गौशालामा पुरुषको शव फेला, मृतक हरिपुर्वाका रामानन्द बैठा हुन सक्ने आशंका?
- इलाका प्रहरी कार्यालय गौशालाका अनुसार गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा एक पुरुषको शव फेला परेको हो।
- स्थानीयले शनिवार विहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय गौशालाका अनुसार गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा एक पुरुषको शव फेला परेको हो। स्थानीयले शनिवार विहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउने क्रममा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का उठाएको र शवको परिक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको इप्रका इन्चार्ज इन्स्पेक्टर रमेश लामाले जानकारी दिए।
उनका अनुसार, शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठाको भएको प्रमाणित भएको छ।
स्थानीयका अनुसार, मृतक बैठा करिब ३–४ वर्षदेखि गौशालास्थित विभिन्न होटलहरूमा काम गर्दै आएको र जीविकोपार्जन गर्दै आएको थिए। केही समयदेखि उनी ज्वरो र स्वास्थ्यसम्बन्धी समस्या भोग्दै आएको बताइएको छ।
प्रहरीले प्रारम्भिक आशंकाका आधारमा अत्यधिक मादक पदार्थ सेवनको कारण मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ। तर, शवको परिक्षणपछि मात्र स्पष्ट कारण प्रष्ट हुने प्रहरीको भनाइ छ।
अहिले थप अनुसन्धान जारी रहेको इप्रका गौशालाका इन्चार्जले जानकारी दिएका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






