उदयपुरगढी सडक दुर्घटना: ट्रक र माइक्रो बस एकआपसमा ठक्कर
- काठमाडौं ।
- उदयपुरको उदयपुरगढी गाउँपालिका –०७ अधेरीस्थित सडकखण्डमा ट्रक र यात्रुवाहक माइक्रो बस (हायस) एकआपसमा ठक्कर खाँदा १७ जना घाइते भएका छन्।
काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका –०७ अधेरीस्थित सडकखण्डमा ट्रक र यात्रुवाहक माइक्रो बस (हायस) एकआपसमा ठक्कर खाँदा १७ जना घाइते भएका छन्। दुर्घटना बुधवार बिहान करिब १०:०० बजे भएको हो।
प्राप्त जानकारी अनुसार, कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको यात्रुवाहक माइक्रो बस (हायस) एकआपसमा ठक्कर खाए। घटना स्थलमा प्रहरी टोली तुरुन्तै पुगेको थियो र घाइतेहरूको उद्धार गरी उचित उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ।
दुर्घटनामा हायसमा सवार चालक र सहचालकसहित जम्मा १७ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनालाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगरमा रिफर गरिएको छ भने अन्यलाई जिल्ला अस्पताल उदयपुरमै उपचार भइरहेको छ।
प्रहरीले दुर्घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ र दुर्घटनाको कारणबारे थप जानकारी पर्खिएको छ। यो दुर्घटना सडक सुरक्षा सम्बन्धी सतर्कता आवश्यक रहेको संकेत गर्दछ।
घाइतेहरूको विवरण:–
१. हायसमा सवार जिल्ला काठमाडौं चन्द्रागिरी न.पा. वडा नं. १४ बस्ने वर्ष अ. ५६ की इन्दिरा श्रेष्ठ,
२. जिल्ला मोरङ सुन्दरहरैचा न.पा. वडा नं. ७ बस्ने वर्ष अ. २७ की पवित्रा भट्टराई,
३. जिल्ला काठमाडौं चन्द्रागिरी न.पा. वडा नं. १४ बस्ने वर्ष अ. ४८ की रुक माया श्रेष्ठ,
४. जिल्ला काठमाडौं चन्द्रागिरी न.पा. वडा नं. १४ बस्ने वर्ष अ. ५३ की पविना श्रेष्ठ,
५. जिल्ला मोरङ कानेपोखरी गा.पा. वडा नं. ६ रमाइलो बस्ने वर्ष अ. २४ को लबिन चौलागाई,
६. हायसको सह–चालक जिल्ला मोरङ कानेपोखरी गा.पा. वडा नं. ६ रमाइलो बस्ने वर्ष अ. ४० को देवराज बि.क.,
७. हायस चालक जिल्ला मोरङ कानेपोखरी गा.पा. वडा नं. ६ रमाइलो बस्ने वर्ष अ. ४४ को राम बहादुर बि.क.,
८. जिल्ला बाँके नेपालगञ्ज न.पा. वडा नं. ३ बस्ने वर्ष अ. २१ की लक्ष्मी गिरी
९. जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं. ३ मिलन चोक बस्ने वर्ष अ. ४२ की रस्मिला दाहाल,
१०. जिल्ला मोरङ सुन्दरहरैचा न.पा. वडा नं. ०६ बस्ने वर्ष अ. ७९ की जमुना राईको,
११. जिल्ला मोरङ सुन्दरहरैचा न.पा. वडा नं. ०६ बस्ने वर्ष अ. ४१ को एदु चन्द्र राई,
१२. जिल्ला ईलाम जोग माई न.पा. वडा नं. १ बस्ने वर्ष अ. २५ को सगुन गुरुङ,
१३. जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ६ बस्ने वर्ष अ. ३१ को डम्बर बहादुर बि.क.,
१४. जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. १ बस्ने वर्ष अ. ४० की सानु थापा,
१६. जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ६ बस्ने वर्ष अ. २० को सुदिप राई,
१७. जिल्ला काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं. ५ वस्ने वर्ष अ. ४३ की शान्ति न्यारिका ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






