सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
- काठमाडौँ ।
- नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको हो।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। सोमबार यसको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ थियो। मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ५१५ रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४ हजार ३५५ रुपैयाँमा झरेको हो। महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य ३ हजार ७३४ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






