singel post top banner

ललितपुरमा पहिलो पटक जावलाखेलमा सञ्चालनमा आएको ‘स्मार्ट सेफ्टी ब्यारेड’ले सडक दुर्घटना घटाउने अपेक्षा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, आषाढ ३०, २०८३
82 Views
ललितपुरमा पहिलो पटक जावलाखेलमा सञ्चालनमा आएको ‘स्मार्ट सेफ्टी ब्यारेड’ले सडक दुर्घटना घटाउने अपेक्षा
समाचार सारांश
  • काठमाडौँ — ललितपुर महानगरपालिकाले पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्न र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्न नेपालमै पहिलो पटक जावलाखेलमा ‘स्मार्ट सेफ्टी ब्यारेड’ सञ्चालनमा ल्याएको छ।
  • यो प्रणालीले सडक दुर्घटना न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

काठमाडौँ — ललितपुर महानगरपालिकाले पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्न र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्न नेपालमै पहिलो पटक जावलाखेलमा ‘स्मार्ट सेफ्टी ब्यारेड’ सञ्चालनमा ल्याएको छ। यो प्रणालीले सडक दुर्घटना न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

महानगरपालिकाका अनुसार, परीक्षणका रुपमा जडान गरिएको यस प्रणालीले ट्राफिक बत्तीसँग समन्वय गर्दै पैदलयात्रीलाई तोकिएको समयमा मात्रै जेब्रा क्रसिङ प्रयोग गर्न प्रोत्साहित गर्नेछ। जब ट्राफिक बत्ती हरियो हुन्छ, ब्यारेड स्वतः खुल्ने व्यवस्था छ भने रातो बत्ती बल्दा स्वतः बन्द हुने गरी यसको डिजाइन गरिएको छ। यसले सडक काट्ने प्रवृत्ति र अनावश्यक जोखिमलाई कम गर्न मद्दत गर्दछ।

02-Lalitpur road cross safety barrier_Nepal Photo Library12

सेन्सर प्रणाली जडान भएको यस ब्यारेडले पैदलयात्री बीचमै रहेका बेला स्वतः बन्द नहुने सुविधा पनि प्रदान गर्दछ। यसले सडक पार गरिरहेका व्यक्तिहरूलाई सुरक्षित रूपमा आवतजावत गर्न मद्दत पुर्‍याउने र सडक दुर्घटना सम्भावना घटाउने विश्वास लिइएको छ। साथै, महानगरले जेब्रा क्रसिङ बाहेक अन्य स्थानबाट सडक पार गर्ने प्रवृत्ति रोक्न सडकको दायाँ बायाँ गमला राख्ने तयारी पनि गरेको छ।

04-Lalitpur road cross safety barrier_Nepal Photo Library14

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भने, “विगतमा ट्राफिक नियमको बेवास्ता र जेब्रा क्रसिङको उचित प्रयोग नहुँदा सडक दुर्घटना बढ्ने समस्या थियो। स्मार्ट सेफ्टी ब्यारेडले पैदलयात्री र सवारी चालक दुवैको लागि सुरक्षित र व्यवस्थित सडक वातावरण निर्माण गर्न मद्दत गर्नेछ।”

हाल जावलाखेलका दुई स्थानमा परीक्षणका रूपमा स्मार्ट सेफ्टी ब्यारेड जडान गरिएको छ। यदि यो सफल रहे, भने ललितपुर महानगरभित्र ट्राफिक लाइट भएका सबै चोकहरूमा यस प्रणालीको विस्तार गर्ने योजना छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

05-Lalitpur road cross safety barrier_Nepal Photo Library106-Lalitpur road cross safety barrier_Nepal Photo Library207-Lalitpur road cross safety barrier_Nepal Photo Library309-Lalitpur road cross safety barrier_Nepal Photo Library511-Lalitpur road cross safety barrier_Nepal Photo Library712-Lalitpur road cross safety barrier_Nepal Photo Library813-Lalitpur road cross safety barrier_Nepal Photo Library914-Lalitpur road cross safety barrier_Nepal Photo Library10

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
भारतबाट लखेटिएका सयौँ रोहिंग्या नेपाल–भारत सीमा हुँदै नेपाल प्रवेश गर्दै
भारतबाट लखेटिएका सयौँ रोहिंग्या नेपाल–भारत सीमा हुँदै नेपाल प्रवेश गर्दै
फुङ्लिङ नगरपालिका: स्थानीय महिला उद्यमीहरुले उत्पादन गरेको सामग्री विद्यार्थीलाई निशुल्क वितरण
फुङ्लिङ नगरपालिका: स्थानीय महिला उद्यमीहरुले उत्पादन गरेको सामग्री विद्यार्थीलाई निशुल्क वितरण
नेपाल र भारतको सैन्य सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले भारतीय सेनाका लेफ्टिनेन्ट जनरल सेनगुप्ताको नेपाल भ्रमण
नेपाल र भारतको सैन्य सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले भारतीय सेनाका लेफ्टिनेन्ट जनरल सेनगुप्ताको नेपाल भ्रमण
बूढीगण्डकीमा लेदोसहितको बाढी: ३५ भन्दा बढी घर र पाँच गोठ सम्पर्कविहीन
बूढीगण्डकीमा लेदोसहितको बाढी: ३५ भन्दा बढी घर र पाँच गोठ सम्पर्कविहीन
चार सय बोरा युरिया मल सहित, भन्सार छली गरिएका मकै र ट्रक चालक बालाजुबाट पक्राउ
चार सय बोरा युरिया मल सहित, भन्सार छली गरिएका मकै र ट्रक चालक बालाजुबाट पक्राउ
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो
सप्तरीको नमुना विद्यालय व्यवस्थापन समितिको गठन विवाद, माइनुट गायब भएको आरोप
सप्तरीको नमुना विद्यालय व्यवस्थापन समितिको गठन विवाद, माइनुट गायब भएको आरोप
दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले सरकारलाई २७ बुँदे माग प्रस्तुत
दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले सरकारलाई २७ बुँदे माग प्रस्तुत
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?