singel post top banner

नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
सोमबार, चैत्र ११, २०८१
808 Views
नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
समाचार सारांश
  • चितवन, चैत ११ ।
  • नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ ।

चितवन, चैत ११ । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ ।

चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताउनुभयो । विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ ।”

नेपालमा बाघको सङ्ख्या सन् २००९ मा एक सय २१ रहेकामा सन् २०२२ मा बढेर तीन सय ५५ पुगेको छ । बाघको सङ्ख्या सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ५३ रहेको थियो । बाघको सङ्ख्या बढ्दै गर्दा बासस्थान क्षेत्र ९३ प्रतिशत घटेको आचार्यले बताउनुभयो । एक सय वर्ष पहिले विश्वमा एक लाखको हाराहारीमा बाघ रहेकामा अहिले यो सङ्ख्या घटेर पाँच हजार पुगेको उहाँले जानकारी दिनुभयो । पछिल्ला वर्षहरूमा बाघको संरक्षणमा ध्यान दिइएकाले यसको सङ्ख्या बढ्दै गएको हो ।

नेपालको वन क्षेत्रमा पाँच सयको हाराहारीमा बाघ राख्न सकिने आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जको कोर क्षेत्रमा चार सय चार बाघ राख्न सकिने देखिन्छ ।” बाघको मुख्य आहार मृग प्रजाति रहेकाले यसलाई समेत संरक्षण गर्न आवश्यक छ । मृग प्रजातिसँगै बाँदर र घरपालुवा जनावार बाघको आहाराका रूपमा रहेको सो अवसरमा जानकारी दिइयो । रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपालले लेबननस्थित संयुक्त राष्ट्र शान्ति सैनिकको सुरक्षामा जोड दियो
नेपालले लेबननस्थित संयुक्त राष्ट्र शान्ति सैनिकको सुरक्षामा जोड दियो
सिरहामा निर्माणाधीन गागन खोलाको पुल भासिए, सुरक्षा जोखिम र वैकल्पिक मार्गको समस्या
सिरहामा निर्माणाधीन गागन खोलाको पुल भासिए, सुरक्षा जोखिम र वैकल्पिक मार्गको समस्या
सशस्त्र प्रहरी महानिरीक्षकले निर्वाचन सुरक्षा र तयारीका लागि स्वतः परिचालनको आदेश दिए
सशस्त्र प्रहरी महानिरीक्षकले निर्वाचन सुरक्षा र तयारीका लागि स्वतः परिचालनको आदेश दिए
रौतहटमा विद्युत् सर्ट भएर घरमा आगलागी, करिब ८ लाख रुपैयाँको क्षति
रौतहटमा विद्युत् सर्ट भएर घरमा आगलागी, करिब ८ लाख रुपैयाँको क्षति
प्रदेश सरकारहरूले ४ महिनामा २१ अर्बभन्दा बढी खर्च
प्रदेश सरकारहरूले ४ महिनामा २१ अर्बभन्दा बढी खर्च
कञ्चनपुरका भन्सार अधिकृतको धम्कीपूर्ण व्यवहारबारे संसद्मा प्रश्न
कञ्चनपुरका भन्सार अधिकृतको धम्कीपूर्ण व्यवहारबारे संसद्मा प्रश्न
विशेष महाधिवेशन: संस्थापनको कारबाहीपछि गगन थापा महाधिवेशनस्थलमा पुगे
विशेष महाधिवेशन: संस्थापनको कारबाहीपछि गगन थापा महाधिवेशनस्थलमा पुगे
प्रधानमन्त्री कार्यालयको मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरू सार्वजनिक
प्रधानमन्त्री कार्यालयको मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरू सार्वजनिक
स्वीकृत दरभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिबाना प्रस्ताव
स्वीकृत दरभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिबाना प्रस्ताव
रसुवाको गल्छी–बेत्रावती सडकमा ट्र्याक खुल्यो, एक साताभित्र बेलिब्रिज जडान गर्ने लक्ष्य
रसुवाको गल्छी–बेत्रावती सडकमा ट्र्याक खुल्यो, एक साताभित्र बेलिब्रिज जडान गर्ने लक्ष्य
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?