singel post top banner

होस्टेल-३ ले भारतमा ५१ दिन पूरा गर्दै नेपाली चलचित्रको सफलता र लोकप्रियता विस्तार गर्यो

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
बुधबार, कार्तिक १२, २०८२
157 Views
होस्टेल-३ ले भारतमा ५१ दिन पूरा गर्दै नेपाली चलचित्रको सफलता र लोकप्रियता विस्तार गर्यो
समाचार सारांश
  • नेपाली चलचित्र ‘होस्टेल-३’ ले भारतमा ५१ दिन पूरा गरेको छ।
  • सुरुमा नेपालमा प्रदर्शन भई सफलता पाएको यस चलचित्रले अब सीमा नाघ्दै भारतीय नेपाली समुदायबीच पनि आफ्नै पहिचान बनाउन सफल भएको हो।

नेपाली चलचित्र ‘होस्टेल-३’ ले भारतमा ५१ दिन पूरा गरेको छ। सुरुमा नेपालमा प्रदर्शन भई सफलता पाएको यस चलचित्रले अब सीमा नाघ्दै भारतीय नेपाली समुदायबीच पनि आफ्नै पहिचान बनाउन सफल भएको हो।

भदौ २० गतेदेखि दार्जिलिङस्थित एसभिएफ सिनेमा र रिङ्क मलमा निरन्तर प्रदर्शन भइरहेका उक्त चलचित्रले भारतमा पनि ५१ दिनको माइलस्टोन पुर्‍याएको भारतीय वितरक सुरज खड्काले जानकारी दिनुभएको छ।

‘होस्टेल-३’ को वितरण भारतमा गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले संयुक्त रुपमा गरेका हुन्। यस चलचित्रलाई सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुर लगायत ५० भन्दा बढी हलहरुमा एकसाथ प्रदर्शन गरिएको थियो। यसले भारतीय नेपाली समुदायको साथसाथै अन्य क्षेत्रका दर्शकहरुको समेत मन जित्न सफल भएको छ।

चलचित्रको निर्देशन सशान कँडेलले गर्नुभएको हो। उहाँले यस सफलता प्रति खुसी व्यक्त गर्दै भन्नुभयो, “सर्वप्रथम, यति ठूलो शृङ्खलालाई विश्वास गरी निर्माण इजाजत दिनुहुने दुर्गिश फिल्म्सलाई धेरै धन्यवाद। यस सफलतामा संलग्न सबैलाई हार्दिक आभार व्यक्त गर्दछु।”

‘होस्टेल-३’ ले क्याम्पस जीवनका उतारचढाव, प्रेम, मित्रता र संघर्षको कथा चित्रण गर्दै युवापुस्तामाझ विशेष चर्चा पाएको छ। यस चलचित्रमा पारसबम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुषलगायत कलाकारले अभिनय गर्नुभएको छ।

चलचित्रका लेखक तथा एसोसिएट निर्देशक माधव शर्मा, निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी, सहनिर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता, कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्युसर कोसिसराज क्षेत्री रहेका छन्।

यस प्रकार, ‘होस्टेल-३’ ले नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रिय पहिचान बलियो बनाउँदै नेपाली चलचित्रको सफलताको नयाँ अध्याय रचिरहेको छ। रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बेतहा खोलाको जैविक तटबन्धले बस्ती र विद्यालयलाई बाढी र कटानबाट जोगाउने नयाँ आशा
बेतहा खोलाको जैविक तटबन्धले बस्ती र विद्यालयलाई बाढी र कटानबाट जोगाउने नयाँ आशा
अमेरिकाद्वारा रास्वपा सभापति रवि लामिछानेलाई बधाई
अमेरिकाद्वारा रास्वपा सभापति रवि लामिछानेलाई बधाई
मधेश प्रदेशका मुख्यमन्त्री र नयाँ प्रदेश प्रमुखबीच शिष्टाचार भेटवार्ता
मधेश प्रदेशका मुख्यमन्त्री र नयाँ प्रदेश प्रमुखबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री कार्कीलाई भेट्न भएका जेनजी युवाहरू सिंहदरबारमै आक्रोशित, भेट नपाएपछि तनावपूर्ण अवस्था
प्रधानमन्त्री कार्कीलाई भेट्न भएका जेनजी युवाहरू सिंहदरबारमै आक्रोशित, भेट नपाएपछि तनावपूर्ण अवस्था
काठमाडौंमा गैरकानुनी अन्तरराष्ट्रिय कल बाइपास सञ्चालन गर्ने युवक पक्राउ
काठमाडौंमा गैरकानुनी अन्तरराष्ट्रिय कल बाइपास सञ्चालन गर्ने युवक पक्राउ
कटहरिया नगरपालिकामा दुईदिनमै दुई किशोरीको आत्महत्या, तनाव फैलिएको
कटहरिया नगरपालिकामा दुईदिनमै दुई किशोरीको आत्महत्या, तनाव फैलिएको
रास्वपा ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवारको घोषणा गर्यो
रास्वपा ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवारको घोषणा गर्यो
सुनसरीमा निर्वाचन आचारसंहिता पालन र सुरक्षा व्यवस्था सुनिश्चित – निष्पक्ष निर्वाचनको तयारी पूर्ण
सुनसरीमा निर्वाचन आचारसंहिता पालन र सुरक्षा व्यवस्था सुनिश्चित – निष्पक्ष निर्वाचनको तयारी पूर्ण
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको आदेशको अवज्ञा नगर्न र राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध ध्यानाकर्षण जनाएको
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको आदेशको अवज्ञा नगर्न र राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध ध्यानाकर्षण जनाएको
महोत्तरीमा इँटाभट्टाबाट ठूलो मात्रामा मदिराजन्य पदार्थ बरामद
महोत्तरीमा इँटाभट्टाबाट ठूलो मात्रामा मदिराजन्य पदार्थ बरामद
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?