तुलसीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
- दाङ ।
- तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।
दाङ । तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।
आज बिहान करिब १० बजे गैरापातुस्थित झोलुङ्गे पुल नजिकै लु.प्र. ०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–२ खलङ्गा स्थायी घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका छोरा आयन नेपाली रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






