singel post top banner

धर्म परिवर्तनपछि पुरानै जातका आधारमा आरक्षण दाबी गर्न नमिल्ने: भारतको सर्वोच्च अदालत

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आश्विन २९, २०८३
33 Views
धर्म परिवर्तनपछि पुरानै जातका आधारमा आरक्षण दाबी गर्न नमिल्ने: भारतको सर्वोच्च अदालत
समाचार सारांश
  • काठमाडौं ।
  • भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेपछि पहिलेकै जातीय पहिचानका आधारमा आरक्षण सुविधा दाबी गर्न नमिल्ने फैसला गरेको छ।

काठमाडौं । भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेपछि पहिलेकै जातीय पहिचानका आधारमा आरक्षण सुविधा दाबी गर्न नमिल्ने फैसला गरेको छ।

तमिलनाडुमा धर्म परिवर्तन गरी मुस्लिम बनेका व्यक्तिलाई आरक्षण दिने विषयमा परेको मुद्दामा अदालतले मद्रास उच्च अदालतको फैसला सदर गरेको हो। मद्रास उच्च अदालतले धर्म परिवर्तन गरेका व्यक्तिलाई आरक्षण दिने तमिलनाडु सरकारको निर्णय बदर गरेको थियो।

सर्वोच्च अदालतले संविधानका प्रावधान र आरक्षणसम्बन्धी सिद्धान्तका आधारमा दायर याचिका खारेज गर्दै हिन्दु सामाजिक व्यवस्थामा जातका कारण उत्पन्न सामाजिक पछौटेपन अर्को धर्म अपनाएपछि स्वतः कायम नरहने स्पष्ट पारेको छ।

अदालतका अनुसार कुनै व्यक्ति पहिले पिछडिएको वर्ग वा अनुसूचित जातिमा परेको भए पनि धर्म परिवर्तनपछि पुरानै जातीय पहिचानका आधारमा आरक्षणको लाभ दाबी गर्न सक्दैन। यो फैसलाले भारतमा धर्म परिवर्तन र जातीय आरक्षणबीचको सम्बन्धबारे महत्त्वपूर्ण कानुनी व्याख्या गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

स्वास्थ्य बीमा बोर्डले करार सेवाका लागि ७३ पदमा जागिरको लागि आवेदन माग्यो
स्वास्थ्य बीमा बोर्डले करार सेवाका लागि ७३ पदमा जागिरको लागि आवेदन माग्यो
सुनचाँदी पसलमा लुटपाट प्रयत्न: गोली प्रहारमा एक युवा घाइते
सुनचाँदी पसलमा लुटपाट प्रयत्न: गोली प्रहारमा एक युवा घाइते
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढ्यो | मन्त्री निशा मेहता
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढ्यो | मन्त्री निशा मेहता
गोवामा रहेको प्रसिद्ध नाइट क्लबमा आगलागी: कम्तीमा २३ जनाको मृत्यु, अनुसन्धान जारी
गोवामा रहेको प्रसिद्ध नाइट क्लबमा आगलागी: कम्तीमा २३ जनाको मृत्यु, अनुसन्धान जारी
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
राष्ट्र बैंकको स्वायत्तता र बोर्ड संरचनामा नयाँ बहस: अर्थमन्त्री वाग्लेले सचिव हटाउन अस्वीकार
राष्ट्र बैंकको स्वायत्तता र बोर्ड संरचनामा नयाँ बहस: अर्थमन्त्री वाग्लेले सचिव हटाउन अस्वीकार
चर्चित बलिउड अभिनेता असरानीको निधन
चर्चित बलिउड अभिनेता असरानीको निधन
इरानमा अमेरिका र इजरायलको आक्रमण: १९३ बालबालिकाको मृत्यु
इरानमा अमेरिका र इजरायलको आक्रमण: १९३ बालबालिकाको मृत्यु
काठमाडौं विमानस्थलबाट ८२ लाखको सुन बरामद
काठमाडौं विमानस्थलबाट ८२ लाखको सुन बरामद
भेनेजुएलामा अमेरिकी सैन्य आक्रमण: राष्ट्रपति मादुरोले राष्ट्रिय संकटकाल घोषणा
भेनेजुएलामा अमेरिकी सैन्य आक्रमण: राष्ट्रपति मादुरोले राष्ट्रिय संकटकाल घोषणा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?