singel post top banner

सशस्त्र प्रहरी बलले स्वर्गीय सुरज साउँदको परिवारलाई सम्मान र आर्थिक सहायता

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, माघ २७, २०८२
225 Views
सशस्त्र प्रहरी बलले स्वर्गीय सुरज साउँदको परिवारलाई सम्मान र आर्थिक सहायता
समाचार सारांश
  • डोटी ।
  • डोटीमा विपद् जोखिम पूर्वतयारी अभ्यासका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान स्वर्गीय सुरज साउँदको परिवारलाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ।

डोटी । डोटीमा विपद् जोखिम पूर्वतयारी अभ्यासका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान स्वर्गीय सुरज साउँदको परिवारलाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ।

गत जेठ २२ गते सप्तकोशी नदीमा मनसुनजन्य विपद् पूर्वतयारीको अभ्यासको क्रममा साउँदको ज्यान गएको थियो। यस घटनामा मृत्यु भएका जवानको परिवारलाई सहानुभूति र सम्मान व्यक्त गर्न, सशस्त्र प्रहरी बलको ७ नं. वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले स्वर्गीय साउँदका आमाबुवालाई भेट्न पुगेका थिए।

बिहानै घरमै पुगेर, उनले स्वर्गीय जवानको परिवारलाई सम्मान स्वरूप नगदसहित सम्मानित गरे। यस अवसरमा, सुवेदीले ‘स्वर्गीय निर्मल गुरुङ अक्षय कोष’बाट स्वर्गीय साउँदका बुवा नन्नाबहादुर साउँदलाई २५ हजार रुपैयाँ नगद पुरस्कार समेत प्रदान गरे।

भेटघाटको क्रममा, बाहिनीपति सुवेदीले जवानको परिवारको अवस्था, आवश्यकताहरू र आगामी दिनमा सहकार्यका विषयमा समेत छलफल गरे। उनले भने, “सशस्त्र प्रहरी बलको यो मानवीय पहलले जवानहरूको परिवारलाई केही हदसम्म राहत र हौसला प्रदान गर्दछ।”

‘स्वर्गीय निर्मल गुरुङ अक्षय कोष’ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका अधिकृतद्वारा स्थापना गरिएको हो।

स्रोत अनुसार, स्वर्गीय सुरज साउँदले चार वर्षअघि सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वाटर पर्सामा दरवन्दी भई, हाल सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा कार्यरत थिए। उनले प्रदेशस्तरीय मनसुनजन्य विपद् सिमुलेसन अभ्यासको क्रममा सप्तकोशी नदीमा ज्यान गुमाएका थिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मुख्यमंत्री सरोज यादवलाई कालो झंडा, मदरसा बिधयेक खारेजी को मांग
मुख्यमंत्री सरोज यादवलाई कालो झंडा, मदरसा बिधयेक खारेजी को मांग
विराटनगरमा दुर्घटनाग्रस्त स्कार्पियोबाट ३९८ किलो गाँजा बरामद
विराटनगरमा दुर्घटनाग्रस्त स्कार्पियोबाट ३९८ किलो गाँजा बरामद
हुण्डी कारोबारको आरोपमा २४ वर्षीय युवक पक्राउ; एक अर्ब बढीको कारोबार फेला
हुण्डी कारोबारको आरोपमा २४ वर्षीय युवक पक्राउ; एक अर्ब बढीको कारोबार फेला
नेपाली कांग्रेसको स्पष्ट धारणा: तीन दल मिलेर सरकार बनाउने प्रस्ताव अस्वीकार
नेपाली कांग्रेसको स्पष्ट धारणा: तीन दल मिलेर सरकार बनाउने प्रस्ताव अस्वीकार
प्रचण्डले सरकारलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा आरोप, पार्टीभित्रको असमझदारी स्पष्ट
प्रचण्डले सरकारलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा आरोप, पार्टीभित्रको असमझदारी स्पष्ट
सरकारले जेनजी आन्दोलनका शहीदहरूलाई घोषणा गर्दै विपद् सहायता र वैदेशिक रोजगार न्यायाधिकरणमा नयाँ सदस्य नियुक्तिको निर्णय
सरकारले जेनजी आन्दोलनका शहीदहरूलाई घोषणा गर्दै विपद् सहायता र वैदेशिक रोजगार न्यायाधिकरणमा नयाँ सदस्य नियुक्तिको निर्णय
मधेस प्रदेश: खर्च कटौती र स्रोत व्यवस्थापनको कडाइ
मधेस प्रदेश: खर्च कटौती र स्रोत व्यवस्थापनको कडाइ
पोखरा महानगरले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेज संरचनाहरू हटाउने
पोखरा महानगरले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेज संरचनाहरू हटाउने
फोहोरमैला व्यवस्थापन सुधारको लागि नयाँ विधेयक संसद्मा दर्ता
फोहोरमैला व्यवस्थापन सुधारको लागि नयाँ विधेयक संसद्मा दर्ता
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
singel sidbar banner
singel sidbar banner 2