सुरु, समितिले सुझाव दिने
प्रदेश सरकारहरूले ४ महिनामा २१ अर्बभन्दा बढी खर्च
प्रदेश सरकारहरूले ४ महिनामा २१ अर्बभन्दा बढी खर्च
थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको अभूतपूर्व योगदान
थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको अभूतपूर्व योगदान
दक्षिण कोरियाली विपद् राहत ११ सदस्यीय टोली नेपाल आइपुग्यो उद्धार कार्य सुरु
दक्षिण कोरियाली विपद् राहत ११ सदस्यीय टोली नेपाल आइपुग्यो उद्धार कार्य सुरु
सिम्रौनगढबाट १० किलो गाँजासहित दुईजना पक्राउ: भारतीय सीमा नाकामा सुरक्षा कडा
सिम्रौनगढबाट १० किलो गाँजासहित दुईजना पक्राउ: भारतीय सीमा नाकामा सुरक्षा कडा
निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२को जवाफ प्राप्त, कारबाही जारी
निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२को जवाफ प्राप्त, कारबाही जारी
कीर्तिपुरबाट करोडौंको आर्थिक कारोबारमा संलग्न आरोपित पक्राउ
कीर्तिपुरबाट करोडौंको आर्थिक कारोबारमा संलग्न आरोपित पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?