singel post top banner

प्रधानमन्त्री बालेन शाह र अमेरिकी राजदूत मेगन बोल्डिनबीच भेट

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, भाद्र ३१, २०८३
13 Views
प्रधानमन्त्री बालेन शाह र अमेरिकी राजदूत मेगन बोल्डिनबीच भेट
समाचार सारांश
  • काठमाडौं — प्रधानमन्त्री बालेन शाहसँग कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले भेटवार्ता गरेकी छन्।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा सम्पन्न शिष्टाचार भेटमा दुबै नेताले नेपाली राष्ट्रिय हितका विविध विषयमा छलफल गरे।

काठमाडौं — प्रधानमन्त्री बालेन शाहसँग कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले भेटवार्ता गरेकी छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा सम्पन्न शिष्टाचार भेटमा दुबै नेताले नेपाली राष्ट्रिय हितका विविध विषयमा छलफल गरे।

भेटका क्रममा प्रधानमन्त्री शाहले अमेरिकाबाट प्राप्त समर्थन र सहयोगप्रति कृतज्ञता व्यक्त गरे। उनले हालको विपद्‍कालीन परिस्थितिमा अमेरिकी सरकारको सहयोगले नेपाली जनता र सरकारलाई ठूलो बल प्रदान गरेको उल्लेख गरे। साथै, जलवायु परिवर्तनको असरस्वरुप नेपालमा आएको विपद्‍को सामना गर्न आवश्यक कदमहरूबारे जानकारी दिए।

प्रधानमन्त्रीले जलवायु परिवर्तनले नेपाली जनजीवन र पर्यावरणमाथि परेको प्रभावबारे चर्चा गर्दै विश्वव्यापी सहकार्य र सहमति आवश्यक रहेको बताए। उनले नेपालका पर्यटन क्षेत्रमा रहेको विशाल सम्भावनालाई विकसित गर्न र अमेरिकी लगानीलाई प्रोत्साहन गर्न तत्पर रहेको आफ्नो भ्रमणमा बताएका छन्।

अमेरिकी राजदूत मेगन बोल्डिनले रसुवामा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिन्। उनले अमेरिकी सरकार नेपालसंगको मित्रता र सहयोगलाई निरंतरता दिने प्रतिबद्धता व्यक्त गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माण कार्यमा आवश्यक सहयोग गर्ने वाचा गरे।

यस भेटले जलवायु परिवर्तन, मानवसहयोग, र पर्यटन विकास लगायतका विषयमा दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त भएको छ। नेपालको सामाजिक, आर्थिक र पर्यावरणीय विकासका लागि अमेरिकी सहयोग र साझेदारी अझ बलियो बनाउने दृष्टिकोणले यस भेटलाई महत्वपूर्ण मानिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुनको इँटा किन्न भारत पुगेका कञ्चनपुरका दम्पती ठगीको शिकार
सुनको इँटा किन्न भारत पुगेका कञ्चनपुरका दम्पती ठगीको शिकार
मधेश प्रदेशका नयाँ मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै
मधेश प्रदेशका नयाँ मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै
कोशी नदीबाट ३०८ केजी गाँजा बरामद, मध्यराति बगिरहेको भेटियो
कोशी नदीबाट ३०८ केजी गाँजा बरामद, मध्यराति बगिरहेको भेटियो
मुसहर समुदायको भुइँया पूजा: परम्परा, संस्कार र धार्मिक विश्वासहरूको अनौठो झलक
मुसहर समुदायको भुइँया पूजा: परम्परा, संस्कार र धार्मिक विश्वासहरूको अनौठो झलक
गोली र लागुऔषधसहित दुई युवक पक्राउ, १२ ग्राम भन्दा बढी खैरो हेरोइन बरामद
गोली र लागुऔषधसहित दुई युवक पक्राउ, १२ ग्राम भन्दा बढी खैरो हेरोइन बरामद
सर्वोच्च अदालतको आदेश: अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन आयोगलाई निर्देशन
सर्वोच्च अदालतको आदेश: अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन आयोगलाई निर्देशन
कोशी अस्पतालको जग्गामा बनाइएका संरचनामा अस्पताल प्रशासनले डोजर चलाउँदै
कोशी अस्पतालको जग्गामा बनाइएका संरचनामा अस्पताल प्रशासनले डोजर चलाउँदै
बंगलादेशमा नयाँ सरकार गठन, तारिक रहमान प्रधानमन्त्रीको शपथ लिँदै
बंगलादेशमा नयाँ सरकार गठन, तारिक रहमान प्रधानमन्त्रीको शपथ लिँदै
सर्वोच्चले संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्‍यो
सर्वोच्चले संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्‍यो
जनकपुरधाममा स्वास्थ्यकर्मीहरू द्वारा श्रम शोषणविरुद्ध आन्दोलन: स्वास्थ्यकर्मी र प्रहरीबीच टकराव
जनकपुरधाममा स्वास्थ्यकर्मीहरू द्वारा श्रम शोषणविरुद्ध आन्दोलन: स्वास्थ्यकर्मी र प्रहरीबीच टकराव
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?