singel post top banner

साढे ९ किलो चरेशसहित भारतीय नागरिक पक्राउ – वीरगञ्जमा ठूलो नशा तस्करीको पर्दाफास

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, भाद्र ३१, २०८३
55 Views
साढे ९ किलो चरेशसहित भारतीय नागरिक पक्राउ – वीरगञ्जमा ठूलो नशा तस्करीको पर्दाफास
समाचार सारांश
  • वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा भारत घर बताउने २० वर्षीय सन्दीप चौधरी रहेका छन्।

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर बताउने २० वर्षीय सन्दीप चौधरी रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले आज पक्राउ गरेको हो।

प्रहरीका अनुसार, चौधरीले मोटरसाइकलको तेल ट्याङ्कीभित्र फल्स बटम बनाएर चरेश लुकाई लैजाँदै थिए। जाँचका क्रममा मोटरसाइकलको ट्याङ्कीबाट २१ वटा पोकामा राखिएको करिब ९ किलो ५०० ग्राम चरेश बरामद गरिएको छ। प्रहरीको अनुसार, पक्राउ परेका चौधरीलाई बरामद चरेश र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रहरीले यस प्रकारको अवैध कारोबार विरुद्ध कडाइका साथ सञ्चालन गरिरहेको जनाएको छ। यस कार्यवाहीले नक्कली र नशाखुरान पदार्थको कारोबारलाई नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ। प्रहरीको थप अनुसन्धान जारी रहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आईजीपी कार्की: प्रहरी पत्रकारबाट निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छ
आईजीपी कार्की: प्रहरी पत्रकारबाट निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छ
पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार मुद्दाको पेसी स्थगित
पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार मुद्दाको पेसी स्थगित
प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकलाई १ लाख रुपैयाँ पुरस्कार
प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकलाई १ लाख रुपैयाँ पुरस्कार
नवराजपुरका शिवदेव साहले निराहार उपवाससहित सम्पन्न गरे नवरात्र, नौ कुमारी कन्याको पूजा
नवराजपुरका शिवदेव साहले निराहार उपवाससहित सम्पन्न गरे नवरात्र, नौ कुमारी कन्याको पूजा
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
उदयपुरमा गाँजासहित दुईजना पक्राउ, जिपबाट ७५० किलो गाँजा बरामद
उदयपुरमा गाँजासहित दुईजना पक्राउ, जिपबाट ७५० किलो गाँजा बरामद
विदेशी मुद्राको नयाँ विनिमयदर घोषणा, अमेरिकी डलरको खरिददर १४४.३७ रुपैयाँ
विदेशी मुद्राको नयाँ विनिमयदर घोषणा, अमेरिकी डलरको खरिददर १४४.३७ रुपैयाँ
नवलपरासीबाट ८० लाख रुपैयाँ भन्दा बढीको अवैध मोबाइल पार्ट्स बरामद
नवलपरासीबाट ८० लाख रुपैयाँ भन्दा बढीको अवैध मोबाइल पार्ट्स बरामद
चन्द्रपुरमा महेन्द्र राजमार्ग खुल्यो: ग्यास बुलेट हटाइएपछि यातायात सञ्चालन
चन्द्रपुरमा महेन्द्र राजमार्ग खुल्यो: ग्यास बुलेट हटाइएपछि यातायात सञ्चालन
अख्तियारद्वारा सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
अख्तियारद्वारा सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?