भ्रष्टाचारको जानकारी पाए नेपाली जनताको तर्फबाट कडा कारवाहीको घोषणा
- काठमाडौं – गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचार बिरुद्ध कडा सन्देश दिएका छन्।
- उनले भने, “कोही एक रुपैयाँ पनि भ्रष्टाचार गरेको भए म नेपाली जनताको तर्फबाट लड्नेछु।
काठमाडौं – गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचार बिरुद्ध कडा सन्देश दिएका छन्। उनले भने, “कोही एक रुपैयाँ पनि भ्रष्टाचार गरेको भए म नेपाली जनताको तर्फबाट लड्नेछु।” मंगलबार जेनजी शहीदहरूको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
गृहमन्त्री गुरुङले भ्रष्टाचारको बारेमा जानकारी पाए तुरुन्तै कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे। “त्यो परिवर्तन जसको लागि हामी लडेका थियौं, त्यो कुर्सी जुन मलाई दिइएको हो, त्यो जिम्मेवारी हो। त्यो परिवर्तनको लागि हामी लडेका हौं,” उनले थपे।
उनले थप भने, “इमानदारीका साथ म भन्न सक्छु, यदि कसैले एक रुपैयाँ समेत भ्रष्टाचार गरेको भए, म नेपाली जनताको तर्फबाट तीन करोड नेपालीको हकहितमा कडा कारवाही गर्नेछु।” उनले यस क्रममा भ्रष्टाचार र अनियमितता विरुद्ध आफू कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।
गृहमन्त्री गुरुङको यो वक्तव्यले भ्रष्टाचारविरुद्धको सरकारको जंग अझ तीव्र हुने संकेत गरेको छ। उनले भ्रष्टाचारलाई कुनै पनि हालतमा सहन नहुने स्पष्ट संकेत दिएका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






