singel post top banner

निर्वाचन तोकिएकै मितिमा हुने: प्रधानमन्त्री कार्कीको दाबी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष १६, २०८२
204 Views
निर्वाचन तोकिएकै मितिमा हुने: प्रधानमन्त्री कार्कीको दाबी
समाचार सारांश
  • काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले मुलुक तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने अवस्थामा पुगेको बताएकी छन्।
  • नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक राष्ट्रिय संवादमा बोल्दै प्रधानमन्त्री कार्कीले वर्तमान सरकार सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ गठन भएको स्मरण गरिन्।

काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले मुलुक तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने अवस्थामा पुगेको बताएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक राष्ट्रिय संवादमा बोल्दै प्रधानमन्त्री कार्कीले वर्तमान सरकार सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ गठन भएको स्मरण गरिन्। उनले राजनीतिक दल तथा युवाहरूसँगको निरन्तर संवाद र सहयोगबाट निर्वाचन तोकिएकै मितिमा गर्ने अवस्थामा सरकार पुगेको स्पष्ट पारिन्।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले राजनीतिक परिवर्तनले नागरिकको जीविकामा अपेक्षित सुधार ल्याउन नसकेको, पेसा, व्यवसाय र रोजगारीका अवसरमा कमी आएको तथा आचरण र व्यवहारमा न्यायपूर्णता नभएको कारण ‘जेन-जी’ आन्दोलनको जन्म भएको उल्लेख गरिन्। उनले ‘जेन-जी’ आन्दोलनपछिको असामान्य परिस्थितिलाई सम्हाल्दै पुनः भड्किन नदिन र शान्ति सुव्यवस्था कायम गर्न सरकारले निकै संयमका साथ व्यवहार गरिरहेको बताइन्।

प्रधानमन्त्री कार्कीले मुलुकलाई विधिको शासनमा हिँडाउने, लोकतान्त्रिक उपलब्धिहरूलाई जोगाउने, दिगो स्थिरता कायम राख्ने र व्यावसायिक वातावरण निर्माण गर्नका लागि निर्वाचन नै अचुक माध्यम भएकोमा जोड दिइन्। उनले ‘जेन-जी’ आन्दोलनले क्षतिग्रस्त व्यवसायहरूको पुनरुत्थानका लागि मौद्रिक, वित्तीय र विकास योजनामार्फत निजी क्षेत्रका सबै माग सम्बोधन गरिएको जानकारी दिइन्।

यसैबीच, प्रधानमन्त्री कार्कीले उद्यमी व्यवसायीहरूलाई द्रुत सेवा र सुरक्षा प्रदान गर्ने सुनिश्चिततासहित बन्द, हडताल, तोडफोड, आगजनीलगायतका आक्रमण निषेधित क्षेत्रका रूपमा संरक्षण प्रदान गर्न साझा प्रतिबद्धताको खाँचो रहेको बताइन्। उनले ‘जेन-जी’ आन्दोलनका क्रममा भएको घुसपैठ, लुटपाट, आगजनी र गलत फाइदा उठाउने आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायहरू सक्रिय रहेको उल्लेख गरिन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भीमबहादुर खत्रीले लिए शपथ
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भीमबहादुर खत्रीले लिए शपथ
एनपीएल सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
एनपीएल सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
सुनसरी देवानगञ्जमा हिन्दु-मुस्लिम बिच झडप, सहसचिवको नेतृत्वमा छानबिन समिति गठन
सुनसरी देवानगञ्जमा हिन्दु-मुस्लिम बिच झडप, सहसचिवको नेतृत्वमा छानबिन समिति गठन
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात र हिउँदे वर्षा
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात र हिउँदे वर्षा
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
कालीगण्डकीको बाढीले पर्वतको फर्सेमा २५ घर बगायो
कालीगण्डकीको बाढीले पर्वतको फर्सेमा २५ घर बगायो
नेपालको पहिलो विद्यावारिधि डा. बाबुराम भुललाई नेपाल विश्वविद्यालयबाट प्रदान
नेपालको पहिलो विद्यावारिधि डा. बाबुराम भुललाई नेपाल विश्वविद्यालयबाट प्रदान
नेपाल दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको माग : ९ बुँदे मुख्य आवश्यकता
नेपाल दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको माग : ९ बुँदे मुख्य आवश्यकता
सिराहा प्रहरीले ११.६२ मिलिग्राम ब्राउन सुगरसहित तिन जना पक्राउ
सिराहा प्रहरीले ११.६२ मिलिग्राम ब्राउन सुगरसहित तिन जना पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?