singel post top banner

फुङ्लिङ नगरपालिका: स्थानीय महिला उद्यमीहरुले उत्पादन गरेको सामग्री विद्यार्थीलाई निशुल्क वितरण

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, पौष १७, २०८२
222 Views
फुङ्लिङ नगरपालिका: स्थानीय महिला उद्यमीहरुले उत्पादन गरेको सामग्री विद्यार्थीलाई निशुल्क वितरण
समाचार सारांश
  • फुङ्लिङ – फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरुको उत्पादनलाई बजारमा प्रवर्द्धन गर्ने र महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नयाँ पहल सुरु गरेको छ।
  • विगत दुई वर्षदेखि सञ्चालनमा आएको तालिम र सोही क्रममा उत्पादित सामग्रीको प्रयोग बढ्दै गएको छ।

फुङ्लिङ – फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरुको उत्पादनलाई बजारमा प्रवर्द्धन गर्ने र महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नयाँ पहल सुरु गरेको छ। विगत दुई वर्षदेखि सञ्चालनमा आएको तालिम र सोही क्रममा उत्पादित सामग्रीको प्रयोग बढ्दै गएको छ।

वडा कार्यालयको समन्वयमा रेड पाण्डा नेटवर्क, हिमाली संरक्षण मञ्च, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला वन कार्यालय र फुङ्लिङ नगरपालिका स्वयंको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको यो तालिमले स्थानीय महिलाहरुमा नयाँ सीप र आत्मविश्वास जगेर्ना गरेको छ।

यस तालिममा सहभागी महिलाहरुले फरुम्बो अल्लो कपडा उद्योग दर्ता गरी व्यवसायिक रुपमा सञ्चालन थालेका छन्। अहिले उनीहरुले कपडा, झोला, टोपी, गलबन्दी र रुमाल जस्ता वस्तु उत्पादन गर्न थालेका छन्। हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले यसलाई एउटा सफल उदाहरण भन्दै भने, “महिलाहरुको मेहनत र नगरपालिका र अन्य संस्थाहरुको सहयोगले गाउँको आर्थिक अवस्था बलियो बनिरहेको छ।”

वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूले यसलाई निकै प्रेरणादायक कदम बताउँदै भने, “उद्यमीहरुलाई प्रोत्साहन गर्न र स्थानीय उत्पादनलाई बजारमा ल्याउन हाम्रो प्रयास निरन्तर रहनेछ।”

यसैबीच, वडा कार्यालयले उत्पादन गरेका झोलाहरु १६ महिलाहरुको समूहले तयार पारेका हुन्। ती झोलाहरुलाई फुङ्लिङ नगरपालिका-१० फुरुम्बुका विद्यार्थीहरुलाई स्थानीय विद्यालयहरूमा वितरण गरिएको हो। करिब पाँच लाख रुपैयाँको बजेटमा खरिद गरी बालकक्षा देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई निशुल्क रुपमा उपलब्ध गराइएको छ।

फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले भने, “सिकेका सीपको सदुपयोग गर्न र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न हामी हाम्रै समर्पित छौं। यसले गाउँको आर्थिक समृद्धिमा ठूलो भूमिका खेल्ने विश्वास लिएका छौं।”

अहिले उद्योगले कपडा, झोला, टोपी, गलबन्दी र रुमाल जस्ता सामग्री उत्पादन गर्दै आएको छ, जुन स्थानीय तथा बाह्य बजारमा समेत राम्रो माग देखिएको छ। यस कार्यक्रमले गाउँका महिलाहरुको आत्मविश्वास र आत्मनिर्भरता बढाउने साथसाथै, गाउँको आर्थिक स्थायित्वमा समेत टेवा पुर्‍याएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जेनजी आन्दोलनको क्रममा लुटिएको हातहतियारसहित एक पक्राउ
जेनजी आन्दोलनको क्रममा लुटिएको हातहतियारसहित एक पक्राउ
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न, मैथिली भाषा संरक्षण र विकासमा जोड
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न, मैथिली भाषा संरक्षण र विकासमा जोड
डडेल्धुरामा जिप दुर्घटना: २ जनाको मृत्यु र ३ घाइते
डडेल्धुरामा जिप दुर्घटना: २ जनाको मृत्यु र ३ घाइते
नेपाली कांग्रेसले निष्क्रिय सदस्यहरूलाई पार्टीमा पुनः प्रवेश गर्न आह्वान
नेपाली कांग्रेसले निष्क्रिय सदस्यहरूलाई पार्टीमा पुनः प्रवेश गर्न आह्वान
सुनचाँदी रत्न महासंघले डिजिटल प्लेटफर्म सार्वजनिक, व्यवसायलाई प्रविधि-मैत्री बनाउने अभियान सुरु
सुनचाँदी रत्न महासंघले डिजिटल प्लेटफर्म सार्वजनिक, व्यवसायलाई प्रविधि-मैत्री बनाउने अभियान सुरु
नाबालिग बलात्कार मुद्दामा एमाले नेता साह पक्राउ, प्रहरीको अनुसन्धान तीव्र
नाबालिग बलात्कार मुद्दामा एमाले नेता साह पक्राउ, प्रहरीको अनुसन्धान तीव्र
प्रधानमन्त्री कार्कीलाई भेट्न भएका जेनजी युवाहरू सिंहदरबारमै आक्रोशित, भेट नपाएपछि तनावपूर्ण अवस्था
प्रधानमन्त्री कार्कीलाई भेट्न भएका जेनजी युवाहरू सिंहदरबारमै आक्रोशित, भेट नपाएपछि तनावपूर्ण अवस्था
बैतडीमा खैरो हिरोइनसहित ५ जना पक्राउ, २५० मिलिग्राम बरामद
बैतडीमा खैरो हिरोइनसहित ५ जना पक्राउ, २५० मिलिग्राम बरामद
गाँजा कारोबारलाई नियन्त्रण गर्न प्रहरीको निरन्तर अभियान, गोली चलाएर दुईजना पक्राउ
गाँजा कारोबारलाई नियन्त्रण गर्न प्रहरीको निरन्तर अभियान, गोली चलाएर दुईजना पक्राउ
सञ्चारमन्त्री खरेलले कर्मचारीतन्त्रको भूमिकालाई बताए देश विकासको आधार
सञ्चारमन्त्री खरेलले कर्मचारीतन्त्रको भूमिकालाई बताए देश विकासको आधार
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?