मकवानपुरभीमफेदी कारागारबाट फरार कैदीबन्दीमा १५४ जना अझै सम्पर्कविहीन
- मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट हालसम्म २६ जना फरार कैदीबन्दी रहेका छन्।
- यस सम्बन्धमा कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिएका छन्।
मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट हालसम्म २६ जना फरार कैदीबन्दी रहेका छन्। यस सम्बन्धमा कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिएका छन्। उनले भने, गत भदौ २४ गते राति १ बजेतिर कारागारको पर्खाल भत्काएर ३९ विदेशी कैदीबन्दी फरार भएका थिए। तीमध्ये १३ जना कारागारमा फर्किएका भए पनि, अझै २६ जना फरार छन्।
यसैगरी, भीमफेदी कारागारबाट फरार भएका विदेशी सहित ४२० कैदीबन्दीमध्ये हालसम्म २८६ जना कारागारमा फर्किएका छन् भने, १५४ जना अझै फरार रहेका छन्। कारागार प्रमुख पौडेलले भन्नुभयो, “अन्य कारागारबाट फरार भएका ७१ जना पनि भिमफेदी कारागारमा फर्किएका छन्। ती मध्ये ३५ जनालाई स्थानान्तरण गरिसकिएको र एक जना थुनामुक्त भएको छ। बाँकी ३५ जना अझै कारागारभित्रै छन्।”
फरार कैदीबन्दीहरूलाई नियन्त्रणमा लिनका लागि खोजी कार्य तीव्र पारिएको छ। कारागारको तीनवटा गेट फुटाएर पश्चिमतर्फको पर्खाल भत्काइएका थिए। यस क्रममा (क) ब्लकबाट २६० र (ख) ब्लकबाट १८० गरी जम्मा ४४० जना फरार भएका थिए। प्रहरीले बताएको छ कि फरार कैदीबन्दीहरूलाई छोपछाप नियन्त्रणमा लिन प्रयास भइरहेको छ र विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइरहेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले भने, “फरार कैदीबन्दीहरूको खोजी कार्य तीव्र पारिएको छ र उनीहरूलाई शीघ्रै नियन्त्रणमा लिइने प्रयास भइरहेको छ।” यस घटनापछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ र फरार कैदीबन्दीहरूको खोजी कार्य जारी रहेको छ। (रासस)
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






