singel post top banner

बर्छवामा निःशुल्क आँखा परीक्षणदेखि मोतीबिन्दुको शल्यक्रियासम्मको व्यवस्था

belwo post title ad banner
महेश सिंह महेश सिंह
मंगलबार, कार्तिक ११, २०८३
86 Views
बर्छवामा निःशुल्क आँखा परीक्षणदेखि मोतीबिन्दुको शल्यक्रियासम्मको व्यवस्था
समाचार सारांश
  • लहान सिरहा – सिरहाको लहान नगरपालिका–२२ बर्छवामा आयोजित निःशुल्क आँखा जाँच शिविरबाट करिब तीन सय बिरामीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।
  • श्री बर्छवा सामुदायिक युवा मञ्चको आयोजनामा श्री आधारभूत विद्यालय, बर्छवाको परिसरमा सोमबार शिविर सञ्चालन गरिएको हो।

लहान सिरहा – सिरहाको लहान नगरपालिका–२२ बर्छवामा आयोजित निःशुल्क आँखा जाँच शिविरबाट करिब तीन सय बिरामीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। श्री बर्छवा सामुदायिक युवा मञ्चको आयोजनामा श्री आधारभूत विद्यालय, बर्छवाको परिसरमा सोमबार शिविर सञ्चालन गरिएको हो।

ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई आँखासम्बन्धी स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले आयोजना गरिएको शिविरमा मोतीबिन्दुका बिरामी पहिचान गरी करिब एक सय जनाको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य रहेको शिविर प्रमुख राजकुमार यादवले जानकारी दिनुभयो।

शिविरको सुरुआत ९२ वर्षीय स्थानीय वंशीलाल चौधरीको आँखा परीक्षण गरेर गरिएको मञ्चका अध्यक्ष प्राध्यापक दिलीप चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक अभाव तथा स्वास्थ्य सेवामा पहुँचको कमीका कारण उपचारबाट वञ्चित हुन सक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, गरिब, दलित, सीमान्तकृत तथा विपन्न समुदायलाई लक्षित गरी शिविर आयोजना गरिएको हो।

शिविरमा आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण गर्नुका साथै मोतीबिन्दुको शल्यक्रिया आवश्यक पर्ने बिरामीको पहिचान गरिनेछ। शल्यक्रियाका लागि छनोट भएका बिरामीको आवश्यक प्रयोगशाला परीक्षण निःशुल्क गरिने तथा औषधि र चस्मा सुपथ मूल्यमा उपलब्ध गराइने आयोजकले जनाएको छ।

शिविरमा वित्तीय सहयोग सीबीएम जर्मनीको रहेको छ भने प्राविधिक सहयोग नेपाल नेत्रज्योति संघ, लहान आँखा तथा कान उपचार प्रणाली र सगरमाथा चौधरी आँखा अस्पताल, लहानले गरेका छन्।

शिविर प्रमुख यादवका अनुसार शिविरमा आठ जना स्वास्थ्यकर्मी तथा प्राविधिक उपचार सेवामा खटिएका छन्। उपचार टोलीमा सुष्मा साह, राजकुमार यादव, वीरेन्द्र साह, अजय तामाङ, तेजनारायण चौधरी, प्रतिभा चौधरी र निभा चौधरीलगायतका स्वास्थ्यकर्मी तथा प्राविधिक सहभागी छन्।

शिविरमा सहभागी हुने बिरामीका लागि आयोजकको सहयोगार्थ ५० रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। यस्तै, मोतीबिन्दुको शल्यक्रियाका लागि छनोट भएका बिरामीले खाना तथा फर्कने खर्च आफैँले व्यवस्था गर्नुपर्ने जनाइएको छ।

मञ्चका अध्यक्ष चौधरीले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवहितका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराएर आर्थिक रूपमा कमजोर तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई समयमै रोग पहिचान र उपचारको अवसर प्रदान गर्नु शिविरको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो। आयोजकले आँखासम्बन्धी समस्या भएका स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रास्वपा सांसद खगेन्द्र सुनारले अनुशासन आयोगलाई बुझाए लिखित जवाफ
रास्वपा सांसद खगेन्द्र सुनारले अनुशासन आयोगलाई बुझाए लिखित जवाफ
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा मधेशका ३० जना सम्पर्कविहीन
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा मधेशका ३० जना सम्पर्कविहीन
बाढीपहिरोले सडक, पुल र खानेपानीमा ठूलो क्षति; जलविद्युत् आयोजनामा १ खर्ब ३४ अर्बको नोक्सानी
बाढीपहिरोले सडक, पुल र खानेपानीमा ठूलो क्षति; जलविद्युत् आयोजनामा १ खर्ब ३४ अर्बको नोक्सानी
अमेरिका मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना, ५ को मृत्यु र ५ जना घाइते
अमेरिका मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना, ५ को मृत्यु र ५ जना घाइते
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी, करोडौंको क्षति
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी, करोडौंको क्षति
प्रधानमन्त्री बालेन्द्र शाहले विपद् प्रभावित क्षेत्रको उद्धार र राहतकार्यमा सबैलाई एकसाथ जुट्न अनुरोध
प्रधानमन्त्री बालेन्द्र शाहले विपद् प्रभावित क्षेत्रको उद्धार र राहतकार्यमा सबैलाई एकसाथ जुट्न अनुरोध
सरकारले वर्तमानमा नयाँ राजदूत नियुक्ति नगर्ने, अन्तरिम समयमा सम्बन्धित देशका कर्मचारीबाट कार्य सञ्चालन गरिने निर्णय
सरकारले वर्तमानमा नयाँ राजदूत नियुक्ति नगर्ने, अन्तरिम समयमा सम्बन्धित देशका कर्मचारीबाट कार्य सञ्चालन गरिने निर्णय
झापामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु र चार घाइते, चालक फरार
झापामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु र चार घाइते, चालक फरार
बाँकेमा प्रहरीले ४०० ग्राम खैरो हेरोइनसहित दुई महिलालाई पक्राउ
बाँकेमा प्रहरीले ४०० ग्राम खैरो हेरोइनसहित दुई महिलालाई पक्राउ
नेपाल उद्योग वाणिज्य महासंघले आगजनी र लुटपाटप्रति कडा कारबाहीको माग, सुरक्षित व्यवसायको आवश्यकता जोड
नेपाल उद्योग वाणिज्य महासंघले आगजनी र लुटपाटप्रति कडा कारबाहीको माग, सुरक्षित व्यवसायको आवश्यकता जोड
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?