singel post top banner

सुनसरीमा ९१५ किलो ६८० ग्राम गाँजा बरामद, चार जना पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, कार्तिक ३, २०८३
32 Views
सुनसरीमा ९१५ किलो ६८० ग्राम गाँजा बरामद, चार जना पक्राउ
समाचार सारांश
  • सुनसरी — प्रहरीले इनरुवा नगरपालिका–४, ज्ञानोदय टोलस्थित एक घरबाट ९१५ किलो ६८० ग्राम गाँजा बरामद गरेको छ।
  • घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सुनसरी — प्रहरीले इनरुवा नगरपालिका–४, ज्ञानोदय टोलस्थित एक घरबाट ९१५ किलो ६८० ग्राम गाँजा बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो साढे १ बजे स्थानीय बुलबुल यादवको घरमा गाँजा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा खानतलासी गरिएको थियो। घरको कोठामा लुकाएर राखिएको गाँजा बरामद भएपछि घरधनी ३६ वर्षीय बुलबुल यादवसहित २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादवलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीका अनुसार चाडपर्वको समयमा प्रहरीलाई छलेर गाँजा भारतीय सीमा कटाउने तयारी भइरहेको अवस्थामा बरामद गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट प्र.१–०२–००१ प ९१९९ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ। पक्राउ परेका चारै जना, मोटरसाइकल र गाँजालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रास्वपा र गाउँगाउँमा नयाँ राजनीतिक प्रभाव: ग्रामीण क्षेत्रमा प्रभाव कम
रास्वपा र गाउँगाउँमा नयाँ राजनीतिक प्रभाव: ग्रामीण क्षेत्रमा प्रभाव कम
वीरगञ्जमा नयाँ तरकारी र फलफूल बजारको उद्घाटन, किसान र उपभोक्तालाई फाइदा
वीरगञ्जमा नयाँ तरकारी र फलफूल बजारको उद्घाटन, किसान र उपभोक्तालाई फाइदा
प्रतिनिधि सभा निर्वाचनका लागि बन्दसूची बुझाउने दलहरूको संख्या ४ पुगे
प्रतिनिधि सभा निर्वाचनका लागि बन्दसूची बुझाउने दलहरूको संख्या ४ पुगे
चितवनमा पत्रकारको सामाजिक सुरक्षा र सहजीकरणका लागि मन्त्री जगदीश खरेलको प्रतिबद्धता
चितवनमा पत्रकारको सामाजिक सुरक्षा र सहजीकरणका लागि मन्त्री जगदीश खरेलको प्रतिबद्धता
जापानको पीआर त्यागेको प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको दाबी
जापानको पीआर त्यागेको प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको दाबी
तुलसीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
तुलसीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
माओवादी केन्द्रले दुई सांसदमाथि पार्टी अनुशासन उल्लंघनका कारण कारबाही प्रक्रिया अघि बढायो
माओवादी केन्द्रले दुई सांसदमाथि पार्टी अनुशासन उल्लंघनका कारण कारबाही प्रक्रिया अघि बढायो
काठमाडौंमा भारतीय नागरिक मृत अवस्थामा फेला
काठमाडौंमा भारतीय नागरिक मृत अवस्थामा फेला
वर्षा, बाढी र पहिरोका कारण नेपाल टेलिकमको सेवा प्रभावित
वर्षा, बाढी र पहिरोका कारण नेपाल टेलिकमको सेवा प्रभावित
प्रधानमन्त्री बालेन्द्र शाहले विपद् प्रभावित क्षेत्रको उद्धार र राहतकार्यमा सबैलाई एकसाथ जुट्न अनुरोध
प्रधानमन्त्री बालेन्द्र शाहले विपद् प्रभावित क्षेत्रको उद्धार र राहतकार्यमा सबैलाई एकसाथ जुट्न अनुरोध
singel sidbar banner
singel sidbar banner 2