नेपाल राष्ट्र बैंक ऐन संशोधन: सर्वसम्मत निर्णय र आर्थिक सुधारको दिशा
- काठमाडौं – नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ।
- बुधबार बसेको अर्थ समिति बैठकमा समितिका सभापति डा.
काठमाडौं – नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ। बुधबार बसेको अर्थ समिति बैठकमा समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले समितिको प्रतिवेदन पारित गर्न आग्रह गरेका थिए, जुन बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
विधेयकको सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्दै सभापति बुढाथोकीले समितिका सदस्यहरूबाट प्राप्त सुझाव र सल्लाहका आधारमा दफावार छलफलबाट निर्णय लिइएको बताए। उहाँले सबै सदस्यहरूको सकारात्मक भावना रहेको र विधेयकलाई सर्वसम्मत अघि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।
समितिका निर्णयहरूकै आधारमा तयार पारिएको प्रतिवेदनको समीक्षा गर्दै उहाँले बैठकले निर्णयबाहेकका अन्य विषयवस्तुहरू समावेश नभएको सुनिश्चित गर्न केन्द्रित रहेको बताए। साथै, सदस्यहरूले आवश्यक ठानेमा थप सुझाव र धारणा लेखित रूपमा सचिवालयमा प्रस्तुत गर्न सक्ने व्यवस्था रहेको जानकारी पनि दिए।
सभापति बुढाथोकीले भने, “नेपाल राष्ट्र बैंक ऐन संशोधन हुँदै गर्दा देशले आर्थिक रूपमा फड्को मार्नुपर्छ। यसमा संरचनागत रूपमा नेतृत्व कसरी चयन गर्ने र नेतृत्वले कसरी कार्य गर्ने भन्ने विषय बढी आएको छ। हामी सबै मिलेर यसलाई अघि बढाउन आवश्यक छ।”
उनले थपे, “प्रतिवेदनलाई सर्वसम्मत पास गरिदिन म तपाईंहरू सबैलाई आग्रह गर्छु। यस प्रक्रियाले मुलुकको आर्थिक विकास र संरचनागत परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। विशेष गरी राष्ट्र बैंकको नेतृत्व चयन र कार्यसम्पादनसँग सम्बन्धित विषयमा महत्त्वपूर्ण छलफल भएको छ।”
नेपाल राष्ट्र बैंक ऐन संशोधनको यो प्रक्रिया मुलुकको आर्थिक स्थिरता र विकासका लागि आवश्यक कदम भएको विश्लेषकहरूले बताएका छन्। यसले देशको आर्थिक संरचनालाई नयाँ उचाइमा लैजान सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






