singel post top banner

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति, दुई शिक्षकलाई २० हजार रुपैयाँसहित सम्मान

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक ९, २०८३
33 Views
मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति, दुई शिक्षकलाई २० हजार रुपैयाँसहित सम्मान
समाचार सारांश
  • रामेछाप ।
  • मन्थली नगरपालिका–१, सानिमदौमा १०२ छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ।

रामेछाप । मन्थली नगरपालिका–१, सानिमदौमा १०२ छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ। मन्थली–१ निवासी श्याम सुवेदी र उहाँको परिवारले ११ वर्षअघि सुरु गरेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष आठ विद्यालय तथा शैक्षिक संस्थामा अध्ययनरत छात्रालाई सहयोग गरिएको हो।

सानिमदौस्थित सामुदायिक भवनमा आइतबार आयोजित कार्यक्रममा २६ छात्रालाई पूर्ण र ७६ छात्रालाई आंशिक छात्रवृत्ति प्रदान गरियो। आर्थिक अभावका कारण पढाइमा समस्या भोग्न सक्ने छात्रालाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले छात्रवृत्ति दिइएको आयोजकले जनाएको छ।

पूर्ण छात्रवृत्ति पाउने क्याम्पस तहका छात्रालाई जनही १८ हजार रुपैयाँ नगदसहित ट्र्याकसुट, ब्याग तथा कापी–कलम प्रदान गरिएको छ। विद्यालय तहका पूर्ण छात्रवृत्ति पाउने छात्राले जनही १० हजार रुपैयाँ नगदसहित ती शैक्षिक सामग्री पाएका छन्। आंशिक छात्रवृत्ति पाउने छात्रालाई ट्र्याकसुट, ब्याग र वर्षभरिका लागि पुग्ने कापी–कलम उपलब्ध गराइएको छ।

यस वर्ष मन्थली माध्यमिक विद्यालय, भैरवी माध्यमिक विद्यालय (सुनारपानी), तामाकोसी क्याम्पस (खिम्ती), सेतीदेवी माध्यमिक विद्यालय (सालु), सिद्धेश्वर माध्यमिक विद्यालय (गैराथोक), रामेछाप बहुप्राविधिक शिक्षालय, सहिद स्मृति क्याम्पस र मन्थली स्काउटका छात्राले छात्रवृत्ति पाएका छन्।

कार्यक्रममा विद्यार्थीको सिकाइ सुधारमा योगदान पुर्‍याएका दुई शिक्षकलाई पनि पुरस्कृत गरिएको छ। गणित विषयमा कमजोर विद्यार्थीलाई उत्कृष्ट नतिजा हासिल गर्न निरन्तर मेहनत गर्दै आएका खाँडादेवी माध्यमिक विद्यालय, चोप्राङका गणित शिक्षक सुबोध यादव र पशुपति माध्यमिक विद्यालय, भुलभुलेका अंग्रेजी शिक्षक प्रलाद खत्रीलाई जनही २० हजार रुपैयाँसहित सम्मान गरिएको हो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत
पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत
शान्तिपूर्ण प्रदर्शन दबाउँदा गम्भीर परिणाम आउन सक्छन् : सोनम वाङ्चुक
शान्तिपूर्ण प्रदर्शन दबाउँदा गम्भीर परिणाम आउन सक्छन् : सोनम वाङ्चुक
मुस्ताङको साङ्ता गाउँमा मतदानको लागि सडक हिउँ पन्छाउन सुरु
मुस्ताङको साङ्ता गाउँमा मतदानको लागि सडक हिउँ पन्छाउन सुरु
कृषि मन्त्री परियारको हेटौँडा दुग्ध संस्थानको अवलोकन, बक्यौता भुक्तानी र बजार व्यवस्थामा जोड
कृषि मन्त्री परियारको हेटौँडा दुग्ध संस्थानको अवलोकन, बक्यौता भुक्तानी र बजार व्यवस्थामा जोड
पारदर्शी र सुरक्षित निर्वाचनका लागि ७३ हजार सुरक्षाकर्मी परिचालनको तयारी
पारदर्शी र सुरक्षित निर्वाचनका लागि ७३ हजार सुरक्षाकर्मी परिचालनको तयारी
‘चितवनमा हाइब्रिड’ मकैको बीउ पाउन कठिन
‘चितवनमा हाइब्रिड’ मकैको बीउ पाउन कठिन
प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालनको तयारी, राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस
प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालनको तयारी, राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस
रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
२०२५: परिवर्तनको वर्ष, भारत–चीनको उदय, जलवायु संकट र प्रविधि प्रतिस्पर्धा
२०२५: परिवर्तनको वर्ष, भारत–चीनको उदय, जलवायु संकट र प्रविधि प्रतिस्पर्धा
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
singel sidbar banner
singel sidbar banner 2