singel post top banner

मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै, मधेश प्रदेशमा सत्ता समीकरण तङ्ग्रिएको

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
बुधबार, मंसिर १७, २०८२
228 Views
मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै, मधेश प्रदेशमा सत्ता समीकरण तङ्ग्रिएको
समाचार सारांश
  •  निर्णय सुनाएपछि प्रदेश सभा आज बिहान ८:३० बजे बैठकका लागि बोलाइएको छ।
  • गत कात्तिक २४ गते तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम एमाले संसदीय दलका नेता यादवलाई सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

 निर्णय सुनाएपछि प्रदेश सभा आज बिहान ८:३० बजे बैठकका लागि बोलाइएको छ।

गत कात्तिक २४ गते तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम एमाले संसदीय दलका नेता यादवलाई सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
तर, भण्डारीले बर्दिवासस्थित एक होटलमा बिहानै झिसमिसे समयमा यादवलाई शपथ खुवाएको घटनाले ठूलो विवाद खडा भएको थियो। सो प्रक्रियालाई असंवैधानिक बताउँदै अन्य दलहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघिका मुख्यमन्त्री लोसपा नेता जितेन्द्र सोनलले सात दलीय गठबन्धनको समर्थनमा सरकार गठन गरे पनि विश्वासको मत नपाउने निश्चित भएपछि कात्तिक २२ गते पदबाट राजीनामा दिएका थिए। अदालतको निर्देशनपछि मुख्यमन्त्री यादवले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिन तयार भएको जानकारी गराएका हुन्।


अंकगणित: एमालेको मत अपुग, सात दलीय गठबन्धन बलियो

मधेश प्रदेशसभामा कुल १०७ सांसद छन्। सरकार चलाउन कम्तिमा ५४ मतको आवश्यक पर्दछ। तर वर्तमान अंकगणित मुख्यमन्त्री यादवका लागि अनुकूल देखिँदैन।

यस्तो छ सांसद संख्या

सरकार पक्ष (एमाले नेतृत्व)

  • एमाले – २५ (१ जना निलम्बित)

  • नेपाल संघीय समाजवादी – १

  • राप्रपा – १

  • कञ्चन बिच्छाको सांसद पदमाथि संकट: पार्टी नीतिविपरीत सरकारमा सहभागी भएकी उनको पद खारेज गर्न राप्रपाले प्रदेश सभालाई पत्र पठाइसकेको छ।

➡ कुल प्रभावकारी मत: २६ भन्दा कम

सात दलीय गठबन्धन (विपक्ष) – ७३ सांसद

  • नेपाली कांग्रेस – २२

  • जसपा नेपाल – १८

  • जनमत पार्टी – १३

  • नेकपा माओवादी केन्द्र – ९

  • लोसपा – ८

  • नेकपा एकीकृत समाजवादी – ७

  • नागरिक उन्मुक्ति पार्टी – १

गठबन्धन हालसम्म एकताबद्ध देखिएकोले उनीहरूले ७३ मतको बलियो समर्थन राखिरहेका छन्।


निष्कर्ष

यदि वर्तमान अंकगणितमा कुनै बदलाव आएन भने मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेश सभाबाट विश्वासको मत हासिल गर्ने सम्भावना अत्यन्त न्यून देखिन्छ। आजको मतदानले मधेश प्रदेशको नयाँ राजनीतिक दिशा निश्चित गर्नेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सप्तरीमा भारतबाट भन्सार छली गरी ल्याइएको सामान र मोटरसाइकल बरामद
सप्तरीमा भारतबाट भन्सार छली गरी ल्याइएको सामान र मोटरसाइकल बरामद
कोरिया पठाउने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
कोरिया पठाउने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
सिराहा–धनुषा सीमामा नयाँ डाइभर्सन र पुल निर्माणले यातायात सहजता बढ्यो
सिराहा–धनुषा सीमामा नयाँ डाइभर्सन र पुल निर्माणले यातायात सहजता बढ्यो
स्काउट निर्देशक नियुक्ति विवाद : धर्ना र आरोपप्रति राजनीतिक र प्रशासनिक आरोप-प्रत्यारोप
स्काउट निर्देशक नियुक्ति विवाद : धर्ना र आरोपप्रति राजनीतिक र प्रशासनिक आरोप-प्रत्यारोप
काठमाडौँ अदालत र प्रहरी परिसरले आगजनीको घटनाको अनुसन्धानका लागि जाहेरी दर्ता, क्षति मूल्याङ्कन ६२ करोड
काठमाडौँ अदालत र प्रहरी परिसरले आगजनीको घटनाको अनुसन्धानका लागि जाहेरी दर्ता, क्षति मूल्याङ्कन ६२ करोड
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची पूरा गर्ने निर्देश, समयमै पेश गर्न आह्वान
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची पूरा गर्ने निर्देश, समयमै पेश गर्न आह्वान
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
कञ्चनपुर कारागारभित्र झडप: घटना छानबिन समिति गठन
कञ्चनपुर कारागारभित्र झडप: घटना छानबिन समिति गठन
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
बारामा प्रहरीको सरकारी पेस्तोल हराएको घटना: अनुसन्धानमा नयाँ मोड
बारामा प्रहरीको सरकारी पेस्तोल हराएको घटना: अनुसन्धानमा नयाँ मोड
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?