singel post top banner

सुनसरीमा बेमौसमी वर्षाले करिब दुई अर्बको धान र तरकारीबाली क्षति

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
आइतबार, कार्तिक १६, २०८२
181 Views
सुनसरीमा बेमौसमी वर्षाले करिब दुई अर्बको धान र तरकारीबाली क्षति
समाचार सारांश
  • सुनसरी, कार्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरी जिल्लाका किसानको धान र तरकारीबालीलाई ठूलो क्षति पुर्‍याएको छ।
  • यस वर्षाको कारणले गरी करिब रु दुई अर्ब बराबरको नोक्सान भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ।

सुनसरी, कार्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरी जिल्लाका किसानको धान र तरकारीबालीलाई ठूलो क्षति पुर्‍याएको छ। यस वर्षाको कारणले गरी करिब रु दुई अर्ब बराबरको नोक्सान भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहका अनुसार, जिल्लामा कुल ४८,९०० हेक्टर क्षेत्रमा धानखेती हुँदै आएको थियो। तीमध्ये करिब १४,४०० हेक्टरमा यस वर्षाको बिषम प्रभाव परेको छ। विशेष गरी राधाबार, बास्मती, अगौटे लगायत जातका धान बालीमा बढी क्षति पुगेको छ। सिंहले भन्नुभयो, “अगौटे जातका करिब २० प्रतिशत किसानले धान काटिसकेका थिए, बाँकी खेतहरू हावाहुरी र वर्षाले खेतमा लडाएका छन्। अहिलेसम्म करिब ९,६०० हेक्टर क्षेत्रको धान मात्र काटिएको छ। बाँकी धान भने बाढी र निरन्तर वर्षाका कारण कुहिँदै गएको छ।”

अहिले पनि बर्षा भइरहेकाले किसानहरूले काटेर राखेको धान उठाउन मुस्किल परेको उहाँको भनाइ छ। “धेरै जसो धान भने घाम लागेपछि पानी सुक्छ, तब मात्रै निकाल्न सकिन्छ। तर केही गुणस्तर घट्ने सम्भावना छ। नभए कुहिएर जाने अवस्था आउन सक्छ।” सिंहले भने।

रामधुनी नगरपालिका–९ का किसान जङ्गबहादुर घिमिरेले दुई बिघा क्षेत्रफलमा लगाएको धान वर्षाले पूरै नष्ट भएको बताउनुभयो। उहाँले भन्नुभयो, “बर्षाले खेतमा बाँकी रहेको धान पनि कुहिएर जाँदैछ। करिब १२ कठ्ठा धान खान वा गाईवस्तुको लागि घाँसका रूपमा प्रयोग गर्नै नसक्ने गरी क्षति भएको छ। दुई दिनको वर्षाले करिब दुई लाखभन्दा बढीको नोक्सानी भयो।” उहाँले थप्नुभयो, “गत असोजको वर्षाले केही नोक्सान गरेन, तर अहिलेको वर्षाले काटेको र बाँकी रहेको धान नै पूर्ण रूपमा नष्ट बनायो। रुखाइको समयमा पानीको अभाव र वर्षाले धानलाई तहसनहस बनाएको हो। हाम्रो जीविकापार्जन भने खेतीमात्रै हो, अरु केही छैन।”

यस्तै, रामधुनीका किसान सुरकुमार राईले करिब नौ कठ्ठामा लगाएको तरकारी र आठ कठ्ठामा लगाएको धान बेमौसमी वर्षाले नष्ट गरेको बताएका छन्। उहाँले भन्नुभयो, “तरकारी फलिसकेको थियो, धान पनि पाक्न लागेको थियो। सबै खेतमै लडायो। यसले हामीलाई वर्षभरि खाने अन्नको व्यवस्था गर्न कठिनाइ भएको छ। अब कसरी जिउनु र गुजारा गर्नु भन्ने चिन्तामा परेका छौं।”

कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहका अनुसार, जिल्लामा ४५८ हेक्टरमा कोदोखेतिहरू छन्, जसको करिब १० प्रतिशतमा क्षति पुगेको छ। उहाँले भन्नुभयो, “कोदोको बोट अलि होचो र बलियो हुने भएकाले कम क्षति भएको देखिन्छ।” साथै, आठ हजार १०० हेक्टरमा हुने तरकारीखेतीको करिब ९५ प्रतिशतमा पनि क्षति पुगेको जानकारी दिनुभयो। फलेका काँक्रो, परवल, बोडी, घिरौँलालगायतका तरकारी तथा बिरुवा पनि नष्ट भएको छ। जिल्लामा ५३० हेक्टरमा हुने केरा खेतीको ८० प्रतिशत नष्ट भएको र केही उखुखेतीमा समेत क्षति पुगेको उहाँले जानकारी दिनुभयो।

जिल्लाका देवानगञ्ज, रामधुनी, कोशी, इनरुवा र भोक्राह नरसिंह गाउँपालिकामा सबैभन्दा बढी धान, केरा र तरकारीबालीमा क्षति पुगेको छ। यस वर्षाको कारणले करिब रु दुई अर्ब ५० करोड बराबरको क्षति भएको जिकिर गर्दै सिंहले भन्नुभयो, “अहिलेसम्म सङ्कलन गरिएको विवरणअनुसार क्षतिको रकम रु दुई अर्ब ५० करोडभन्दा बढी भएको छ। सबै पालिकाबाट क्षतिको विवरण सङ्कलन भइरहेको छ। सम्बन्धित निकायहरूलाई यसका लागि पत्राचार गरिसकेका छौं।”

यसबीच, जिल्लाका किसानहरु अझै समेत क्षतिग्रस्त खेतबाट धान र तरकारीबालीलाई जोगाउन कठिनाइ भोगिरहेका छन् भने सरकार र सम्बन्धित निकायहरूले यस बिषम अवस्थालाई मध्यनजर गर्दै राहत र पुनःस्थापनाका कार्यक्रम अगाडि बढाउन आवश्यक देखिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा
भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा
अख्तियारद्वारा सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
अख्तियारद्वारा सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
वीर अस्पतालमा आकस्मिक कक्षको विस्तार
वीर अस्पतालमा आकस्मिक कक्षको विस्तार
महिला टी-२० विश्वकप ग्लोबल छनोट; स्कटल्यान्डविरुद्ध नेपाल क्रिकेट टोलीको हार
महिला टी-२० विश्वकप ग्लोबल छनोट; स्कटल्यान्डविरुद्ध नेपाल क्रिकेट टोलीको हार
फुङ्लिङ नगरपालिका: स्थानीय महिला उद्यमीहरुले उत्पादन गरेको सामग्री विद्यार्थीलाई निशुल्क वितरण
फुङ्लिङ नगरपालिका: स्थानीय महिला उद्यमीहरुले उत्पादन गरेको सामग्री विद्यार्थीलाई निशुल्क वितरण
सिन्धुलीको गागनमा बस–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते
सिन्धुलीको गागनमा बस–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते
स्पेन–इटाली सीमा विवाद: इटालीपछि स्पेनले पनि लगायो नयाँ सीमा जाँच
स्पेन–इटाली सीमा विवाद: इटालीपछि स्पेनले पनि लगायो नयाँ सीमा जाँच
चन्द्रागिरि नगरपालिका घोषणा हुँदैछ ‘बालश्रम मुक्त स्थानीय तह’, नेपालको पहिलो नगरपालिका बन्ने सम्भावना
चन्द्रागिरि नगरपालिका घोषणा हुँदैछ ‘बालश्रम मुक्त स्थानीय तह’, नेपालको पहिलो नगरपालिका बन्ने सम्भावना
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
कोलकाता र बीरभूममा आगलागी: नौ जनाको मृत्यु, राहत र उद्धार कार्य जारी
कोलकाता र बीरभूममा आगलागी: नौ जनाको मृत्यु, राहत र उद्धार कार्य जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?