singel post top banner

विश्व सम्पदा दिवस मनाइँदै

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शुक्रबार, बैशाख ५, २०८२
659 Views
विश्व सम्पदा दिवस मनाइँदै
समाचार सारांश
  • काठमाडौँ, वैशाख ५ ।
  • सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ ।

काठमाडौँ, वैशाख ५ । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।

यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको पुरातत्व विभागले जनाएको छ । विभाग, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ तथा बागमती प्रदेश हस्तकला सङ्घको आयोजनामा पदयात्रा गर्न लागिएको विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थिपतिमा हुने पदयात्रामा संस्कृतिकर्मी एवं सांस्कृतिक संस्थाको पनि सहभागिता रहने जनाइएको छ । स्वयम्भूको भुइँखेलबाट सुरु हुने पदयात्रा हनुमानढोका दरबार क्षेत्रमा आएर समापन हुने उहाँले सुनाउनुभयो ।

सम्पदा प्रभाव मूल्याङ्कन गरिने

सम्पदास्थल नजिकै पूर्वाधार निर्माणका काम गर्दा सम्पदा प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएको छ । यसअघि ठूला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था थियो । सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा भने सम्पदा प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको हो ।

पूर्वाधार निर्माणले सम्पदास्थलमा क्षति पुग्न थालेपछि सरकारले यस्तो व्यवस्था गरेको हो । पुरातत्व विभागले दुई वर्षअघि सम्पदा प्रभाव मूल्याङ्कन कार्यविधि बनाएको महानिर्देशक सौभाग्य प्रधानाङ्गले राससलाई जानकारी दिनुभयो । सम्पदा प्रभाव मूल्याङ्कनका लागि नेपालमा सरकारीस्तरबाट दिइएको यो पहिलो तालिम गत वर्ष दिइएको विभागले जनाएको छ । यसरी तालिम लिएका जनशक्तिबाट नै सम्पदा प्रभाव मूल्याङ्कन सुरु भएको उहाँले बताउनुभयो ।

विभागले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा गर्न लागेको संशोधनमा पनि सम्पदा प्रभाव मूल्याङ्कनको विषय पारेको छ । ऐन संशोधन गर्न समय लाग्ने भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीस्तरीय निर्णयबाट दुई वर्षअघि कार्यविधि स्वीकृत गराएर सम्पदा संरक्षणका लागि सम्पदा प्रभाव मूल्याङ्कन सुरु गरिएको हो । कार्यविधिले गरेको व्यवस्थाअनुसार सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सम्पदा प्रभाव मूल्याङ्कनको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था रहेको छ । रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

इन्डोनेसियाको पश्चिम जाभामा पहिरोमा कम्तीमा ७ को मृत्यु, ८२ जना बेपत्ता
इन्डोनेसियाको पश्चिम जाभामा पहिरोमा कम्तीमा ७ को मृत्यु, ८२ जना बेपत्ता
राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्ण प्रदर्शनका मागहरू समयमा सम्बोधन गर्न सरकारलाई आह्वान
राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्ण प्रदर्शनका मागहरू समयमा सम्बोधन गर्न सरकारलाई आह्वान
चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवाद : पाँच वर्षपछि पनि ऋण चुक्ता नहुँदा धुर्मुस तनावमा
चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवाद : पाँच वर्षपछि पनि ऋण चुक्ता नहुँदा धुर्मुस तनावमा
झापामा सर्प डसाइबाट महिलाको मृत्यु: गर्मी र वर्षात्कालीन सर्प डसाइको जोखिम तीव्र
झापामा सर्प डसाइबाट महिलाको मृत्यु: गर्मी र वर्षात्कालीन सर्प डसाइको जोखिम तीव्र
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
बझाङको दुर्गाथली गाउँपालिकामा भ्रष्टाचार मुद्दा, २२ लाखभन्दा बढी रकम फसुलीमा परेका आरोप
बझाङको दुर्गाथली गाउँपालिकामा भ्रष्टाचार मुद्दा, २२ लाखभन्दा बढी रकम फसुलीमा परेका आरोप
कोरियन राजदूतसँग भेटमा अर्थमन्त्री खनालले दुईपक्षीय सम्बन्ध र आर्थिक सहयोगका विषयमा छलफल
कोरियन राजदूतसँग भेटमा अर्थमन्त्री खनालले दुईपक्षीय सम्बन्ध र आर्थिक सहयोगका विषयमा छलफल
बिहानैदेखि शहीद घोषणा र न्यायको माग: जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवार र पीडितहरूको आवाज
बिहानैदेखि शहीद घोषणा र न्यायको माग: जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवार र पीडितहरूको आवाज
गाजामा मानवतावादी संकट गहिरिँदै: उद्धार टोली सक्रिय
गाजामा मानवतावादी संकट गहिरिँदै: उद्धार टोली सक्रिय
दार्चुलामा निर्वाचन सुरक्षा र तयारी: संयुक्त गस्ती, कर्मचारी तालिम र मतदान प्रक्रिया
दार्चुलामा निर्वाचन सुरक्षा र तयारी: संयुक्त गस्ती, कर्मचारी तालिम र मतदान प्रक्रिया
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?