singel post top banner

सप्तरीको नमुना विद्यालय व्यवस्थापन समितिको गठन विवाद, माइनुट गायब भएको आरोप

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शुक्रबार, पौष ४, २०८२
407 Views
सप्तरीको नमुना विद्यालय व्यवस्थापन समितिको गठन विवाद, माइनुट गायब भएको आरोप
समाचार सारांश
  • राजविराज।
  • सप्तरीको बलानविहुल गाउँपालिका वडा नं.

राजविराज। सप्तरीको बलानविहुल गाउँपालिका वडा नं. ६ स्थित जागेस्वर गरहाइ जनता नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठनको क्रममा ठूलो विवाद उत्पन्न भएको छ। स्थानीय अभिभावकहरूले वडाध्यक्ष सूर्यकुमार दास र प्रधानाध्यापक महेशकुमार साहको मिलेमतोमा माइन्युटबुक (माइन्युट) हराएको आरोप लगाएका छन्।

गत २९ गते सोमबार विद्यालयमा आयोजना गरिएको अभिभावक भेलामा विद्यालय व्यवस्थापन समिति गठनका लागि छलफल भएको थियो। तर, वडाध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा अभिभावकहरूलाई झुक्याएर हस्ताक्षर गराउने र माइन्युटबुक लुकाउने प्रयास गरिएकोस्थानीय अभिभावकहरूले बताएका छन्। भेलालाई बेवास्ता गरी अभिभावकहरूलाई झुक्याएर समिति चयनको प्रक्रिया पूरा गरिएको र माइन्युटबुक हराएको आरोप लागेका हुन्।

बिहीबार विद्यालय परिसरमा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्व प्राध्यापक र अभिभावक संघर्षशील नेता दिनेस्वर प्रसाद यादबले यस विषयमा कडा आपत्ति जनाउँदै भने, “शिक्षा क्षेत्रमा व्यापक राजनीतिकरण र खेलवाड देखिन्छ। समितिको गठन निष्पक्ष र पारदर्शी रुपमा हुनुपर्छ, जसले शिक्षाको शुद्धता कायम राखोस्।”

यादबका अनुसार, माइन्युटबुक हराएपछि विद्यालयका लेखापाल प्रयागलाल यादबले हस्ताक्षरको जानकारी गराएपछि वडाध्यक्ष सूर्यकुमार दासको घर पुगेका थिए। तर, वडाध्यक्षले दबाव दिएपछि बिना हस्ताक्षर घर फर्किएका छन्। उनले थपे, “म माइन्युटबुक लुटिएको भोलिपल्टै हस्ताक्षर गर्न मान्दिनँ, जबसम्म पारदर्शिता सुनिश्चित हुँदैन, म समितिमा बस्दिनँ।”

यस विवादका कारण गत मंसिर २९ गतेदेखि प्रधानाध्यापक विद्यालयबाट अनुपस्थित रहेका छन्। यसबीच, शिक्षक रामबाबु यादवलाई फोनमार्फत विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको थियो। यादवले भने, “मलाई माइन्युटबुकको स्थिति थाहा छैन, किनभने मसँग कुनै जिम्मेवारी दिइएको छैन।”

विद्यालयमा व्यवस्थापन समिति नभएका कारण शिक्षण र प्रशासनिक गतिविधिहरू प्रभावित भइरहेको स्थानीय अभिभावकहरूले बताएका छन्। उनीहरूले भने, “समिति गठन नभएर विद्यालयको कागजातहरू जोगाउन समस्या भएको छ। यसमा जाँच गरी कारबाही गर्न आवश्यक छ।”

यस्तै, स्थानीय कांग्रेस नेता नवीन कुमार झाले भने, “समिति चयन प्रक्रियामा देखिएको विवादलाई समयमै समाधान गर्नुपर्छ। यसले शिक्षाक्षेत्रलाई अप्ठ्यारो पार्न सक्छ।”

अभिभावकहरूले विद्यालयको महत्वपूर्ण कागजातहरू जस्तै माइन्युटबुक बाहिर लैजानु, घरमै राखेर हस्ताक्षर गराउने प्रयासलाई गम्भीर प्रशासनिक अनियमितता ठहराएका छन्। उनीहरूले तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

यस विद्यालयमा अहिले करिब १,१०० विद्यार्थी अध्ययनरत छन्। विद्यालयको शिक्षण सञ्चालन र शिक्षणस्तरलाई निरन्तरता दिने उद्देश्यले यस विवादको तत्काल समाधान आवश्यक रहेको देखिन्छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड हुँदा १९ जनाको मृत्यु
कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड हुँदा १९ जनाको मृत्यु
कञ्चनपुरमा नदीजन्य पदार्थको उत्खननमा असार १ देखि भदौ मसान्तसम्म रोक
कञ्चनपुरमा नदीजन्य पदार्थको उत्खननमा असार १ देखि भदौ मसान्तसम्म रोक
रौतहट सीमावर्ती क्षेत्रमा नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ, ठूलो मात्रामा जाली नोट जफत
रौतहट सीमावर्ती क्षेत्रमा नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ, ठूलो मात्रामा जाली नोट जफत
राष्ट्र बैंकको स्वायत्तता र बोर्ड संरचनामा नयाँ बहस: अर्थमन्त्री वाग्लेले सचिव हटाउन अस्वीकार
राष्ट्र बैंकको स्वायत्तता र बोर्ड संरचनामा नयाँ बहस: अर्थमन्त्री वाग्लेले सचिव हटाउन अस्वीकार
बिहारी विधानसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा र पूर्वी चम्पारण सीमा नाकामा आवागमन बन्द
बिहारी विधानसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा र पूर्वी चम्पारण सीमा नाकामा आवागमन बन्द
१३८ ग्राम सुनका गरगहना चोरी आरोमा एक अभियुक्त पक्राउ
१३८ ग्राम सुनका गरगहना चोरी आरोमा एक अभियुक्त पक्राउ
दिल्लीको लाल किल्लाको नजिक कार विस्फोट: जम्मु-कस्मिरका डाक्टरसँग सम्बन्धित, १२ को मृत्यु, अनुसन्धान जारी
दिल्लीको लाल किल्लाको नजिक कार विस्फोट: जम्मु-कस्मिरका डाक्टरसँग सम्बन्धित, १२ को मृत्यु, अनुसन्धान जारी
‘बिग बास १७’ बाट चिनिएर आयशा खान अहिले सोशल मिडियामा निकै चर्चित, अब बलिउडमा पनि एंट्री गर्न लाग्दै
‘बिग बास १७’ बाट चिनिएर आयशा खान अहिले सोशल मिडियामा निकै चर्चित, अब बलिउडमा पनि एंट्री गर्न लाग्दै
सर्वोच्च अदालतमा महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै रिट दायर
सर्वोच्च अदालतमा महिला उम्मेदवारहरूको विवरण सार्वजनिक गर्न माग गर्दै रिट दायर
कुलमान घिसिङ बर्खास्त
कुलमान घिसिङ बर्खास्त
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?