singel post top banner

मटिहानीमा सम्पन्न MPL सिजन–१ : जनकपुर–१७ कनकपट्टी १०३ रनको फराकिलो जितसहित च्याम्पियन

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
मंगलबार, मंसिर ९, २०८२
359 Views
मटिहानीमा सम्पन्न MPL सिजन–१ : जनकपुर–१७ कनकपट्टी १०३ रनको फराकिलो जितसहित च्याम्पियन
समाचार सारांश
  • महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित मटिहानी रंगशालामा मटिहानी क्रिकेट टिमद्वारा आयोजित मटिहानी प्रिमियर लिग (MPL) सिजन–१, २०८२ आज एक भव्य एवं आकर्षक समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ।
  • महोत्तरी र धनुषा जिल्लाका गरी कुल १६ वटा क्रिकेट टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद विकास र प्रतिभा परिचय गराउन ठूलो योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित मटिहानी रंगशालामा मटिहानी क्रिकेट टिमद्वारा आयोजित मटिहानी प्रिमियर लिग (MPL) सिजन–१, २०८२ आज एक भव्य एवं आकर्षक समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ। महोत्तरी र धनुषा जिल्लाका गरी कुल १६ वटा क्रिकेट टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद विकास र प्रतिभा परिचय गराउन ठूलो योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतियोगिताको फाइनल खेल विशेष रूपमा रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। फाइनलमा जनकपुर उप–महानगरपालिका–१७ कनकपट्टी र औरही गाउँपालिका–३ विक्रमपूर, धनुषाबीच भिडन्त भएको थियो। खेलमा जनकपुर–१७ कनकपट्टीले उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गर्दै औरही–३ विक्रमपूरलाई १०३ रनको विशाल अन्तरले पराजित गर्दै MPL सिजन–१ को ऐतिहासिक उपाधि जित्न सफल भयो।

समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले विजेता टोलीलाई आकर्षक ट्रफी, नगद पुरस्कार तथा मेडल प्रदान गर्नुभयो। यस्तै उप–विजेता टोली, उत्कृष्ट खेलाडी, अम्पायर, कमेन्टेटर तथा प्रतियोगिताको सफलतामा सहयोग पुर्‍याउने सम्पूर्ण सदस्यहरूलाई टिका, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो।

कार्यक्रममा लोसपा नेपालका नगर अध्यक्ष श्याम कुमार मंडल तथा नेपाली कांग्रेसका नेता बैजनाथ मंडलले उप–विजेता टोलीलाई पुरस्कार प्रदान गर्नुभयो।

आयोजक मटिहानी क्रिकेट टिमले MPL सिजन–१ सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण नगरवासी, खेल प्रेमी, स्थानीय निकाय, सुरक्षाकर्मी तथा स्वयम्सेवकहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ। आयोजकले आगामी वर्ष अझ व्यापक सहभागिता र उत्कृष्ट व्यवस्थापनसहित MPL सिजन–२ आयोजना गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सर्लाहीमा महतोको वीभत्स हत्या, टाउको अझै फेला परेन – अनुसन्धान जारी
सर्लाहीमा महतोको वीभत्स हत्या, टाउको अझै फेला परेन – अनुसन्धान जारी
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४०० भन्दा बढीको मृत्यु
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४०० भन्दा बढीको मृत्यु
जोर्डनको काराकस्थित चर्चमा गोलीकाण्ड: सात जनाको मृत्यु, ४० घाइते
जोर्डनको काराकस्थित चर्चमा गोलीकाण्ड: सात जनाको मृत्यु, ४० घाइते
मधेस प्रदेशको राजनीतिले नाटकीय मोड लियो; बिरामी भन्दै काठमाडौं हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै नयाँ मुख्यमन्त्रीलाई शपथ गराइन्।
मधेस प्रदेशको राजनीतिले नाटकीय मोड लियो; बिरामी भन्दै काठमाडौं हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै नयाँ मुख्यमन्त्रीलाई शपथ गराइन्।
महिला सशक्तीकरणदेखि दिगो कृषिसम्म; अगुवा किसानलाई महासंघको क्षमता विकास प्रशिक्षण
महिला सशक्तीकरणदेखि दिगो कृषिसम्म; अगुवा किसानलाई महासंघको क्षमता विकास प्रशिक्षण
जनकपुरधाममा सरकारी कार्यालयको समयमा एक घण्टा घटौती, शुक्रबार बिहान १० देखि ३ बजेसम्म संचालन हुने
जनकपुरधाममा सरकारी कार्यालयको समयमा एक घण्टा घटौती, शुक्रबार बिहान १० देखि ३ बजेसम्म संचालन हुने
मधेश प्रदेश सरकारको बजेट भुक्तानी विवाद समाधान, निर्माण व्यवसायी र उपभोक्तालाई राहत
मधेश प्रदेश सरकारको बजेट भुक्तानी विवाद समाधान, निर्माण व्यवसायी र उपभोक्तालाई राहत
सुनको मूल्य एकै दिन ११ हजार ६ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य समेत घट्यो
सुनको मूल्य एकै दिन ११ हजार ६ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य समेत घट्यो
प्रदेश सरकारहरूले ४ महिनामा २१ अर्बभन्दा बढी खर्च
प्रदेश सरकारहरूले ४ महिनामा २१ अर्बभन्दा बढी खर्च
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?