singel post top banner

नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
सोमबार, चैत्र ११, २०८१
587 Views
नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
समाचार सारांश
  • चितवन, चैत ११ ।
  • नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ ।

चितवन, चैत ११ । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ ।

चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताउनुभयो । विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ ।”

नेपालमा बाघको सङ्ख्या सन् २००९ मा एक सय २१ रहेकामा सन् २०२२ मा बढेर तीन सय ५५ पुगेको छ । बाघको सङ्ख्या सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ५३ रहेको थियो । बाघको सङ्ख्या बढ्दै गर्दा बासस्थान क्षेत्र ९३ प्रतिशत घटेको आचार्यले बताउनुभयो । एक सय वर्ष पहिले विश्वमा एक लाखको हाराहारीमा बाघ रहेकामा अहिले यो सङ्ख्या घटेर पाँच हजार पुगेको उहाँले जानकारी दिनुभयो । पछिल्ला वर्षहरूमा बाघको संरक्षणमा ध्यान दिइएकाले यसको सङ्ख्या बढ्दै गएको हो ।

नेपालको वन क्षेत्रमा पाँच सयको हाराहारीमा बाघ राख्न सकिने आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जको कोर क्षेत्रमा चार सय चार बाघ राख्न सकिने देखिन्छ ।” बाघको मुख्य आहार मृग प्रजाति रहेकाले यसलाई समेत संरक्षण गर्न आवश्यक छ । मृग प्रजातिसँगै बाँदर र घरपालुवा जनावार बाघको आहाराका रूपमा रहेको सो अवसरमा जानकारी दिइयो । रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कोटेश्वरबाट नक्कली हतियारसहित दुई व्यक्ति पक्राउ
कोटेश्वरबाट नक्कली हतियारसहित दुई व्यक्ति पक्राउ
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री कुलमान घिसिङ
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री कुलमान घिसिङ
सामुहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते
सामुहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते
सर्लाहीमा उपचार क्रममा किशोरीको मृत्यु, चिकित्सक पक्राउ
सर्लाहीमा उपचार क्रममा किशोरीको मृत्यु, चिकित्सक पक्राउ
वीरगञ्जमा नयाँ तरकारी र फलफूल बजारको उद्घाटन, किसान र उपभोक्तालाई फाइदा
वीरगञ्जमा नयाँ तरकारी र फलफूल बजारको उद्घाटन, किसान र उपभोक्तालाई फाइदा
खाँदबारीमा महिलाको शव भेटियो, घटनाबारे अनुसन्धान हुँदै
रौतहट गौरमा साम्प्रदायिक तनाव समाप्त, शान्ति सद्भाव र्‍यालीले विश्वास पुनःस्थापना गर्दै
रौतहट गौरमा साम्प्रदायिक तनाव समाप्त, शान्ति सद्भाव र्‍यालीले विश्वास पुनःस्थापना गर्दै
निर्वाचन आयोगले ‘कल सेन्टर’ सुरु, मतदाताका जिज्ञासा निःशुल्क समाधान
निर्वाचन आयोगले ‘कल सेन्टर’ सुरु, मतदाताका जिज्ञासा निःशुल्क समाधान
नेपाली पार्टीका राम कुमार साह ‘सनातनी’ को चुनावी अभियान: निर्वाचन सुधार र सामाजिक चेतना
नेपाली पार्टीका राम कुमार साह ‘सनातनी’ को चुनावी अभियान: निर्वाचन सुधार र सामाजिक चेतना
डिजिटल हिंसा न्यूनीकरणका लागि महिला पत्रकार र सरकारको साझा जिम्मेवारी
डिजिटल हिंसा न्यूनीकरणका लागि महिला पत्रकार र सरकारको साझा जिम्मेवारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?