singel post top banner

एन्फा मुख्यालयको ताला खोलेर कार्यसमितिको बैठक बस्ने बहुमत सदस्यको तयारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, कार्तिक १२, २०८३
18 Views
एन्फा मुख्यालयको ताला खोलेर कार्यसमितिको बैठक बस्ने बहुमत सदस्यको तयारी
समाचार सारांश
  • काठमाडौं ।
  • अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत कार्यसमिति सदस्यले मुख्यालयको ताला खोलेर बैठक बस्ने तयारी गरेका छन्।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत कार्यसमिति सदस्यले मुख्यालयको ताला खोलेर बैठक बस्ने तयारी गरेका छन्। वरिष्ठ उपाध्यक्षसहित ११ सदस्यले लिखित माग गर्दा पनि अध्यक्षले बैठक नबोलाएपछि उनीहरू आफैं बैठकका लागि अघि बढेका हुन्।

एन्फा विधानको धारा ३१(२)अनुसार कार्यसमितिका एकतिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा बैठक अनिवार्य रूपमा बोलाउनुपर्छ। यही व्यवस्थाअनुसार २२ दिनअघि बैठक बोलाउन माग गरिएको थियो।

तर, अध्यक्ष पंकजविक्रम नेम्बाङले २१ दिनसम्म बैठक नबोलाएपछि आफूहरू बैठक बस्ने निर्णयमा पुगेको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले बताए। “विधानअनुसार बैठकका लागि हामीले २१ दिनसम्म कुर्‍यौँ। तर अध्यक्षज्यूले बैठक बोलाउनुभएन। अब मेरो नेतृत्वमा बैठक बोलाएर आवश्यक निर्णय गर्छौँ,” उनले अनलाइनखबरसँग भने।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको ताला खोलेर १३ गतेका लागि बैठकको पत्राचार गर्ने तयारी रहेको एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले जानकारी दिए। उनका अनुसार बैठक बसेपछि सरकार, एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)लाई सहजीकरणका लागि पत्र लेखिनेछ।

खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्बाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो।

जोशी र पाण्डे धरौटीमा छुटेका छन् भने नेम्बाङ र राई अदालतमा उपस्थित भएका छैनन्। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले जुन २४ देखि एन्फालाई निलम्बन गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

ज्योति रानाभाटको अनसन र स्वास्थ्य समस्या, सरकारसँग भएको वार्ताको निष्कर्ष विफल
ज्योति रानाभाटको अनसन र स्वास्थ्य समस्या, सरकारसँग भएको वार्ताको निष्कर्ष विफल
नेपालका शीर्ष नेताहरुविरुद्ध भ्रष्टाचार मुद्दा: माधव नेपालसहित ९३ प्रतिवादीमाथि ठूला आरोपहरू
नेपालका शीर्ष नेताहरुविरुद्ध भ्रष्टाचार मुद्दा: माधव नेपालसहित ९३ प्रतिवादीमाथि ठूला आरोपहरू
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
गौर भन्सारअगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
गौर भन्सारअगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
ट्रम्प र पुटिनबीच पहिलो पटक टेलिफोन वार्ता, ऊर्जा संकट र युक्रेन युद्धका विषयमा छलफल
ट्रम्प र पुटिनबीच पहिलो पटक टेलिफोन वार्ता, ऊर्जा संकट र युक्रेन युद्धका विषयमा छलफल
भारतले मध्यपूर्वका देशहरूमा रोकिएका यात्रुहरूलाई स्वदेश फर्काउन पुनः सुरु गर्यो सीमित उडानहरू
भारतले मध्यपूर्वका देशहरूमा रोकिएका यात्रुहरूलाई स्वदेश फर्काउन पुनः सुरु गर्यो सीमित उडानहरू
वर्षा र पहिरोले ११ प्रमुख सडकखण्ड प्रभावित, यात्रा गर्नुअघि अवस्था बुझ्न आग्रह
वर्षा र पहिरोले ११ प्रमुख सडकखण्ड प्रभावित, यात्रा गर्नुअघि अवस्था बुझ्न आग्रह
प्रि–कोप ३१ मा नेपालको जलवायु न्यायसम्बन्धी धारणा प्रस्तुत, टुभालु र टोङ्गाका प्रधानमन्त्रीसँग मन्त्री खनालको भेट
प्रि–कोप ३१ मा नेपालको जलवायु न्यायसम्बन्धी धारणा प्रस्तुत, टुभालु र टोङ्गाका प्रधानमन्त्रीसँग मन्त्री खनालको भेट
अमेरिकाको लस एन्जलसमा हेलिकप्टर दुर्घटना, तीनजनाको मृत्यु
अमेरिकाको लस एन्जलसमा हेलिकप्टर दुर्घटना, तीनजनाको मृत्यु
भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै दिल्लीमा फेरि प्रदर्शन
भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै दिल्लीमा फेरि प्रदर्शन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?