singel post top banner

सप्तरीको नमुना विद्यालय व्यवस्थापन समितिको गठन विवाद, माइनुट गायब भएको आरोप

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शुक्रबार, पौष ४, २०८२
371 Views
सप्तरीको नमुना विद्यालय व्यवस्थापन समितिको गठन विवाद, माइनुट गायब भएको आरोप
समाचार सारांश
  • राजविराज।
  • सप्तरीको बलानविहुल गाउँपालिका वडा नं.

राजविराज। सप्तरीको बलानविहुल गाउँपालिका वडा नं. ६ स्थित जागेस्वर गरहाइ जनता नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठनको क्रममा ठूलो विवाद उत्पन्न भएको छ। स्थानीय अभिभावकहरूले वडाध्यक्ष सूर्यकुमार दास र प्रधानाध्यापक महेशकुमार साहको मिलेमतोमा माइन्युटबुक (माइन्युट) हराएको आरोप लगाएका छन्।

गत २९ गते सोमबार विद्यालयमा आयोजना गरिएको अभिभावक भेलामा विद्यालय व्यवस्थापन समिति गठनका लागि छलफल भएको थियो। तर, वडाध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा अभिभावकहरूलाई झुक्याएर हस्ताक्षर गराउने र माइन्युटबुक लुकाउने प्रयास गरिएकोस्थानीय अभिभावकहरूले बताएका छन्। भेलालाई बेवास्ता गरी अभिभावकहरूलाई झुक्याएर समिति चयनको प्रक्रिया पूरा गरिएको र माइन्युटबुक हराएको आरोप लागेका हुन्।

बिहीबार विद्यालय परिसरमा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्व प्राध्यापक र अभिभावक संघर्षशील नेता दिनेस्वर प्रसाद यादबले यस विषयमा कडा आपत्ति जनाउँदै भने, “शिक्षा क्षेत्रमा व्यापक राजनीतिकरण र खेलवाड देखिन्छ। समितिको गठन निष्पक्ष र पारदर्शी रुपमा हुनुपर्छ, जसले शिक्षाको शुद्धता कायम राखोस्।”

यादबका अनुसार, माइन्युटबुक हराएपछि विद्यालयका लेखापाल प्रयागलाल यादबले हस्ताक्षरको जानकारी गराएपछि वडाध्यक्ष सूर्यकुमार दासको घर पुगेका थिए। तर, वडाध्यक्षले दबाव दिएपछि बिना हस्ताक्षर घर फर्किएका छन्। उनले थपे, “म माइन्युटबुक लुटिएको भोलिपल्टै हस्ताक्षर गर्न मान्दिनँ, जबसम्म पारदर्शिता सुनिश्चित हुँदैन, म समितिमा बस्दिनँ।”

यस विवादका कारण गत मंसिर २९ गतेदेखि प्रधानाध्यापक विद्यालयबाट अनुपस्थित रहेका छन्। यसबीच, शिक्षक रामबाबु यादवलाई फोनमार्फत विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको थियो। यादवले भने, “मलाई माइन्युटबुकको स्थिति थाहा छैन, किनभने मसँग कुनै जिम्मेवारी दिइएको छैन।”

विद्यालयमा व्यवस्थापन समिति नभएका कारण शिक्षण र प्रशासनिक गतिविधिहरू प्रभावित भइरहेको स्थानीय अभिभावकहरूले बताएका छन्। उनीहरूले भने, “समिति गठन नभएर विद्यालयको कागजातहरू जोगाउन समस्या भएको छ। यसमा जाँच गरी कारबाही गर्न आवश्यक छ।”

यस्तै, स्थानीय कांग्रेस नेता नवीन कुमार झाले भने, “समिति चयन प्रक्रियामा देखिएको विवादलाई समयमै समाधान गर्नुपर्छ। यसले शिक्षाक्षेत्रलाई अप्ठ्यारो पार्न सक्छ।”

अभिभावकहरूले विद्यालयको महत्वपूर्ण कागजातहरू जस्तै माइन्युटबुक बाहिर लैजानु, घरमै राखेर हस्ताक्षर गराउने प्रयासलाई गम्भीर प्रशासनिक अनियमितता ठहराएका छन्। उनीहरूले तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

यस विद्यालयमा अहिले करिब १,१०० विद्यार्थी अध्ययनरत छन्। विद्यालयको शिक्षण सञ्चालन र शिक्षणस्तरलाई निरन्तरता दिने उद्देश्यले यस विवादको तत्काल समाधान आवश्यक रहेको देखिन्छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल खानेपानी संस्थानले १९८ पदको विज्ञापन रद्द गर्यो
नेपाल खानेपानी संस्थानले १९८ पदको विज्ञापन रद्द गर्यो
नेपाल-भारत कनेक्टिविटी: सुनौली-गोरखपुर द्रुतमार्ग अन्तिम चरणमा
नेपाल-भारत कनेक्टिविटी: सुनौली-गोरखपुर द्रुतमार्ग अन्तिम चरणमा
छठपर्वको दोस्रो दिन आज खरना विधि गरि श्रद्धासाथ मनाइदै।
छठपर्वको दोस्रो दिन आज खरना विधि गरि श्रद्धासाथ मनाइदै।
चितवनमा लागुऔषध (गाँजा) सहित दुई जना पक्राउ, १२४ केजी गाँजा बरामद
चितवनमा लागुऔषध (गाँजा) सहित दुई जना पक्राउ, १२४ केजी गाँजा बरामद
काठ निकासी घुस प्रकरण: पूर्ण शङ्कर यादवसहित ३ जनालाई सजाय, कैद र जरिवाना
काठ निकासी घुस प्रकरण: पूर्ण शङ्कर यादवसहित ३ जनालाई सजाय, कैद र जरिवाना
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
सिमरामा नेकपा एमाले र युवा समूहबीच झडप, विमानस्थल क्षेत्रमा तनाव उच्च
सिमरामा नेकपा एमाले र युवा समूहबीच झडप, विमानस्थल क्षेत्रमा तनाव उच्च
नेपाली कांग्रेसले जनकपुरमा चुनावी प्रतिज्ञापत्र सार्वजनिक, गगन थापाले सम्बोधन गर्ने
नेपाली कांग्रेसले जनकपुरमा चुनावी प्रतिज्ञापत्र सार्वजनिक, गगन थापाले सम्बोधन गर्ने
विकास बजेटको कार्यान्वयनमा निराशाजनक स्थिति; बजेटको ११ प्रतिशत पनि खर्च भएन
विकास बजेटको कार्यान्वयनमा निराशाजनक स्थिति; बजेटको ११ प्रतिशत पनि खर्च भएन
मानव बेचबिखन रोकथामका चुनौती र प्रयास: खुला सीमा, प्रविधिको दुरुपयोग र उद्धार कार्य
मानव बेचबिखन रोकथामका चुनौती र प्रयास: खुला सीमा, प्रविधिको दुरुपयोग र उद्धार कार्य
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?