singel post top banner

रौतहटमा निर्वाचन सुरक्षा कडा, हवाई गस्ती समेत १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, फाल्गुन २०, २०८२
159 Views
रौतहटमा निर्वाचन सुरक्षा कडा, हवाई गस्ती समेत १० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
समाचार सारांश
  • रौतहट ।
  • रौतहटमा भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

रौतहट । रौतहटमा भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न नेपाली सेनाले जिल्लाभर व्यापक सुरक्षा निगरानी सुरु गरेको हो।

जिल्लाका मतदान स्थल र संवेदनशील क्षेत्रहरूमा बख्तरबन्द गाडी, मोटरसाइकल र पैदल गस्ती परिचालन गरिएको छ। यसैबीच, मंगलबारदेखि हवाई गस्तीसमेत सञ्चालनमा आएको नारायण दल गणका प्रमुख कर्णेल विश्वाश विष्टले जानकारी दिए।

उनका अनुसार, एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँग समन्वय गरी संयुक्त गस्ती सञ्चालन भइरहेको छ। कर्णेल विष्टले भने, “मतदाताले निर्धक्क भएर मतदान गर्न सकुन् भन्ने वातावरण तयार गरिएको छ।” साथै, उनले थपे, “कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा सतर्कता उच्च पारिएको छ।”

रौतहटका १८वटै पालिकामा हालसम्म ५३ सुरक्षा युनिट खडा गरिएको छ। जिल्लाका चारै निर्वाचन क्षेत्रमा मेजरको कमाण्डमा ७५० जना नेपाली सेना परिचालन गरिएको गणले जनाएको छ। यसअघि, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पत्रकार सम्मेलनमार्फत जिल्लाभर १०,००० भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिएको जानकारी दिएका थिए।

निर्वाचन दिन सुरक्षा निकायहरूको समन्वित र उच्च सतर्कता अपनाई निर्वाचन शान्तिपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पर्साको सखुवा प्रसौनीमा जन्ती बोकेको कार दुर्घटना, एकको मृत्यु, एक जना गम्भीर घाइते
पर्साको सखुवा प्रसौनीमा जन्ती बोकेको कार दुर्घटना, एकको मृत्यु, एक जना गम्भीर घाइते
काठमाडौँ महानगरले राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग नभत्काउने निर्णय
काठमाडौँ महानगरले राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग नभत्काउने निर्णय
रसुवागढी भन्सार कार्यालयका २५ कर्मचारी सम्पर्कमा, बाँकी कर्मचारीको खोजी जारी
रसुवागढी भन्सार कार्यालयका २५ कर्मचारी सम्पर्कमा, बाँकी कर्मचारीको खोजी जारी
साढे ९ किलो चरेशसहित भारतीय नागरिक पक्राउ – वीरगञ्जमा ठूलो नशा तस्करीको पर्दाफास
साढे ९ किलो चरेशसहित भारतीय नागरिक पक्राउ – वीरगञ्जमा ठूलो नशा तस्करीको पर्दाफास
खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता
खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता
धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु
धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानजनक र निःशुल्क बनाउने नीतिगत कदमको आवश्यकताको औंल्याउनुभयो
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानजनक र निःशुल्क बनाउने नीतिगत कदमको आवश्यकताको औंल्याउनुभयो
विश्व सम्पदा दिवस मनाइँदै
विश्व सम्पदा दिवस मनाइँदै
अंशु गौतम हत्याको अनुसन्धानमा प्रगति, पीडित परिवार शव बुझ्न अस्वीकार, अपराधी पक्राउको माग
अंशु गौतम हत्याको अनुसन्धानमा प्रगति, पीडित परिवार शव बुझ्न अस्वीकार, अपराधी पक्राउको माग
आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल
आज २०८१ साल फागुन २१ गते बुधबारको राशिफल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?