singel post top banner

सप्तकोशीमा जेटबोट दुर्घटना: तीन जनाको मृत्यु, एक घाइते

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक ९, २०८३
30 Views
सप्तकोशीमा जेटबोट दुर्घटना: तीन जनाको मृत्यु, एक घाइते
समाचार सारांश
  • विराटनगर ।
  • सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

विराटनगर । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार मृत्यु हुनेमा एक बालिका, एक महिला र एक पुरुष छन्। उनीहरूको पहिचान खुल्न बाँकी छ। प्रहरीका अनुसार अरुण र दूधकोशी नदीको त्रिवेणी क्षेत्रनजिकै जेटबोटको इन्जिन फेल भएको थियो। इन्जिन बन्द भएपछि बग्ने क्रममा बोट दुर्घटनामा परेको प्रारम्भिक जानकारी छ।

दुर्घटनाका बेला बोटमा १६ जना सवार रहेको बताइएको छ। तीमध्ये १२ जनाले मात्रै टिकट काटेको खुलेको प्रहरीले जनाएको छ। पाँच जना सकुशल घर फर्किसकेका छन् भने घाइते एक जनाको चतरा अस्पतालमा उपचार भइरहेको छ।

बोटका चालकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको पहिचान खुलाउने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको रञ्जितकारले बताए। गत असारदेखि बन्द रहेको जेटबोट सेवा कात्तिक १ गतेदेखि पुनः सञ्चालनमा आएको थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

‘रोबोट फोन’ ल्याउँदै अनर, रोबोटिक आर्मले खिच्नेछ तस्बिर र भिडिओ
‘रोबोट फोन’ ल्याउँदै अनर, रोबोटिक आर्मले खिच्नेछ तस्बिर र भिडिओ
धनगढीमा जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरी, अनुसन्धान जारी
धनगढीमा जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरी, अनुसन्धान जारी
भारतको ‘र्‍याट माइनर्स’ टोली नेपालमा बाढी पीडितहरूको उद्धारका लागि आउन चाहन्छ
भारतको ‘र्‍याट माइनर्स’ टोली नेपालमा बाढी पीडितहरूको उद्धारका लागि आउन चाहन्छ
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
मधेश प्रदेशमा पूर्वाधार र जलस्रोत आयोजना अनुगमन गर्न नयाँ उपसमिति गठन
मधेश प्रदेशमा पूर्वाधार र जलस्रोत आयोजना अनुगमन गर्न नयाँ उपसमिति गठन
देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने
वीरगञ्ज भन्सार कार्यालयले २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सार कार्यालयले २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन
हुम्ला र भोजपुरबाहेक ७५ जिल्लामा घरदैलोमै राहदानी सेवा सुरु: मन्त्री पोखरेल
हुम्ला र भोजपुरबाहेक ७५ जिल्लामा घरदैलोमै राहदानी सेवा सुरु: मन्त्री पोखरेल
नेपालमा कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको समस्या: स्थानीय सरकारको चुनौती
नेपालमा कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको समस्या: स्थानीय सरकारको चुनौती
सप्तरीमा भारतबाट अवैध रुपमा ल्याइएका कपडा र मोटरसाइकलसहित तीन पक्राउ
सप्तरीमा भारतबाट अवैध रुपमा ल्याइएका कपडा र मोटरसाइकलसहित तीन पक्राउ
singel sidbar banner
singel sidbar banner 2