singel post top banner

रौतहटमा निर्वाचन सुरक्षा कडा, हवाई गस्ती समेत १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, फाल्गुन २०, २०८२
126 Views
रौतहटमा निर्वाचन सुरक्षा कडा, हवाई गस्ती समेत १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
समाचार सारांश
  • रौतहट ।
  • रौतहटमा भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

रौतहट । रौतहटमा भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न नेपाली सेनाले जिल्लाभर व्यापक सुरक्षा निगरानी सुरु गरेको हो।

जिल्लाका मतदान स्थल र संवेदनशील क्षेत्रहरूमा बख्तरबन्द गाडी, मोटरसाइकल र पैदल गस्ती परिचालन गरिएको छ। यसैबीच, मंगलबारदेखि हवाई गस्तीसमेत सञ्चालनमा आएको नारायण दल गणका प्रमुख कर्णेल विश्वाश विष्टले जानकारी दिए।

उनका अनुसार, एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँग समन्वय गरी संयुक्त गस्ती सञ्चालन भइरहेको छ। कर्णेल विष्टले भने, “मतदाताले निर्धक्क भएर मतदान गर्न सकुन् भन्ने वातावरण तयार गरिएको छ।” साथै, उनले थपे, “कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा सतर्कता उच्च पारिएको छ।”

रौतहटका १८वटै पालिकामा हालसम्म ५३ सुरक्षा युनिट खडा गरिएको छ। जिल्लाका चारै निर्वाचन क्षेत्रमा मेजरको कमाण्डमा ७५० जना नेपाली सेना परिचालन गरिएको गणले जनाएको छ। यसअघि, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पत्रकार सम्मेलनमार्फत जिल्लाभर १०,००० भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिएको जानकारी दिएका थिए।

निर्वाचन दिन सुरक्षा निकायहरूको समन्वित र उच्च सतर्कता अपनाई निर्वाचन शान्तिपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बिहानैदेखि शहीद घोषणा र न्यायको माग: जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवार र पीडितहरूको आवाज
बिहानैदेखि शहीद घोषणा र न्यायको माग: जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवार र पीडितहरूको आवाज
निजी शिक्षण संस्था: समता शिक्षा सेवा शुल्क खारेजी र नीतिगत सुधारको माग
निजी शिक्षण संस्था: समता शिक्षा सेवा शुल्क खारेजी र नीतिगत सुधारको माग
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै बाधा नहोस्, आन्तरिक स्वायत्ततामा हस्तक्षेप नगर्ने
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै बाधा नहोस्, आन्तरिक स्वायत्ततामा हस्तक्षेप नगर्ने
सरकारको नयाँ कार्यसूची: प्रभावकारी बजार नियमन र अनिवार्य एमआरपी लागू गर्न जोड
सरकारको नयाँ कार्यसूची: प्रभावकारी बजार नियमन र अनिवार्य एमआरपी लागू गर्न जोड
मन्त्रीविहीन श्रम मन्त्रालयमा कार्यक्षमता ठप्प, जेनजी आन्दोलनपछि चहलपहल हरायो
मन्त्रीविहीन श्रम मन्त्रालयमा कार्यक्षमता ठप्प, जेनजी आन्दोलनपछि चहलपहल हरायो
धनगढी मुख्यमन्त्री कमलबहादुर शाहले संविधान अनुसार मन्त्रिमण्डल हेरफेर गरेको घोषणा
धनगढी मुख्यमन्त्री कमलबहादुर शाहले संविधान अनुसार मन्त्रिमण्डल हेरफेर गरेको घोषणा
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन
नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन
सुनसरीको कोसी गाँउपालिकामा गोली लागेर एक व्यक्तिको मृत्यु
सुनसरीको कोसी गाँउपालिकामा गोली लागेर एक व्यक्तिको मृत्यु
ब्रम्हस्थान: नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै।
ब्रम्हस्थान: नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?