singel post top banner

मटिहानीमा सम्पन्न MPL सिजन–१ : जनकपुर–१७ कनकपट्टी १०३ रनको फराकिलो जितसहित च्याम्पियन

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
मंगलबार, मंसिर ९, २०८२
332 Views
मटिहानीमा सम्पन्न MPL सिजन–१ : जनकपुर–१७ कनकपट्टी १०३ रनको फराकिलो जितसहित च्याम्पियन
समाचार सारांश
  • महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित मटिहानी रंगशालामा मटिहानी क्रिकेट टिमद्वारा आयोजित मटिहानी प्रिमियर लिग (MPL) सिजन–१, २०८२ आज एक भव्य एवं आकर्षक समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ।
  • महोत्तरी र धनुषा जिल्लाका गरी कुल १६ वटा क्रिकेट टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद विकास र प्रतिभा परिचय गराउन ठूलो योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित मटिहानी रंगशालामा मटिहानी क्रिकेट टिमद्वारा आयोजित मटिहानी प्रिमियर लिग (MPL) सिजन–१, २०८२ आज एक भव्य एवं आकर्षक समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ। महोत्तरी र धनुषा जिल्लाका गरी कुल १६ वटा क्रिकेट टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद विकास र प्रतिभा परिचय गराउन ठूलो योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतियोगिताको फाइनल खेल विशेष रूपमा रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। फाइनलमा जनकपुर उप–महानगरपालिका–१७ कनकपट्टीऔरही गाउँपालिका–३ विक्रमपूर, धनुषाबीच भिडन्त भएको थियो। खेलमा जनकपुर–१७ कनकपट्टीले उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गर्दै औरही–३ विक्रमपूरलाई १०३ रनको विशाल अन्तरले पराजित गर्दै MPL सिजन–१ को ऐतिहासिक उपाधि जित्न सफल भयो।

समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले विजेता टोलीलाई आकर्षक ट्रफी, नगद पुरस्कार तथा मेडल प्रदान गर्नुभयो। यस्तै उप–विजेता टोली, उत्कृष्ट खेलाडी, अम्पायर, कमेन्टेटर तथा प्रतियोगिताको सफलतामा सहयोग पुर्‍याउने सम्पूर्ण सदस्यहरूलाई टिका, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो।

कार्यक्रममा लोसपा नेपालका नगर अध्यक्ष श्याम कुमार मंडल तथा नेपाली कांग्रेसका नेता बैजनाथ मंडलले उप–विजेता टोलीलाई पुरस्कार प्रदान गर्नुभयो।

आयोजक मटिहानी क्रिकेट टिमले MPL सिजन–१ सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण नगरवासी, खेल प्रेमी, स्थानीय निकाय, सुरक्षाकर्मी तथा स्वयम्सेवकहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ। आयोजकले आगामी वर्ष अझ व्यापक सहभागिता र उत्कृष्ट व्यवस्थापनसहित MPL सिजन–२ आयोजना गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नयाँ ऊर्जाः सरकारले १६ महत्वपुर्ण आयोजना राष्ट्रिय प्राथमिकता सूचीकृत गर्यो
नयाँ ऊर्जाः सरकारले १६ महत्वपुर्ण आयोजना राष्ट्रिय प्राथमिकता सूचीकृत गर्यो
निर्वाचनको सुरक्षा सुनिश्चितता: तीन महिनाअघि देखि सेनाको परिचालन तयारी
निर्वाचनको सुरक्षा सुनिश्चितता: तीन महिनाअघि देखि सेनाको परिचालन तयारी
भेनेजुएलामा अमेरिकी सैन्य आक्रमण: राष्ट्रपति मादुरोले राष्ट्रिय संकटकाल घोषणा
भेनेजुएलामा अमेरिकी सैन्य आक्रमण: राष्ट्रपति मादुरोले राष्ट्रिय संकटकाल घोषणा
असमको होजाई जिल्लामा रातभरि रेल दुर्घटना, आठ हात्तीको मृत्यु र पाँचवटा डिब्बा खसेको अपडेट
असमको होजाई जिल्लामा रातभरि रेल दुर्घटना, आठ हात्तीको मृत्यु र पाँचवटा डिब्बा खसेको अपडेट
त्रिभुवन विमानस्थलको अव्यवस्था र सुरक्षाका खाल्तीमाथि सांसद भण्डारीको गम्भीर टिप्पणी
त्रिभुवन विमानस्थलको अव्यवस्था र सुरक्षाका खाल्तीमाथि सांसद भण्डारीको गम्भीर टिप्पणी
एमालेको प्रदर्शन र पक्राउविरोधमा काठमाडौंमा सुरक्षा व्यवस्था कडा, ओली र लेखकलाई रिहा गर्न माग
एमालेको प्रदर्शन र पक्राउविरोधमा काठमाडौंमा सुरक्षा व्यवस्था कडा, ओली र लेखकलाई रिहा गर्न माग
आजको खेलमा टस जितेर चितवनविरुद्ध बलिङ्ग गर्दै लुम्बिनी लायन्स
आजको खेलमा टस जितेर चितवनविरुद्ध बलिङ्ग गर्दै लुम्बिनी लायन्स
हुथीले साउदी अरबको अबहा विमानस्थललाई ब्यालिस्टिक मिसाइल र ड्रोनद्वारा लक्षित
हुथीले साउदी अरबको अबहा विमानस्थललाई ब्यालिस्टिक मिसाइल र ड्रोनद्वारा लक्षित
सर्वोच्च अदालतमा दर्ता भएको रिट: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक, संविधानको उल्लंघनको आरोप
सर्वोच्च अदालतमा दर्ता भएको रिट: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक, संविधानको उल्लंघनको आरोप
प्रधानमन्त्री बालेन शाहले बाढी पीडित उद्धारका लागि आपतकालीन बैठक बोलाए
प्रधानमन्त्री बालेन शाहले बाढी पीडित उद्धारका लागि आपतकालीन बैठक बोलाए
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?