नेपालको संसदीय इतिहासको पुराना डाटाहरू खोज्दैछौं: सभामुख अर्याल
- काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले नेपालको संसदीय इतिहासलाई दीर्घकालीन रूपमा सुरक्षित गर्न र प्रविधिमैत्री बनाउने उद्देश्यले संसदीय दस्तावेजहरूको खोजी र डिजिटलाइजेशन कार्य प्रारम्भ गरेको बताएका छन्।
- उनले बुधबार डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन सुभारम्भ कार्यक्रममा यस सम्वन्धमा आफ्ना सोच व्यक्त गरेका हुन्।
काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले नेपालको संसदीय इतिहासलाई दीर्घकालीन रूपमा सुरक्षित गर्न र प्रविधिमैत्री बनाउने उद्देश्यले संसदीय दस्तावेजहरूको खोजी र डिजिटलाइजेशन कार्य प्रारम्भ गरेको बताएका छन्। उनले बुधबार डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन सुभारम्भ कार्यक्रममा यस सम्वन्धमा आफ्ना सोच व्यक्त गरेका हुन्।
सभामुख अर्यालले भने, “हामी संघीय संसदलाई प्रविधिमैत्री र नागरिकमुखी बनाउँदै लैजाने लक्ष्य राखेका छौं। नेपालको संसदीय इतिहासको दीर्घकालीन संरक्षणका लागि पुराना डाटाहरू खोजी गरिरहेका छौं, ती भेटिएपछि ती सबैलाई डिजिटलाइज गरी सुरक्षित गर्ने हाम्रो प्रयास हुनेछ।”
उनले थपे, “हामीले आगामी ५०० वर्षपछि समेत नेपालको संसदीय इतिहासलाई खोज्न र अध्ययन गर्न सकिने गरी अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य राखेका छौं।”
सभामुखले संसद्को बैठकमा सांसदहरूले व्यक्त गरेका अडियो तथा भिडियो सामग्रीहरू समेत सुरक्षित अभिलेखका रूपमा राखिने बताए। यसले संसदीय प्रक्रियाको पारदर्शिता र प्रमाणिकता कायम राख्न मद्दत गर्नेछ।
उनले भने, “संसद मात्रै होइन, कार्यपालिका, न्यायपालिका तथा संघ, प्रदेश र स्थानीय सरकारका सेवा प्रवाहलाई पनि नागरिकमुखी र प्रविधिमैत्री बनाउने दिशामा अघि बढ्न आवश्यक छ।”
सभामुख अर्यालले नागरिकको राज्य, नेतृत्व, कर्मचारी र सञ्चारमाध्यमप्रतिको विश्वास थप बलियो बनाउन डिजिटल रूपान्तरणलाई प्राथमिकता दिनुपर्ने औंल्याए। यसले नेपालको लोकतान्त्रिक प्रक्रिया र सेवा प्रवाहलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






