singel post top banner

सुनवलको सगरमाथा होटलमा खाद्य स्वच्छता कमजोर, सुधार नभएसम्म सञ्चालनमा रोक

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, कार्तिक ५, २०८३
35 Views
सुनवलको सगरमाथा होटलमा खाद्य स्वच्छता कमजोर, सुधार नभएसम्म सञ्चालनमा रोक
समाचार सारांश
  • नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थित सगरमाथा होटलमा खाद्य स्वच्छता तथा सरसफाइको अवस्था कमजोर पाइएको छ।
  • अनुगमनका क्रममा भान्सामा बासी खानेकुरा, फोहोर खानेपानीको स्रोत र खानामा प्रयोग हुने काठ तथा फलामका टुक्रा भेटिएका छन्।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थित सगरमाथा होटलमा खाद्य स्वच्छता तथा सरसफाइको अवस्था कमजोर पाइएको छ। अनुगमनका क्रममा भान्सामा बासी खानेकुरा, फोहोर खानेपानीको स्रोत र खानामा प्रयोग हुने काठ तथा फलामका टुक्रा भेटिएका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्देशनअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, कपिलवस्तुले गरेको अनुगमनमा होटलमा विभिन्न कैफियत देखिएको विभागले जनाएको छ।

अनुगमन प्रतिवेदनमा होटलको सरसफाइ कमजोर रहेको, भान्साका सामग्री अव्यवस्थित रूपमा राखिएको र खानेपानीको स्रोत फोहोर ठाउँमा रहेको उल्लेख छ। अनुगमन टोली पुग्दा होटल बन्द अवस्थामा रहेकाले सुनवल नगरपालिका–४ का वडाध्यक्षको पहलमा होटल खोलेर निरीक्षण गरिएको थियो।

निरीक्षणपछि होटल सञ्चालकलाई भान्सा पूर्ण रूपमा सफा गर्न, अनावश्यक सामग्री उचित ढङ्गले व्यवस्थापन गर्न र खानेपानीको स्रोत सफा राख्न निर्देशन दिइएको छ। तोकिएका सुधारका काम पूरा नभएसम्म होटल सञ्चालन नगर्न पनि विभागले भनेको छ।

होटल सञ्चालकलाई निर्देशनअनुसार सुधार गरी ३० दिनभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र सुनवल नगरपालिका–४ को वडा कार्यालयलाई जानकारी गराउन भनिएको छ। विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

निपाह भाइरसको खतराका बीच सचेतता र तयारी: स्वास्थ्य मन्त्रालयको स्पष्ट निर्देशन
निपाह भाइरसको खतराका बीच सचेतता र तयारी: स्वास्थ्य मन्त्रालयको स्पष्ट निर्देशन
राजविराजको गजेन्द्रनारायणसिंह अस्पतालमा आगलागी, करोडौंको क्षति
राजविराजको गजेन्द्रनारायणसिंह अस्पतालमा आगलागी, करोडौंको क्षति
राजस्थानको फलोदीमा भीषण सडक दुर्घटना, १५ मृतक र घाइतेहरूको उपचार जारी
राजस्थानको फलोदीमा भीषण सडक दुर्घटना, १५ मृतक र घाइतेहरूको उपचार जारी
विद्युत् महसुल विवादमा नेपाल विद्युत् नियमन आयोगको निर्णय, उद्योगी व्यवसायीको माग अस्वीकृत
विद्युत् महसुल विवादमा नेपाल विद्युत् नियमन आयोगको निर्णय, उद्योगी व्यवसायीको माग अस्वीकृत
जनकपुरधाममा सरकारी कार्यालयको समयमा एक घण्टा घटौती, शुक्रबार बिहान १० देखि ३ बजेसम्म संचालन हुने
जनकपुरधाममा सरकारी कार्यालयको समयमा एक घण्टा घटौती, शुक्रबार बिहान १० देखि ३ बजेसम्म संचालन हुने
हिमाली जिल्लामा भ्रमणमा, नाम्चे र सल्लेरीका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया
हिमाली जिल्लामा भ्रमणमा, नाम्चे र सल्लेरीका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया
सुनसरीमा बेमौसमी वर्षाले करिब दुई अर्बको धान र तरकारीबाली क्षति
सुनसरीमा बेमौसमी वर्षाले करिब दुई अर्बको धान र तरकारीबाली क्षति
स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल भवन निर्माणमा ढिलाइ, मन्त्री घिसिङको कडा चेतावनी
स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल भवन निर्माणमा ढिलाइ, मन्त्री घिसिङको कडा चेतावनी
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दर्ता
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दर्ता
नेपालभर अविरल वर्षा, बाढी र पहिरोका कारण सडक मार्गहरू अवरुद्ध, यातायात प्रभावित
नेपालभर अविरल वर्षा, बाढी र पहिरोका कारण सडक मार्गहरू अवरुद्ध, यातायात प्रभावित
singel sidbar banner
singel sidbar banner 2