singel post top banner

निर्वाचन तोकिएकै मितिमा हुने: प्रधानमन्त्री कार्कीको दाबी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष १६, २०८२
173 Views
निर्वाचन तोकिएकै मितिमा हुने: प्रधानमन्त्री कार्कीको दाबी
समाचार सारांश
  • काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले मुलुक तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने अवस्थामा पुगेको बताएकी छन्।
  • नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक राष्ट्रिय संवादमा बोल्दै प्रधानमन्त्री कार्कीले वर्तमान सरकार सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ गठन भएको स्मरण गरिन्।

काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले मुलुक तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने अवस्थामा पुगेको बताएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक राष्ट्रिय संवादमा बोल्दै प्रधानमन्त्री कार्कीले वर्तमान सरकार सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ गठन भएको स्मरण गरिन्। उनले राजनीतिक दल तथा युवाहरूसँगको निरन्तर संवाद र सहयोगबाट निर्वाचन तोकिएकै मितिमा गर्ने अवस्थामा सरकार पुगेको स्पष्ट पारिन्।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले राजनीतिक परिवर्तनले नागरिकको जीविकामा अपेक्षित सुधार ल्याउन नसकेको, पेसा, व्यवसाय र रोजगारीका अवसरमा कमी आएको तथा आचरण र व्यवहारमा न्यायपूर्णता नभएको कारण ‘जेन-जी’ आन्दोलनको जन्म भएको उल्लेख गरिन्। उनले ‘जेन-जी’ आन्दोलनपछिको असामान्य परिस्थितिलाई सम्हाल्दै पुनः भड्किन नदिन र शान्ति सुव्यवस्था कायम गर्न सरकारले निकै संयमका साथ व्यवहार गरिरहेको बताइन्।

प्रधानमन्त्री कार्कीले मुलुकलाई विधिको शासनमा हिँडाउने, लोकतान्त्रिक उपलब्धिहरूलाई जोगाउने, दिगो स्थिरता कायम राख्ने र व्यावसायिक वातावरण निर्माण गर्नका लागि निर्वाचन नै अचुक माध्यम भएकोमा जोड दिइन्। उनले ‘जेन-जी’ आन्दोलनले क्षतिग्रस्त व्यवसायहरूको पुनरुत्थानका लागि मौद्रिक, वित्तीय र विकास योजनामार्फत निजी क्षेत्रका सबै माग सम्बोधन गरिएको जानकारी दिइन्।

यसैबीच, प्रधानमन्त्री कार्कीले उद्यमी व्यवसायीहरूलाई द्रुत सेवा र सुरक्षा प्रदान गर्ने सुनिश्चिततासहित बन्द, हडताल, तोडफोड, आगजनीलगायतका आक्रमण निषेधित क्षेत्रका रूपमा संरक्षण प्रदान गर्न साझा प्रतिबद्धताको खाँचो रहेको बताइन्। उनले ‘जेन-जी’ आन्दोलनका क्रममा भएको घुसपैठ, लुटपाट, आगजनी र गलत फाइदा उठाउने आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायहरू सक्रिय रहेको उल्लेख गरिन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर
नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर
इनिशा विक हत्या प्रकरणविरुद्ध युवाहरुको विरोध प्रदर्शन
इनिशा विक हत्या प्रकरणविरुद्ध युवाहरुको विरोध प्रदर्शन
जेन जी आन्दोलनका बीच सशस्त्र प्रहरी निरीक्षकको संयमित नेतृत्वले जोगायो जिल्ला प्रशासन कार्यालय
जेन जी आन्दोलनका बीच सशस्त्र प्रहरी निरीक्षकको संयमित नेतृत्वले जोगायो जिल्ला प्रशासन कार्यालय
बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुदैँछ कारोबार?
बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुदैँछ कारोबार?
गैरदलित युवतीसँग प्रेम विवाह: बिना उजुरी युवक प्रहरी थुनामा
गैरदलित युवतीसँग प्रेम विवाह: बिना उजुरी युवक प्रहरी थुनामा
बागमती प्रदेशको राजधानीका लागि जग्गा र रुख कटान प्रक्रिया अन्तिम चरणमा
बागमती प्रदेशको राजधानीका लागि जग्गा र रुख कटान प्रक्रिया अन्तिम चरणमा
विदेशी स्थायी आवासीय अनुमति लिएको आरोपमा नापी अधिकृतलाई मन्त्रालयले स्पष्टीकरण सोध्यो
विदेशी स्थायी आवासीय अनुमति लिएको आरोपमा नापी अधिकृतलाई मन्त्रालयले स्पष्टीकरण सोध्यो
वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी
वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी
एमालेले विष्णु पौडेलको रिहाई र प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा माफी माग्न दबाव
एमालेले विष्णु पौडेलको रिहाई र प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा माफी माग्न दबाव
मधेश प्रदेशमा रविदास जयन्तीको अवसरमा आज सार्वजनिक बिदा
मधेश प्रदेशमा रविदास जयन्तीको अवसरमा आज सार्वजनिक बिदा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?